काठमाडौं । कानुन विपरीत निर्माण गरिएको भन्दै भारतको नोयडामा रहेका दुईवटा अग्ला भवन भत्काउन लागिएको छ ।

सुपरटेक बिल्डरले निर्माण गरेका एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको थियो ।
 
भवन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ पड्काएर ध्वस्त पारिने छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको छ ।

आसपासको सडक पनि आधाघन्टामा लागि बन्द गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
 
नोएडा अथोरिटी र सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले नोएडा प्राधिकरणको निर्देशन अनुसार भवन भत्काउन आदेश दिएको थियो ।

भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्नु पर्ने अदालतको आदेश छ ।