All Posts By खेमचन्द्र अधिकारी

    Showing ७५१-७६० of १,३५४ items.
  • नेपालमा बढ्दो साइबर अपराध र साइबर सुरक्षाको चुनौती

    मिन कुमार विश्वकर्मापरिचयसूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । आज बैंकिङ सेवा, सरकारी सेवा, व्यापार, शिक्षा, सञ्चार तथा सामाजिक अन्तरक्रियाका अधिकांश गतिविधिहरू डिजिटल माध्यमबाट सञ्चालन भइरहेका छन् । डिजिटल प्रविधिले मानव जीवनलाई सहज, छरितो र प्रभावकारी बनाएको भए पनि यससँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा नेपालमा अनलाइन ठगी, सामाजिक सञ्जाल ह्याक, बैंकिङ ठगी, तथ्याङ्क चोरी, नक्कली परिचय निर्माण तथा साइबर उत्पीडनजस्ता घटनाहरूमा वृद्धि भएको देखिन्छ । यसले व्यक्ति, संस्था तथा राष्ट्रको सुरक्षामाथि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८३ पटक पढिएको
  • केराबारी पुग्यो सुन्दरहरैंचा मेयर गोल्डकपको फाइनलमा

    विराटचोकः शून्यका विरुद्ध २ गोल गर्दै चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा केराबारीले स्थान सुरक्षित गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकालाई पराजित गरेको हो ।खेलमा दुई गोल गर्ने राम बाजी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।आजको दोस्रो सेमीफाइनल खेल इटहरी उपमहानगरपालिका र बेलका नगरपालिकाबीच दिउँसो ३ बजे शुक्रबारे खेलमैदानमा हुनेछ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १५३ पटक पढिएको
  • प्रसान परियार बने ‘द पोएट आइडल–२०८३’

    बेलबारीः बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जित्नुभएको छ ।भगवती मावि बेलबारी–३ मा अध्ययनरत परियारले १० जना प्रतियोगीलाई उछिन्दै उपाधि हात पार्दा भगवती माविकै छात्रा मनु राई दोस्रो, बेलबारी–४ मा रहेको कसेनी माविकी छात्रा दिनिसा कुलुङ राई तेस्रो तथा बेलबारी–१ मा रहेको भानु मेमोरियल स्कुलकी छात्रा कृपा सुवेदीले सान्त्वना पुरस्कार जिते ।विजयी कविहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।विद्यालय तहमै बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८९ पटक पढिएको
  • नेप्से सूचक सामान्य बढ्दा कारोबार रकम पौने ६ अर्बको

    इटहरी । आज शेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ३.३७ प्रतिशतले बढेको छ । अन्य समूह सर्वाधिक अर्थात् २.३६ प्रतिशतले ओरालो लागेको छ ।आज पनि आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात् ४४ करोड २३ लाख ७ हजार २७९ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ३४५ पटक पढिएको
  • फिफा विश्वकप २०२६ का खेल जेठ २९ गतेदेखि साउन ४ गतेसम्म हुने

    विराटचोकः यस वर्षको फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सो खेलतालिका अनुसार सबै खेल नेपाली समय अनुसार रातिको समयमा परेका छन् ।जेठ २९ गतेदेखि साउन ४ गतेसम्म खेलहरु सञ्चालन हुने भएका छन् ।सो प्रतियोगितामा समूह ए बाट मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकबीच जेठ २९ गतेदेखि असार ११ गतेसम्म प्रतिष्पर्धा हुने भएको छ ।समूह बी बाट क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड र कतारले जेठ ३० गतेदेखि असार ११ गतेसम्म प्रतिष्पर्धा गर्ने भएका छन् ।समूह सी बाट ब्राजिल, मोरक्को, स्कटल्यान्ड, हाइटीबीच जेठ ३१ गतेदेखि असार ११ गतेसम्म खेल हुने भएको छ ।समूह डी बाट अमेरिका, पाराग्वे, अष्ट्रेलि

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ४९६ पटक पढिएको
  • लेटाङलाई पराजित गरी इटहरी पुग्यो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबलको सेमीफाइनलमा

    विराटचोकः जेठ १६ गतेदेखि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलबाट इटहरी उपमहानगरपालिका सेमीफाइनलमा पुगेको छ ।हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले लेटाङ नगरपालिकालाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।हिजोको खेलमा इटहरी उपमहानगरपालिकाका निवास फुयाल ‘प्लेयर अफ द म्याच’ घोषित भई नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।प्रतियोगिताको विजेताले ट्रफीका साथमा नगद ४ लाख तथा उपविजेताले ट्रफी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १८६ पटक पढिएको
  • श्रीपाली बस्नेतको कोशी प्रदेश अधिवेशनबाट सानु बस्नेत अध्यक्षमा चयन

    इटहरीः श्रीपाली बस्नेत समाज, कोशी प्रदेशको प्रथम अधिवेशनले अधिवक्ता सानु बस्नेतलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।इटहरीमा सम्पन्न प्रदेश अधिवेशनले धनकुटाकी बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सूर्यकुमार बस्नेत (संखुवासभा), सचिवमा नवीन श्रीपाली बस्नेत (तेह्रथुम), कोषाध्यक्षमा युवराज बस्नेत (सुनसरी), सहसचिवमा ईन्दिरा श्रीपाली (धनकुटा), सहकोषाध्यक्षमा पवित्रा बस्नेत (झापा) चयन हुनुभएको छ ।११ सदस्यीय समाजको सदस्यहरुमा वासुदेव बस्नेत (मोरङ), उमेश बस्नेत (सुनसरी), भरत बस्नेत (धनकुटा), सोभित बस्नेत (सुनसरी) लगायतलाई अधिवेशनले चयन गरेको छ ।श्रीपाली बस्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २०३ पटक पढिएको
  • केराबारीमा विद्यालयका छात्राका लागि आत्मरक्षा तालिम शुरु

    केराबारीः मोरङको केराबारी गाउँपालिकाका ४ वटा विद्यालयमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा तालिम शुरु भएको छ ।ऊर्जा सामुदायिक विकासको आयोजनामा शुरु भएको तालिमको पालिका उपाध्यक्ष मनमाया मगरले हिजो सार्वजनिक मावि केराबारीमा उद्घाटन गर्नुभयो ।कार्यक्रमलाई उद्घाटन गर्दै मगरले पछिल्लो समय किशोरीहरु यौनजन्य हिंसा तथा दुर्व्यवहारमा पर्ने गरेकाले आत्मरक्षाका थोरै भए पनि जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।महिला तथा बालबालिका शाखामार्फत् विनियोजित बजेटअन्तर्गत रहेर कार्यक्रम शुरु गरिएको जनाउँदै यो कार्यक्रम प्रभावकारी भएमा आगामी आर्थिक वर्षमा थप बजेटसहित समावेश गरिने उहाँक

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १७६ पटक पढिएको
  • लेटाङमा उद्धार तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा

    लेटाङः लेटाङ नगरपालिकामा उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । लेटाङ–५ मा निर्माण गरिएको उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र नेपाली सेनाको पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाध्यक्ष सगनजंग कार्कीले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।विभिन्न विपत् तथा महामारीको समयमा मानिसहरुलाई उद्धार गरी आश्रय दिने उद्देश्यले निर्माण गरिएको उद्धार केन्द्रलाई अन्य समयमा ज्येष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने बताइए

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १७४ पटक पढिएको
  • पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको आयोजनामा सामुदायिक सरसफाइ

    विराटचोकः पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम भएको छ ।सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो । साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाई खेलाडीहरूका लागि थप सुरक्षित र सहज खेल वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।कार्यक्रमकै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई ध्यानमा राख्दै मैदानमा सानो ट्रस निर्माण गरी स्थानीय समुदायलाई ह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १४३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल