इटहरी । प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेश गरेका छन् ।सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन् ।नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गर्न लागिएको हो ।फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकि
इटहरी । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ ।वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ । त्यहाँ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ ।पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५०
इटहरी । म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् ।आज शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका हुन् । आफू अचम्मको सांसदको रूपमा यहाँ आएको र बोल्ने तरिका, काम गर्ने तरिका धेरैसँग नमिल्ने बताउँदै आउनै नपर्ने मान्छे संसदमा आइपुगेको उनको भनाइ थियो ।आफ्नो आत्मकथा बेचिरहेको बेला जेनजी आन्दोलनपछि जेनजीहरूले बोलाएर शिक्षा मन्त्री बनाएको र चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिकरण वि
इटहरी । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । त्यस्तै, भदौ २४ गतेको आगजनीमा संलग्नलाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न एमसीसी खारेज गर्नुपर्ने उनको भनाय थियो । ‘सैन्य रणनीति उद्देश्यका साथ शुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु,’ उनले भने ।त्यस्तै, जेनजी आन्दोलनका क्रममा डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई विद्यालय पोशाकमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई
इटहरी । आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न र हिन्दू राज्य कायम गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् ।शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको हुनाले खारेज गर्नुपर्ने बताएका हुन् । राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन चाहिने मत राप्रपाले दिने उनको भनाइ थियो ।
इटहरी । जेनजी आन्दोलनपछि बनेको पहिलो संसदमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट भनाइ राख्दै नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । यस पटक रास्वपाले त्योभन्दा राम्रो मत पाएको हुनाले त्यसलाई दुरुपयोग गर्ने गल्ती नगर्न उनले सुझाव दिएका छन् ।‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा ग¥यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता ग¥यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’उनले रास्वपालाई शिक्षाको रुपमा लिएर
इटहरी । गत निर्वाचनमा कर्मचारी, सेना र बारबरा फाउण्डेसनको सहयोगमा रास्वपाले चुनाव जितेको नेकपा एमालेले जनाएको छ ।आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका हुन् ।रास्वपालाई टीओबीलगायतका समूहको पनि साथ भएको र त्यसलाई अल्गोरिदम, एआई र गोयबल्स तरिका अपनाइएको उनको भनाइ थियो । शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश जलाउनेलाई नायकको रूपमा चित्रित गरिएको उनको भनाइ थियो
इटहरी । आजदेखि शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले अब कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने भाव व्यक्त गरेका छन् ।आङ्देम्बेले भने, ‘जेन–जी पुस्ताले उठाएको मुद्दालाई टुङ्गोमा पुर्याउन कांग्रेस प्रतिबद्ध छ । हामी उनीहरूका मुद्दा खबरदारी गर्न टुंगोमा पुर्याउन हामी तयार छौँ ।’फरक दल भए पनि हामी सबै दल एउटै नौकामा सवार भएको हुनाले नागरिक पंक्तिमा आशा र विश्वास निरन्तर जगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
इटहरी । फागुन २१ गते सम्पन्न निर्वाचनपछि बसेको पहिलो बैठकमा पहिलो सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाले प्रतिपक्षीको आवाज कमजोर नबनाउने र रास्वपाले गल्ती गरेमा झक्झक्याइदिन अनुरोध गरेका छन् ।संसदमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले संसदको सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछानेलाई बोल्नका लागि २५ मिनेटको समय दिएका थिए । सो क्रममा बोल्दै लामिछानेले प्रतिपक्षीको आवाज कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने हामीले अस्ति भर्खरै देखेको हुनाले त्यस्तो गल्ती नगरिने बताए ।प्रतिपक्षीलाई समेत साथमा लिएर अघि जाने भन
इटहरी । आज शुरु भएको प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुनासाथ नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।एमालेका सांसद गुरु बरालले फौजदारी कार्यविधिको गलत प्रयोग गरेर ओली र लेखकलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ अनुसार गलत ढङ्गले प्रयोग गरिएकोमा गम्भीर आपत्ति रहेको उनले बताए ।