अन्तरास्ट्रिय

    Showing २४१-२५० of २५६ items.
  • दक्षिण कोरिया बन्यो विश्वकै सबैभन्दा कम जन्मदर भएको देश

    काठमाडौं । दक्षिण कोरिया सन् २०२१ मा पनि विश्वकै सबैभन्दा कम जन्मदर भएको देश बनेको छ । हालै सार्वजनिक भएको तथ्यांकका आधारमा दक्षिण कोरियामा २०२१ मा पनि जन्मदर सबैभन्दा कम देखिएको हो । त्यहाँ जन्मदर ०.८१ प्रतिशत रहेको छ। जुन २०२० तुलनामा ०.०३ प्रतिशतले कम हो । अमेरिका र जापानमा जन्मदर क्रमशः १.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अफ्रिकी मुलुकहरुमा जन्मदर सबैभन्दा बढी रहेको तथ्यांक छ । अफ्रिकी मुलुकमा जन्मदर ५ अथवा ६ प्रतिशत रहेको छ । कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन कम्तीमा जन्मदर २.१ प्रतिशत आवश्यक रहन्छ । त्यहाँभन्दा तल भएमा न्यून र माथि भएमा

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ३६१ पटक पढिएको
  • श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

    काठमाडौं । आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १३२ पटक पढिएको
  • पाकिस्तानमा बाढी र वर्षाका कारण ९०० बढीको मृत्यु

    काठमाडौं । पाकिस्तानमा बाढी र वर्षाका कारण हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाख भन्दा बढी मानिसहरू कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।बीबीसी उर्दूको समाचार अनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन् । एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ । अर्कोतर्फ खैबर पख्तुनख्वाका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन् ।जनसंख्याको हिसाबले पाकिस्तानको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानि

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ११७ पटक पढिएको
  • युक्रेनी रेल स्टेसनमा रुसी मिसाइल हमला हुँदा २२ जनाको मृत्यु

    काठमाडौं । युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् ।आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १२० पटक पढिएको
  • कुवेतमा दुई नेपाली युवकको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ । काम गर्ने क्रममा रुकुम चौखाबाङ ४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए ।गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो । मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएक

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • १४३ पटक पढिएको
  • लखनऊबाट ७ जना नेपालीसहित ११ बालकको उद्धार

    वीरगञ्ज । भारतको लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्धार गरिएको छ ।दिल्लीमा बाल मजदुरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको एन्टी ह्युमन ट्राफिकिङ युनिट ९एएचटीयू० ले जनाएको छ ।पटनाबाट दिल्ली गइरहेको बसमा छापा मार्दा बालक फेला परेको र उनीहरुको उद्धार गरिएको हो । यस्तै, बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि एएचटीयूको नियन्त्रणमा रहेको एन्टी ह्युमन ट्राफिकिङ युनिट रक्सौलले जनाएको छ । उद्धार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ । 

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १२६ पटक पढिएको
  • इन्डोनेसियामा भूकम्पको धक्का

    काठमाडौं । इन्डोनेसियाको बालीमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पपछि कुटा क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो। भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ११७ पटक पढिएको
  • जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

    काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनी एकान्तवासमा बसेर काम गरिरहेका छन् ।  मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए।  उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् । कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ । उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्ने भएका छन् । उनले कोरो

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • १११ पटक पढिएको
  • श्रीलङ्कामा सन् २०२२ मा करिब ५० हजारमा डेंगु संक्रमण

    काठमाडौं । श्रीलङ्कामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू)ले जनाएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन्।  कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • ११४ पटक पढिएको
  • भारतमा बाढीका कारण ३२ जनाको मृत्यु, एक दर्जन बेपत्ता

    काठमाडौं । हिमाञ्चल प्रदेश, झार खण्ड, ओडिसा र उत्तराखण्ड लगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा शुक्रबार देखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । नदीले खतराको चिन्ह नाघेका र पुलहरू बगाएपछि कैयौँ गाउँबाट हजारौँ लाई विस्थापित गरिएको छ । पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • १२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल