All Posts By खेमचन्द्र अधिकारी

    Showing ८६१-८७० of १,३५४ items.
  • दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर निष्काशनको पूर्वस्वीकृति

    इटहरी । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।गत पुस २९ मा सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको ५६ प्रतिशत अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरी पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिइएको थियो ।आयोगले गत वैशाख १५ को पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्तापूँजीको २८ प्रतिशत अर्थात् ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँबराबरको हकप

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ६७० पटक पढिएको
  • कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि

    विराटनगरः भोलि जेठ ६ गते दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन बैठक बस्ने भएको छ ।बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन हुने भएको हो ।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ३३४ पटक पढिएको
  • दिउँसो ४ बजेका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।बैठक सिंहदरबारमा बस्ने र सकारको काम कारबाहीका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २०२ पटक पढिएको
  • बढ्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २८८ पटक पढिएको
  • चौदण्डीगढीका शिक्षकलाई पालिकाले दियो झोला, डायरी र कलम

    बेलटारः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षकलाई नै केन्द्रमा राख्ने नीतिअनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत ४ सय ५९ जना शिक्षक तथा कर्मचारीलाई झोला, डायरी र डटपेन वितरण गरेको छ ।नगरले स्थायी, अस्थायी, करार, राहत, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकसँगै विद्यालयका लेखा कर्मचारी लाई ती सामग्री वितरण गरेको हो । शिक्षाको गुणस्तर सुधार केवल नीतिगत निर्णयले मात्र सम्भव नहुने भन्दै कक्षाकोठामा प्रत्यक्ष खटिने शिक्षकको मनोबल बढाउन यो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।नगर शिक्षा शाखाका अनुसार पछिल्ला वर्षमा सामुदायि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १७७ पटक पढिएको
  • घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा उद्यमशीलता विकास तालिम शुरु

    गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा उद्यमशीलता विकास तालिम कार्यक्रम शुरु भएको छ । सोमबार शुरु भएको तालिम सात दिनसम्म चल्ने आयोजकले जनाएको छ ।तालिम संयोजक संस्था सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारीका अनुसार वडाका उद्यम गर्ने चाहना भएका ३२ जना महिला तालिममा सहभागी भएका छन् ।आयोजक संस्था घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशले २५ जनालाई तालिम दिने निर्णय गरे पनि आवेदन दिने र व्यवसाय गर्न इच्छुक सबैलाई तालिममा सहभागी गराइएको मञ्चकी सचिव जानुका ओझा बताउनुहुन्छ ।तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आ

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९९ पटक पढिएको
  • सांसद अशोककुमार चौधरीद्वारा इटहरीको शिक्षा र अस्पताल विवादमा छानबिन गर्न माग

    इटहरीः सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ का सांसद अशोककुमार चौधरीले इटहरीसँग सम्बन्धित शिक्षा र स्वास्थ्य क्षेत्रका दुई संवेदनशील विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शिक्षा ऐन, २०२८ को दफा १२ (१) (ग) अन्तर्गत अध्यादेशमार्फत् विद्यालय व्यवस्थापन समितिमा मनोनयन गर्ने व्यवस्था खारेज गरिसकेको अवस्थामा पनि इटहरीको जनता माध्यमिक विद्यालयसहित विभिन्न सामुदायिक विद्यालयमा गरिएको अस्थायी मनोनयन आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै शिक्षा समितिबाट दलगत भागबण्डाका आधारमा गरिएको मनोनयनले स्थानीय तहप्रतिको जनविश्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १६४ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा कायम तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २५२ पटक पढिएको
  • स्कटल्यान्डलाई हराउँदै नेपाल पुग्यो आईसीसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा

    काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले स्कटल्यान्डमाथि शानदार जीत निकाल्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जीतमा कप्तान रोहित पौडेलले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७४ रन बनाएका थिए । इशान पाण्डेले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रनको योगदान दिए ।स्कटल्यान्डका लागि मार्क वा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल