इटहरी । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् ।यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलना
विराटचोकः गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६८५.५४ बिन्दुमा बन्द भएको नेप्से गत साता १.३२ प्रतिशत अर्थात् ३५.४५ अङ्क घटेर २६५०.०९ विन्दुमा अडिएको हो ।गत साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा चार कारोबार दिन नेप्से घटेको थियो ।गत साता कारोबार रकममा पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ३३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता दैनिक औसतमा ४ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ उपसमूहमध्ये सातामा दुई उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक स
इटहरी । केही सांसदहरुले ल्यापटपमार्फत् शेयर कारोबार गर्ने गरेको सूचना आएको भन्दै सभामुख डोलप्रसाद अर्यालले त्यस्ता गतिविधि नगर्न सांसदहरुलाई सचेत गराएका छन् ।बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुको अनुशासन लगायतका विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्न\ गराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए ।संसद्को मर्यादा र गरिमा कायम राख्नुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठकमा सहभागी हुँदा सांसदहरूले आफ्नो जिम्मेवारी र आचरणप्रति गम्भीर हुनुपर्ने बताएका छन् ।साथै सभामु
इटहरी । सरकारले वस्तु तथा सेवा खरीदपछि बिल लिने बानीको विकास गराउन साउन १ गतेदेखि १०० रुपैयाँभन्दा माथिको बिल लिने सबै नागरिकलाई करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी गराउने भएको छ । जसअन्तर्गत साउन १५ सम्मका विजेता आज घोषणा गर्ने तयारी गरिएको छ ।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जनाएको छ । बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको बताइएको छ ।सो क्रममा विभागका प्राविधिकहरूले नमूना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए । साउन १ ग
इटहरी । आज शेयर बजार मापक परिसूचक नेप्से ०.१८ प्रतिशत अर्थात ४.७९ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० स्टकको १ करोड ६७ हजार ७३२ कित्ता शेयर ६१ हजार २८६ पटक किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको शेयर किनबेच भएको छ ।५ वटा समूहको सूचकमा हरियाली छाउँदा आज व्यापार समूह सर्वाधिक अर्थात १.६० प्रतिशतले बढेको छ । जलविद्युत समूह १.४५ प्रतिशत, अन्य समूह ०.२६ प्रतिशत र होटल समूह ०.२२ प्रतिशत बढेका छन् ।विकास बैंक समूह सर्वाधिक अर्थात् ०.५० प्रतिशतले घटेको छ ।बढेको बजारमा आज सोलु हाईड्रोपावरको सर्वाधिक ५८ करोड १० लाख ८० हजार ४८६ रुपैयाँको शे
इटहरी । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेको समयमा नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय मातहतका विभिन्न ग्यास उद्योगहरूले आज कोशी प्रदेशका विभिन्न जिल्लामा २३ हजार ७८२ सिलिण्डर खाना पकाउने एलपी ग्यास बिक्री गर्दैछन् ।सबैभन्दा धेरै कोशी ग्यास बिक्री हुने भएको छ । निगमका अनुसार विभिन्न ५ वटा ग्यास उद्योगहरूले सार्वजनिक गरेको आज साउन २० गतेको ‘सेल्स प्लान अनुसार मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनकुटा र सङ्खुवासभामा बिक्रीका लागि ग्यास पठाइएको छ ।कुन उद्योगले पठाए कति सिलिण्डरकोशी ग्यासले आज सबैभन्दा धेरै १० हजार ६७० सिलिण्डर ग्यास बजारमा पठाएको छ । यस उद्योगले मोरङ, सुनसरी
इटहरी । आज शेयर बजार खुलेदेखि नै लगभग सकारात्मक देखिएको छ । तर तुलनात्मक रुपमा शेयर बजारमा खरीदबिक्री भने कम देखिएको छ ।आज २ घण्टाको अवधिमा शेयर बजारमा १ अर्ब ६५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सूचक ८ अंक हाराहारी बढेर २६७० को आसपासमा रहेर कारोबार भइरहेको छ ।३२९ स्टकको कारोबार भएको बजारमा सोलु हाइड्रोपावरको सर्वाधिक ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रो नै परेको छ । सो कम्पनीको शेयरमूल्य आज ११ प्रतिशत हाराहारी बढेको छ ।
इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । विराटनगरका प्रतिष्ठित उद्योगी वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घर तथा कार्यालयमा नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गरेको पाँच घण्टे खानतलासीपछि कुनै शंकास्पद वस्तु फेला नपरेपछि निजी क्षेत्रले राज्यको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।हिजो बिहान विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहको घर र कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै गरिएको अपरेसनले व्यवसायी समुदायमा त्रास फैलाएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।प्रत्यक्षदर्शीका अनुसार बिहान करिब साढे ४ बजेदेखि सुरु भएको अपरेसनका क्रममा प्रहरीले ड्रोनमार्फत निगरानी गरेको थियो भने घर वरपरका सडकसमेत के
इटहरी । गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा खुद नाफा घटाएको छ ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सो अवधिसम्मको खुद नाफाको तुलनामा २५.३६ प्रतिशत कम हो ।लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ ।चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ ।