काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज(शुक्रबार) तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम भए
काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख २ हजार ५ कारोबार भएको छ । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार ) तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
इटहरी । सहकारी टाट पल्टेको बजार हल्ला निराधार रहेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै सहकारीले तरलता अभावका कारण केही समस्या भए पनि सहकारी बन्द हुने वा टाट पल्टिने कुनै सम्भावना नरहेको जनाएको हो ।आफ्नो सहकारीको आर्थिक सूचकहरू राम्रो रहेको र टाट पल्टेको र सञ्चालक समिति भागेको भन्ने हल्ला निराधार रहेको सहकारीले स्पष्ट पारेको छ । पछिल्लो समय नेपालमा देखा परेको वित्तीय सङ्कटका कारण सहकारीलाई प्रभाव परे पनि ठुलो समस्या नरहेको जनाएको छ ।संस्थाका अध्यक्ष फडिन्द्र मगरद्वारा जारी विज्ञप्तिमा आर्थिक मन्दी तथा तरलता अभावका कारण उद्योग व्यवसायदेख
काठमाडौँ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो । पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ । शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।डिजेलमा भने प्रतिलिटर ४४ पैसा मात्र घटेर आएको निगम स्रोतले बतएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।
काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेर बन्द भएको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। आज १ अर्बमाथिको सेयर कारोबार भयो। कारोबारको अघिल्लो दिन मंगलबार ८२ करोड बराबरको कारोबार भएको थियो। सो दिन नेप्से २१.३० अंकले बढेको थियो। आज २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा कारोबार भयो।कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो।ट्रेडिङ समूहको ५.७५ प्रतिशतले बढ्यो। हाइड्रो पावर&nbs
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँड गरिएको हो ।कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्कासन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं.
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न