आर्थिक

    Showing ३३१-३४० of १,०५४ items.
  • ५ जिल्लाका २३ स्थानमा बर्डफ्लु पुष्टि हुँदा सुनसरीमा सबैभन्दा धेरै १२ स्थानमा

    इटहरीः चैत ६ गते एकै दिन मोरङको सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकामा देखा परेको बर्ड फ्लु हालसम्म देशका ५ जिल्लाका २३ स्थानमा पुष्टि भएको छ । मोरङका ७ स्थानमा पुष्टि भएको छ भने सबैभन्दा धेरै सुनसरी जिल्लाका १२ स्थानमा पुष्टि भएको छ । सुनसरीमा पुष्टि भएको स्थान देशभरको संक्रमण पुष्टि भएको स्थानको आधाभन्दा बढी हो । पशु सेवा विभागका अनुसार तीन सातामा देशका २३ ठाउँमा बर्डफ्लु देखिँदा आधाभन्दा बढी अर्थात् १२ ठाउँमा सुनसरीमा मात्रै पुष्टि भएको छ । चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । विभागका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा ७ स्थान, झापामा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २०४ पटक पढिएको
  • शेयर बजार घटेकोमा राष्ट्रिय सभामा सांसदले गराए ध्यानाकर्षण

    इटहरी । नयाँ सरकार गठन भएदेखि निरन्तर शेयर बजार ओरालो लागेपछि राष्ट्रिय सभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको हुनाले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो ।आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै रोकायाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २०० पटक पढिएको
  • शेयर बजार सुधारका लागि अर्थमन्त्रीलाई स्टक ब्रोकर एसोसिएसनले बुझायो ६ बुँदे सुझावपत्र

    काठमाडौंः शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझावपत्र बुझाएको छ । एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदम उल्लेख गरी सुझावपत्र दिएका हुन् ।यस्ता छन् एसोसिएसनले अघि सारेका मागहरूः१. सुधार कार्यदलको सुझाव कार्यान्वयनः पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेशः बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी बजारमा सहज

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १७७ पटक पढिएको
  • अर्थमन्त्री डा. वाग्लेले भने, ‘सरकारले शेयर बजारलाई अनावश्यक चलाउँदैन’

    इटहरी ।  नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूसँग आज भएको भेटवार्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारको हितमा सरकारले काम गर्ने बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक रुपमा नचलाउने बताएका हुन् ।एसोसिएसनका प्रतिनिधिसँग पूँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा भएको छलफलमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट शेयर लगानीकर्ताहरु नडराउन अर्थमन्त्रीले आग्रह थिए । नेपाल हाल अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ग्रे लिस्टमा रहेको हुनाले ग्रे लिस्टबाट निकाल्न पनि सरकारले गैरकानुनी कारोबार गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १४८ पटक पढिएको
  • सुनको भाउ २ हजार ६०० रुपैयाँ घट्दा चाँदी सस्तियो ५० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य ५० रुपैयाँ प्रति तोला घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १६९ पटक पढिएको
  • शेयर लगानीकर्ताको गुनासो ‘चुपचाप घण्टी छाप, पोर्टफोलियो भयो हाफ’

    विराटचोकः रास्वपाले सत्ता सम्हालेदेखि पूँजी बजारले ओरालो गति लिएको छ । ‘पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाइने छ, भनी आफ्नो वाचापत्रको ३३ आँै बुँदामा समावेश गरेको रास्वपाको सरकार आएपछि शेयरबजार बढ्नेमा लगानीकर्ता आशावादी थिए ।तर, लगानीकर्ताको अपेक्षा र अनुमानविपरीत सरकार गठनपछि शेयर बजार नराम्ररी ओरालो लाग्यो । बीचमा दुई दिन केही सम्हालिए पनि लगातार बजार घटिरहने क्रममा हिजो त झन् १०५ अङ्कभन्दा बढी नेप्से सूचक झरेपछि एक सातामा शेयर बजारले डबल सेन्चुरी (२०० अङ्क) भन्दा बढीले ओरालो यात्रा तय गरेको छ । रास्वपाको वाचापत्रमा लगानीकर्ताले विश्वास गरेर मतदान गरे पनि त्यस अनुरूप लगा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ४५१ पटक पढिएको
  • कोशी उद्योग वाणिज्य महासंघमा राउतको दबदबा कायम — ६९.७२% मतसहित पुनः अध्यक्षमा विजयी, रिजाल समूह भारी मतान्तरले पराजित

    विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनमा राजेन्द्र राउतले प्रभावशाली जित हासिल गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले आफ्नो प्यानलसहित स्पष्ट बहुमत ल्याउँदै नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।निर्वाचन समितिका अनुसार राउतले कुल १४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नविन रिजालले ५८ मत मात्र प्राप्त गरेका छन्। मतभारका आधारमा राउतले कुल ४६३० मतभार (६९.७२ प्रतिशत) प्राप्त गर्दै निर्णायक विजय हासिल गरेका हुन्। रिजालले भने १९४० मतभारमा सीमित हुनुपरेको छ।निर्वाचन अधिकृत विकास थापाका अनुसार राउतले जिल्ला/नगर संघतर्फ ३८ मध्ये २४ मत (मत

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २२३ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १३७ पटक पढिएको
  • शेयर बजार शुक्रबार पनि खुल्ने

    इटहरी । यसै सातादेखि शेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो ।यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो ।हाल शुक्रबार र शनिबार शेयर बजार बन्द हुने गथ्र्याे ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालयमा बन्द गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ११२ पटक पढिएको
  • अब बैंक पनि सातामा ५ दिन मात्र खुल्ने

    इटहरी ।  हिजो बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरी सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै नेपाल राष्ट्र बैंकले पनि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक बिदा तथा कार्यालय समयका विषयमा नयाँ व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आफू मातहतका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय तथा इकाईहरुमा आजदेखि नै लागू हुने गरी कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरेको छ ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय चाहिँ बिहान ९ बजेदेखि अपराहन्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १७२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल