All Posts By खेमचन्द्र अधिकारी

    Showing ९६१-९७० of १,३५६ items.
  • साताको अन्तिम दिन १ प्रतिशत बढ्यो नेप्से, १२ समूहमा छायो हरियाली

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १.०१ प्रतिशत अर्थात् २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ ।आज ३३५ कम्पनीको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच भएको छ ।आज त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । होटल फरेष्ट इण्डको शेयरमूल्य ७.९० प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६.१२ प्रतिशत बढेको छ ।बजार बढे पनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक अर्थात् ६.५४ प्रतिशत घटेको छ ।होटल फरेष्ट इनको सबैभन्दा धेरै दिन १३ करोड ८६ लाख ९४ हजार ६४९ रु

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १५७ पटक पढिएको
  • बैशाख २८ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

    काठमाडौंः यही २८ वैशाखमा संसदका दुवै सदनलाई सम्बोधन गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।आज बसेको बैठकपछि संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा मन्त्रीसस्मित पोखरेलले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १७० पटक पढिएको
  • प्रधानन्यायाधीश सिफारिशविरुद्ध सर्वोच्चमा रिट

    इटहरी । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शर्माको सिफारिश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।उनीहरूले अहिलेसम्मको अभ्यास र परम्परा वरिष्ठतामा एक नम्बरमा रहेकालाई सिफारिश गर्ने रहेको दाबी गरेका छन् । वरियतामा चौथो क्रममा रहेका शर्मालाई सिफारिश गर्दा न्यायपालिका स्वतन्त्र नहुने र विकृति आउने दाबी गरिएको छ ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले यसअघिका अभ्यासलाई तोड्दै वरिष्ठतामा पहिलो स्थानमा रहेक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १८६ पटक पढिएको
  • ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइँदै

    इटहरी ।  आज मे ८ तारिकका दिन विश्वभर विश्व रेडक्रस दिवस मनाइन्छ । यस वर्ष ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ आज विश्वभर विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस मनाइँदैछ ।प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो । सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १६९ पटक पढिएको
  • दुई घण्टामा १ अर्ब ९ करोड रुपैयाँको मात्रै शेयर किनबेच

    इटहरी । आज दुई घण्टासम्मको शेयर बजारमा हरियाली देखिइरहेको छ । तर बजार बढेअनुसार कारोबार रकम भने बढ्न सकेको छैन ।आज बजार कारोबारको आधा समय अर्थात् २ घण्टाको अवधिमा १ अर्ब ९ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । सबैभन्दा धेरै होटल फरेस्ट इनको ७ करोड ८८ लाख ७० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।बजार साढे १२ अंक हाराहारी बढेर २७३१ बिन्दुको आसपासमा कारोबार भइरहेको छ ।उच्च कारोबार भएको होटल फरेस्ट इनको सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढी शेयर मूल्य बढेको छ । स्वावलम्बन लघुवित्तको सबैभन्दा धेरै झण्डै साढे ७ प्रतिशतले मूल्य घटेको छ ।जम्मा ३१५ कम्पनीको २२ लाख ५ हजार कित्ता शेयर २० हजार ५८५ पटकको

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १६७ पटक पढिएको
  • रिक्त रहेका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    इटहरी । आज सार्वजनिक सूचना जारी गर्दै सरकारले आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न अनुरोध गरिएको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १८७ पटक पढिएको
  • सुनको भाउ १३०० रुपैयाँ बढ्यो, चाँदीको १२० रुपैयाँ

    इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदीको भाउ प्रति तोला ५ हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १५२ पटक पढिएको
  • सामान्य सुधार भएको शेयर बजारमा कारोबार भने २ अर्ब ९१ करोड रुपैयाँको मात्रै

    इटहरी ।  आज शेयरबजार परिसूचक मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२५ प्रतिशत अर्थात् ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ । बजार झण्डै ७ अंकले बढे पनि आज पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।आज नेप्सेमा सूचीकृत ३३४ वटा स्क्रिप्टका ६६ लाख ८४ हजार ७ कित्ता शेयर ४५ हजार ६५ पटक किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको शेयर किनबेच भएको छ ।आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक अर्थात १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँको कारोबार भएको छ । नेशनल हाईड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाईड्रो र ङादी ग्रुप पा

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १८७ पटक पढिएको
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिश

    काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरिएको हो ।संवैधानिक परिषद्को बैठकमा सभामुख डोलप

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १४४ पटक पढिएको
  • विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने मागसहित राज्यका विशिष्ट अधिकारीविरुद्ध मुद्दा दर्ता

    काठमाडौंः प्रचलित कानुनविपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएको र त्यो गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।जनस्वास्थ्य ऐनको प्रतिकूल हुनेगरी त्यसरी राज्यकोषबाट गरिएको खर्च फिर्ता गराउनुपर्ने माग सहित रिट निवेदन दर्ता गरिएको बताइएको छ । सरोजकुमार न्यौपानेले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल र पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ ।आज दर्ता भएको रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल