आर्थिक

    Showing ४२१-४३० of १,२७२ items.
  • सहकारी नियमनका लागि प्राधिकरणको क्षमता सुदृढ गरिने

    काठमाडौंः सरकारले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान र बचतकर्ताको रकम सुरक्षा गर्न राष्ट्रिय सहकारी प्राधिकरणलाई सुदृढ गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाहरूको प्रभावकारी नियमन र अनुगमनका लागि राष्ट्रिय सहकारी प्राधिकरणको क्षमता सुदृढीकरण गरिने बताउनुभएको हो ।समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको हित संरक्षण गर्न बचतकर्ता सुरक्षण कोष खडा गरी कर्जा असुली मार्फत बचत फिर्ता गर्ने व्यवस्था गरिने भएको छ ।कर्जा सूचना प्रणालीलाई सुदृढ गरी मिटर ब्याज र आर्

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २१६ पटक पढिएको
  • नेपालको पानी ‘हिमाली पानी’ का रूपमा ब्राण्डिङ गरिने

    इटहरी । ‘हिमाली पानी’ का नाममा ब्राण्डिङ गरी सरकारले नेपालको प्रचुर जलसम्पदा उपयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको पानीलाई ब्राण्डिङ गरिने हिजो सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ का रूपमा ब्राण्डिङ गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रम मार्फत् लिएको जनाउनुभएको हो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २३१ पटक पढिएको
  • तोलामा ४४०० रुपैयाँ बढेर सुनको भाउ फेरि पुग्यो ३ लाख रुपैयाँमाथि

    विराटचोकः आज सुनको भाउ तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ आज प्रति तोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ६९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १७७ पटक पढिएको
  • एसवाई प्यानलको लक इन अवधि आज सकिने

    इटहरी ।  एसवाई प्यानल नेपाल लिमिटेडको लक इन अवधि आज बैशाख २९ गतेदेखि सकिने भएको छ । सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको लक इन अवधि आज सकिने भएको हो ।कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको शेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो । कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँट गत कात्तिक ३० गते भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १५७ पटक पढिएको
  • स्नो रिभर्सले आजदेखि आईपीओ बिक्री गर्ने

    इटहरी । स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता शेयर निस्कासन गर्न लागेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँट गरेको थियो । कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बै

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ११० पटक पढिएको
  • पूँजी बजारको पुनर्संरचना गरी एनआरएनलाई सहभागी गराइने

    इटहरी ।  हिजो सार्वजनिक भएको नीति तथा कार्यक्रममा सरकारले पूँजी बजारलाई विशेष प्राथमिकतामा राखेको छ । विगत लामो समयदेखि लगानीकर्ताहरूले माग गर्दै आएका संरचनात्मक सुधारका विषयलाई यस पटक सरकारले आफ्नो नीतिमा समावेश गरेको हो ।सरकारले पूँजी बजारलाई सुरक्षित, पारदर्शी र प्रतिस्पर्धी रूपमा विकास गर्ने घोषणा गरेको छ । यसका लागि धितोपत्र नियमन निकाय (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ प्रणालीको पूर्ण रूपमा पुनर्संरचना गरिने भएको छ ।सरकारले संस्थागत लगानीकर्ताहरूको सहभागिता बढाउने नीति लिएको छ । अब पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्डहरूलाई बजारमा थप सक्रिय बनाइने

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २१४ पटक पढिएको
  • सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

    इटहरी । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक संस्थानलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित वर्गीकरण गर्ने योजना अघि सारेको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको अवस्था, कार्यक्षमता र आवश्यकताअनुसार वर्गीकरण गरिने उल्लेख गरिएको छ ।सरकारले लामो समयदेखि घाटामा रहेका तथा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका संस्थानहरूको सुधारका लागि नयाँ रणनीति अपनाउने संकेत गरेको छ ।नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १६० पटक पढिएको
  • सरकारले करको संरचनाको पुनरावलोकन गर्ने

    इटहरी ।  सरकारले करको संरचनामा पुनरावलोकन गर्ने भएको छ ।आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १६८ पटक पढिएको
  • सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित

    धरानः हालै भएको अधिवेशनमार्फत् नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्य समूहअन्तर्गत सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १० मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुँदा सुमन श्रेष्ठ पनि १० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रतिस्पर्धामा झापाका टीकाराम ढकाल पराजित हुनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १३८ पटक पढिएको
  • साताभरमा झण्डै ७ अंक बढ्यो नेप्से

    इटहरी । गत साता नेप्से परिसूचक ६.९३ अंक बढेर बन्द भएको छ । गत साता नेप्से ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा अडिएको छ ।सातामा ५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक दुई दिन घटेको थियो ।गत साता नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ । गत साता नेपाली शेयर बजारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूच

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल