आर्थिक

    Showing ९८१-९९० of १,२७२ items.
  • नेप्सेमा ६ प्रतिशतले गिरावट आएपछि १२ बजे नै शेयर बजार बन्द

    इटहरी । जेन जी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजार आज जम्मा ६ मिनेट कारोबार भएर बन्द भएको छ । प्रि ओपन सेसनबाहेक आज शेयर बजारमा ६ मिनेट मात्रै कारोबार भयो । बजार खुलेको २ मिनेट २२ सेकेण्डपछि ११ बजेर २ मिनेट जाँदा ४ प्रतिशतले झरेर बन्द भएको शेयर बजार पहिलो सर्किट बे्रक लागेर २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा खुलेको बजार ३८ सेकेण्डपछि थप १ प्रतिशतले घटेपछि ४० मिनेटका लागि ११ बजेर २३ मिनेटमा बन्द भएको थियो । ४० मिनेटपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार ३ मिनेटपछि थप १ प्रतिशत झरेपछि १२ बजेर ६ मिनेटमा आजका लागि बन्द भएको हो ।  नेप्से परिस

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५०९ पटक पढिएको
  • शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, अब १२ बजेर ३ मिनेटमा मात्रै कारोबार शुरु हुने

    विराटचोकः पहिलो सर्किट ब्रेकपछि २० मिनेट आराम गरेर खुलेको शेयर बजारमा ३८ सेकेण्डमा नै १ प्रतिशतको गिरावट आएपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । जेन जी आन्दोलनपछि खुलेको बजारमा आज ११ बजेर २ मिनेट २२ सेकेण्डमा ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा कारोबार शुरु भएको बजारमा ३८ सेकेण्डपछि थप १ प्रतिशत घटेर ५ प्रतिशत घटेपछि बजारमा ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । अब ४० मिनेटपछि अर्थात् १२ बजेर ३ मिनेट जाँदा बजार खुल्नेछ । दोस्रो सर्किट ब्रेकपछि बजार थप १ प्रतिशत घट्यो भने आजका लागि शेयर कारोबार बन्द हुनेछ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५३० पटक पढिएको
  • २ मिनेट २२ सेकेण्डमै २० मिनेटका लागि भयो शेयर कारोबार रोक्का

    इटहरी । प्रि ओपनमा उच्च अङ्कले घटेको शेयर बजार त्यसको साढे २ मिनेटपछि नै ४ प्रतिशत घटेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । जेन जी आन्दोलनपछि पहिलो पटक आज खुलेको शेयर बजार बजार खुल्नासाथ ओरालो लागेको हो । आज बजार खुलेको २ मिनेट २२ सेकेण्डमै ४ प्रतिशत अर्थात् १०७ दशमलव ०४ अंकले बजार घटेपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । प्रि ओपन सेसनमा नै नेप्से उच्च अङ्कले घटेको थियो । अब बजार ११ बजेर २२ मिनेट २२ सेकेण्डमा पुनः शुरु हुनेछ ।  

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३९२ पटक पढिएको
  • असोज महिनामा पनि घट्यो बैंकको ब्याजदर

    इटहरी । विगत एक वर्षदेखि लगातार घटेको बैंकको ब्याजदर असोज महिनामा पनि घटेको छ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेअनुसार भदौको तुलनामा ० दशमलव ११ प्रतिशत बिन्दुले ब्याजदर झरेको हो ।भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशत बिन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५ दशमलव ४६३५ प्रतिशत बिन्दुमा झरेको छ ।लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाए पनि ९ बैंकहरूले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५१४ पटक पढिएको
  • फिल्प्सको सीईओमा नेपाली फिनटेक उद्यमी विश्वास ढकाल

    इटहरी ।  ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको सीईओमा नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाल नियुक्त भएका छन् । यो नियुक्ति नेपाली फिनटेक क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ । ढकाल नेपालको सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन् । फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रहेको थियो । ढकालको कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालका लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन् । उनले सन् २००४ मा सो कम्पनी स्थापना गरेका थिए । ढकाल  नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवा र फोन पेका संस्थापक हुन

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५० पटक पढिएको
  • सुनचाँदीको भाउमा गिरावट

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १६ हजार १०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ तोलमा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो । 

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३०३ पटक पढिएको
  • ‘निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्’

    बिर्तामोड। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ । नेपाली काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको बिर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नीतिगत सुधार गरिएको बताउनुभयो ।मन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई सङ्कट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिह

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५०२ पटक पढिएको
  • पूर्वीनाका काँकरभिट्टाबाट एक महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

    भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।  कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ करोड १० लाख

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४३२ पटक पढिएको
  • अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

    झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।     आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाँचाँै महाधिवेशनमा उहाँले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताउनुभयो । उहाँले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।     मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयो

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ६२७ पटक पढिएको
  • संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

    भोजपुर । औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ ।     दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका तामाकार बताउनुहुन्छ । “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो” उहाँले भन्नुभयो, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।”     विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्ने गथ्र्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले विस

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ६१२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल