आर्थिक

    Showing ४७१-४८० of १,०५४ items.
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भन्छ, ‘बाध्यतावश ऋण नतिर्ने व्यवसायीलाई कालो सूचीमा नराखिने’

    इटहरी ।  हिजो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । पुस मसान्तसम्मको समीक्षा गर्दै केन्द्रीय बैंकले बाध्यात्मक कारणवश समयमै ऋण चुक्ता गर्न नसकेका ऋणीलाई कालो सूचीमा नराख्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पहिले नै कालो सूचीमा परिसकेका ऋणीको हकमा समेत उपयुक्त कारण पेश गरेमा ६ महिनाभित्र कालो सूचीबाट हटाइने बैंकले जनाएको छ ।‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालो सूचीमा समावेश नगर्ने र कालो सूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालो सूचीबाट

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २१६ पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो १३० रुपैयाँ

    इटहरी ।  आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २६५ पटक पढिएको
  • स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आजदेखि आईपीओ निष्काशन गर्दै कालिन्चोक हाइड्रोपावर

    इटहरी ।  कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २१९ पटक पढिएको
  • नेप्से दोहोरो अङ्कले बढे पनि बढ्न सकेन कारोबार रकम

    इटहरी ।  साताको तेस्रो कारोबार दिन आज शेयरबजार दोहोरो अङ्कले बढे पनि कारोबार रकम भने बढ्न सकेन ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.८२ प्रतिशत अर्थात् २१.६२ अङ्कले बढेर २ हजार ६३८.६० विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेका सबै १३ वटै समूहमा हरियाली छाउँदा होटल समूह आज सर्वाधिक अर्थात् २.०२ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन समूह १.७६ प्रतिशत, व्यापार समूह १.४९ प्रतिशत, जलविद्युत समूह १.२७ प्रतिशत, विकास बैंक १.११, लघुवित्त ०.७९, जी

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३५१ पटक पढिएको
  • आजदेखि खुल्यो पाल्पा सिमेन्टको आईपीओ

    इटहरी । सर्वसाधारणका लागि पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज फागुन १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामुहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्प

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २६१ पटक पढिएको
  • अन्तिम समयमा सामान्य सुधार भएको शेयर बजारमा कारोबार रकममा भने गिरावट

    इटहरी । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अङ्कले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।नेप्सेमा सूचीकृत ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४७ पटक किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँको कारोबार भएको छ ।बढेको बजारमा आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ । विकास बैंक समूह सर्वाधिक ०.९० प्रतिशतले बढ्दा फाइनान्स ०.५६ प्रतिशत, लगानी समूह ०.३७, बैंकिङ समूह ०.२८ प्रतिशत, जीवन बी

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ४१३ पटक पढिएको
  • बढ्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २८० पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्रको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्र

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २३३ पटक पढिएको
  • विराटनगरको जेबी ट्रान्सपोर्टमा छापा, तस्करीको ७ लाख बढीको कपडा बरामद

    विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित सात घुम्तीमा रहेको एक ट्रान्सपोर्टबाट प्रहरीले साढे ७ लाख मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार जेबी ट्रान्सपोर्टमा छापा मारी उक्त सामान नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार उक्त ट्रान्सपोर्टमा राखिएको लत्ताकपडाहरूको बिल बिजकमा कम मूल्याङ्कन गरिएको र अनिवार्य रूपमा हुनुपर्ने भीसीटीएस बिलसमेत नभएको पाइएको छ। सेतो प्लास्टिकको बोरामा प्याक गरिएको २० पोका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद गरिएको सामानको अन्दाजी बजार मूल्य ७ लाख ३० हजार रुपैयाँ रहेको छ। उक्त सामानहरूलाई आवश्य

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • ३३३ पटक पढिएको
  • नेपालको स्कुटर बजारमा एनटर्कको ऐतिहासिक उपलब्धि, ग्राहक संख्या डेढ लाख नाघ्यो

    सुनसरी -नेपालको दुईपांग्रे सवारीसाधन बजारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै टिभिएसको लोकप्रिय स्कुटर एनटर्कले डेढ लाख ग्राहक पुर्‍याउन सफल भएको छ। यो उपलब्धिसँगै कम्पनीले देशभरका आधिकारिक सोरुमहरूमा “डेढ लाख उत्सव” आयोजना गर्ने घोषणा गरेको छ।नेपालका लागि टिभिएसको आधिकारिक वितरक तथा शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले राइडर, ग्राहक, डिलर तथा मोटरस्पोर्ट समुदायको सहभागितामा एनटर्क प्रयोगकर्ताको सामूहिक उत्सव मनाउने तयारी गरेको जनाएको छ। बिर्तामोडस्थित टिभिएस बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक विपिनकुमार बस्नेतका अनुसार ग्राहकहरूको बलियो विश्वास, डिलरहरूको प्रतिबद्धता तथा लजिस्टिक्स, बिक्री, सेवा

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ५२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल