इटहरी । दुई दिन उच्च अंकले घटेको सुनको भाउ आज भने बढेको छ । बिहीबार तोलामा ५१०० र बुधबार १०१०० रुपैयाँले घटेको सुनको भाउ आज भने ५३०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको छ ।आज चाँदीको भाउ १९० रुपैयाँले बढेर ४८४० रुपैयाँ पुगेको छ ।हिजो सुनको भाउ तोलामा ५१०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको थियो ।
इटहरी । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयहरू सार्वजनिक गरिएको छ ।जसअनुसार पहिलो निर्णयका रूपमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको कार्यावधि थप गरिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलको समयावधि असार मसान्तसम्म थपिएको हो ।सरकारले संविधान संशोधनसम्बन्धी प्रारम्भिक अध्ययन तथा सुझाव तयारीलाई निरन्तरता दिन समय थप आवश्यक भएको जनाएको छ।त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र छानबिनसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२
इटहरी । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले दक्षिण कोरियाले पराजित गरेको छ ।आज बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा मध्यान्तरपछिको १४ मिनेटभित्र दुई गोल फर्काउँदै कोरियाले जीत हासिल गरेको हो ।मध्यान्तरपछि ५९ औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाका ह्वाङ इनबियोमले ६७ औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । खेलको ८० औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । खेलको ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका ओएच ह्योङयुले ११ मिनेटपछि गोल गर्दै दक्षिण कोरियालाई २–१ को स्थितिमा
गछियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले माता सम्मान कार्यक्रमको आयोजना गरेको छ ।वडा नं ३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा समाजमा मातृत्वको योगदानको कदर गर्दै माताहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई सम्मान गरिएको जेष्ठ नागरिक समाजकी सहजकर्ता रीता दाहालले बताउनुभयो ।कार्यक्रममा “ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने मूल नाराका साथ कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका–३ का वडाध्यक्ष विदुर ढुंगानालगायतले सम्मान गर्नुभएको थियो ।कार्यक्रम ज्येष्ठ नागरिक सेवा समाज नेपाल, सुन्दरहरैंचा–३ का
लेटाङः मदन भण्डारी राजमार्ग अन्तर्गत लेटाङ–३ स्थित बिरणटोल पश्चिमदेखि चिसाङ पुल पूर्वसम्मको सडकखण्डका खाल्डाखुल्डी पुर्न लेटाङ नगरपालिकाले शुरु गरेको छ ।वर्षाका कारण सडक हिलाम्मे भई खाल्डाखुल्डीमा पानी जम्दा स्थानीय तथा सवारी प्रयोगकर्तालाई असुविधा भएको गुनासोपछि नगरप्रमुख भुपेन्द्रकुमार लावतीले स्थलगत अनुगमन गर्नुभएको थियो । सो अनुगमनपछि आवागमनलाई सुरक्षित, सहज र नियमित बनाउन विपद् व्यवस्थापनतर्फको स्रोत परिचालन गरी सडकका जोखिमयुक्त स्थानहरूमा गिटी झार्ने, खाल्डाखुल्डी पुर्ने तथा तत्काल सवारी सञ्चालन सहज बनाउने कार्य अघि बढाइएको छ ।नगरप्रमुख लावतीले मदन भण्डारी राजमार्गको लेटाङ खण्डको निर्माण
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि आफूले राजनीतिक बिट मारेको घोषणा निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन) ले बताउनुभएको छ । सांसदहरूले उम्मेद्वारको पक्ष विपक्षमा मत माग्न थालेपछि तामाङले मतदान हुनु अघि नै आक्रोश पोख्दै सांसदहरूले मत प्रभावित पार्ने आशंका गर्नुभएको छ ।केही सांसदले संगठन बिथोल्ने प्रयास गरेको उहाँको भनाइ थियो । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिबाट बिट मारेको घोषणा उहाँले गर्नुभएको थियो ।सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका नि
विराटचोकः रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आज सकिने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको शेयरको लक इन अवधि आज सकिने जनाइएको हो ।२० लाख ६२ हजार ७१७ कित्ता शेयरको लक इन अवधि सकिन लाग्दा संस्थापक शेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई बाँडफाँट गरिएको १५ हजार ४७ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ८७ हजार ६७० कित्ता रहेको छ ।कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर २०८० जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो । २०८० जेठ ३० गते शेयर बाँडफाँट भएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३
विराटचोकः फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको ९ औँ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो सन् २००६ यताकै विश्वकपकै सबैभन्दा चाँडो भएको पहिलो गोल हो । खेलको ६७ औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेका थिए । चौथो पटक विश्वकप खेलिरहेका जिमेनेजको यो विश्वकप इतिहासमै पहिलो व्यक्तिगत गोल थियो ।उद्घाटन खेलमा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा रातो कार्ड देखाइएको कीर्तिमान कायम भएको छ । दक्षिण अफ्रिकाका याया सिथोले खेलको ४९ औँ मिनेटमा र थेम्बा ज्वानेले ८४ औँ मिनेटमा रातो कार्ड प
इटहरी । आज शेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ । आज नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा अडिँदा ३५० कम्पनीको शेयर किनबेच भएको छ ।९२ लाख ३१ हजार २१६ कित्ता शेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको शेयर किनबेच भएको छ ।होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक बाँकी सबै समूहका परिसूचक आज राताम्य भएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।आज सोपान फर्मास्युटिकल्स् लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै साढे १३ प्र
इटहरी । आजदेखि सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) जारी गरेको छ ।धितोपत्र बोर्डबाट सो कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।१७ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुप