विराटचोकः ‘हिँडौँ समृद्धिका लागि’ भन्ने नारासहित मोरङको सुन्दरहरैँचामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा अब सुत्दैन सुन्दरहरैंचाः अब जागौँ, केही गरौँ यो देशमा’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दिइएको जनाइएको छ ।कार्यक्रममा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ । सो शुल्कमा टी–सर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।नाम दर्ता गराएका सहभागीका लागि असार १५ गते बिहान विराटचोकदेखि हरैंचासम्म दौड सञ्चालन गरिने आयोजकले जनाएको छ ।सहभागीले न
इटहरी । बजेट भाषणपछि आज पहिलो पटक खुलेको शेयर बजारले उल्टो गति लिएको छ । बजेटमा सरकारले पूँजीगत लाभकर वृद्धि गरिने जनाएको थियो ।शेयर बजारमा तिरेको लाभकर नै अन्तिम हुने भनिएपछि बजार उकालो लाग्ने अनुमान गरिए पनि सो लाभकरको सीमा पनि ४० लाखसम्ममात्र सीमित गरिएपछि र लाभकरको प्रतिशत बढेपछि बजारले नकारात्मक प्रतिक्रिया दिएको अनुमान गरिएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ६३ हजार ७१९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको शेयर क
विराटचोकः सन् २०१२ र २०२२ मा सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवलाई आधार बनाउँदै सन् २०२८ मा इन्द्रपुर जेसीजले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा भएको इन्द्रपुर जेसीजको दोस्रो सञ्चालक समिति बैठकले सन् २०२८ को राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको अध्यक्ष समीर बस्नेतले जानकारी दिनुभयो ।मोरङको सुन्दरहरैँचा–४ स्थित गोदावरी रिसोर्टमा इन्द्रपुर जेसिज वर्ष २०२६ को दोस्रो सञ्चालक समिति बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्य
इटहरी । जेठ महिनाभर अधिकमास अर्थात् पुरुषोत्तम मास (मलमास) रहेको छ । अधिकमासमा केही आचरणमा बस्नुपर्ने विषय पुराणहरुमा उल्लेख गरिएको छ । मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताइएको छ ।मलमासमा गर्न नहुने भनिएका कुराः–मलमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि निषेध गरिएको छ ।–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटीहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन भनिएको छ ।–गृहारम्भ,
केराबारीः केराबारी गाउँपालिकामा अन्य पालिकाबाट विद्यालय बस आएर विद्यार्थी लाने गरेकाले त्यस्ता विद्यालय बसलाई केराबारी प्रवेशमा रोक लगाउन स्थानीयले माग गरेका छन् ।केराबारी गाउँपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरू एकजुट भएर गाउँपालिकामा ज्ञापनपत्र बुझाएर बाहिरी पालिकाका विद्यालय बस केराबारी प्रवेशमा रोक लगाउन माग गरेका हुन् ।केराबारीबाट छिमेकीहरु सुनसरीको धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित विद्यालयले विद्यार्थी ओसार्ने गरेका छन् ।केराबारीको शैक्षिक स्तर सुधार गर्न यस्तो पहल आवश्यक भएको हुनाले ज्ञापनपत्र बुझाइएको बताइएको
काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचिएको भनी दिएको अभिव्यक्ति आत्मघाती भएको बताउनुभएको हो । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताउनुभएको हो ।राईले भन्नुभयो, ‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्याएको छ । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाइ संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’प्रधानमन्त्रीको भनाइमा गर्वका सा
काठमाडौंः हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएका छन् ।बैठकमा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाएका थिए । प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी सांसदहरुले दिएका हुन् ।हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्
विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
इटहरी । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामू
विराटचोकः जेठ १६ गतेदेखि शुरु भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको क्वाटर फाइनल खेलमा पराजित भएसँगै आयोजक सुन्दरहरैंचा नगरपालिका प्रतियोगिताबाट बाहिरिएको छ ।हिजो शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतिष्पर्धामा उदयपुरको बेलका नगरपालिकाले आयोजक सुन्दरहरैंचा नगरपालिकालाई घरेलु खेलमैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।खेलको मध्यान्तर अघि ३–१ को अवस्थामा रहेको बेलकाले मध्यान्तरपछि थप १ गोल गरेको थियो । खेलमा बेलकाका जर्सी नम्बर ९ का खेलाडी हिमाल मगरले ह्याट्रिक गरेका थिए ।आज तेस्रो क्वाटर फाइनल खेल मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे शुक्रबारे खेलमैदानमा शुरु हु