अन्तरास्ट्रिय

    Showing २३१-२४० of २५४ items.
  • बेलायतकी महारानी एलिजाबेथको अन्तिम संस्कार अर्को हप्ता गरिने

    काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ ।वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ । राजा चार्ल्स तृतीयले अन्तिम संस्कारको दिन बिदा दिइने पुष्टि गर्नुभएको थियो । महारानी एलिजाबेथको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १३७ पटक पढिएको
  • ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु, २६ जना बेपत्ता

    काठमाडौं । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस्तै, २६ जना बेपत्ता भएका छन् ।माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो ।अग्निनियन्त्रकहरुले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ११४ पटक पढिएको
  • बेलायती महारानी एलिजाबेथको निधन

    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो।राजकुमार चार्ल्स अन्तिम समयमा आमा अर्थात महारानीको छेउमा उपस्थित रहेको जनाइएको छ। महारानीको स्कटिस हाइल्याण्डमा रहेको कासलमा निधन भएको हो ।एलिजाबेथ सन् १९५२ को फेब्रुअरी ६ मा महारानी बनेकी थिइन् । ७३ वर्षका चार्ल्स अ

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ११६ पटक पढिएको
  • अब भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य

    काठमाडौं । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको मन्त्री गडकरीले बताए। भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीको गत मङ्गलबार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उनको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा ग

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १०५ पटक पढिएको
  • बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा

    काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् । जोन्सनले आफ्नो कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि मंगलबार महारानी एलिजावेथ द्वितीयलाई स्कटल्याण्डको बालमोरल पुगेर भेट गरि राजीनामा दिएका हुन् ।महारानीले जोन्सनको राजीनामा स्वीकृत गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । जोन्सनले यसअघि महारानीलाई भेट्न जानु लिज ट्रसलाई आफ्नो पुरै समर्थन रहने बताएका थिए ।  आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यस अघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै हुने

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १२५ पटक पढिएको
  • चीनमा शक्तिशालि भूकम्प, २१ जनाको मृत्यु

    काठमाडौं । दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाएर भूकम्प आएको हो । स्थानीय सञ्चार माध्यमले भूकम्पको कारण टेलिकम सेवा अवरुद्ध हुनुका साथै पहाडमा पहिरो गएकाले गम्भीर क्षति पुगेको बताएका छन् ।   चिनियाँ भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चेंगदुदेखि करिब २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने विकट पहाडी क्षेत्रमा पर्ने लुडिंग सहर रहेको बताइएको छ । सीसीटीभीका अनुसार भूकम्पको कारण चेंगदु र

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १९४ पटक पढिएको
  • क्यानडामा चक्कु आक्रमण हुँदा १० जनाको मृत्यु

    काठमाडौं । क्यानडामा चक्कु आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।सास्कात्चेवान प्रान्तका १३ स्थानमा भएको शृङ्खलाबद्ध चक्कु आक्रमणमा मानवीय क्षति भएको हो। प्रहरीले फरार रहेका दुई आरोपित आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। ३१ वर्षका डेमिएन सान्डर्सन र ३० वर्षका मिल्स सान्डर्सन हाल फरार रहेको प्रहरीको भनाइ छ। सर्वसाधारणलाई आरोपित आक्रमणकारीको सामु नआउन सुरक्षाकर्मीले सचेत गराएका छन्।

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १०७ पटक पढिएको
  • विस्फोटक पदार्थ पड्काएर भारतको नोयडाका ट्वीन टावर भत्काइँदै

    काठमाडौं । कानुन विपरीत निर्माण गरिएको भन्दै भारतको नोयडामा रहेका दुईवटा अग्ला भवन भत्काउन लागिएको छ ।सुपरटेक बिल्डरले निर्माण गरेका एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको थियो । भवन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ पड्काएर ध्वस्त पारिने छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको छ ।आसपासको सडक पनि आधाघन्टामा लागि बन्द गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नोएडा अथोरिटी र सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले नोएडा प्राधिकरणको निर्देशन अनुसार भवन भत्काउन आदेश दिएको थियो ।भवन भत्काउन र भत्काएपछिको सफाइमा

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ११३ पटक पढिएको
  • दक्षिण कोरिया बन्यो विश्वकै सबैभन्दा कम जन्मदर भएको देश

    काठमाडौं । दक्षिण कोरिया सन् २०२१ मा पनि विश्वकै सबैभन्दा कम जन्मदर भएको देश बनेको छ । हालै सार्वजनिक भएको तथ्यांकका आधारमा दक्षिण कोरियामा २०२१ मा पनि जन्मदर सबैभन्दा कम देखिएको हो । त्यहाँ जन्मदर ०.८१ प्रतिशत रहेको छ। जुन २०२० तुलनामा ०.०३ प्रतिशतले कम हो । अमेरिका र जापानमा जन्मदर क्रमशः १.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अफ्रिकी मुलुकहरुमा जन्मदर सबैभन्दा बढी रहेको तथ्यांक छ । अफ्रिकी मुलुकमा जन्मदर ५ अथवा ६ प्रतिशत रहेको छ । कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन कम्तीमा जन्मदर २.१ प्रतिशत आवश्यक रहन्छ । त्यहाँभन्दा तल भएमा न्यून र माथि भएमा

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ३४८ पटक पढिएको
  • श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

    काठमाडौं । आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १३० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल