खेलकुद

    Showing १५१-१६० of ६३९ items.
  • २८ वर्षपछि पुनः छानिएको स्कटल्याण्डले खेलको २९ औँ मिनेटमा हाइटीमाथि गरेको गोल नै निर्णायक

    इटहरी ।  विश्कप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जीत निकालेको छ ।२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डका लागि खेलको २९ औं मिनेटमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै टोलीको लागि ३ अंक जोड्न सफल भयो ।३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डपछि सो समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले पराजित

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २०० पटक पढिएको
  • छैटौँ पटक उपाधि जित्ने दाउमा रहेको ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीको नतिजामा

    इटहरी ।  फिफा विश्वकप २०२६ को छैटौँ खेलमा पाँच पटकको विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गरेको जवाफ ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा फर्काएर टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टिमले कुनै पनि गोल थप्न सकेनन् ।आज बिहान अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको समूह सी अन्तर्गतको खेल खेल्दै गर्दा ब्राजिलले विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको हो । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेले

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ३५२ पटक पढिएको
  • अतिरिक्त समयको गोलले स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो कतारले

    इटहरी ।  सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप फुटबल खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । तर ४ वर्षपछि भएको विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबारी खेल्दै १ अंक पाएको छ ।मध्यान्तरपछिको अतिरिक्त समयमा कतरका लागि बोउलेम खोउखीले गोल गरी फिफा विश्वकप २०२६ मा स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो ।क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा स्वीट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राखेको थियो ।स्वीट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।कतार दोस्रो पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्डले भने १३ औ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २१८ पटक पढिएको
  • २०२६ विश्वकपमा परिवर्तन भएका छन् रातो कार्ड र खेलाडी प्रतिबन्धका नियमहरू

    इटहरी ।  हिजोदेखि शुरु २०२६ को विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउने छैनन् । रातो कार्ड पाउने खेलाडीका लागि एक खेलको प्रतिबन्ध लाग्ने नियम बनाइएको छ ।यो नियम सिधै रातो कार्ड पाउने वा दुईवटा पहेंलो कार्ड खाएर मैदान बाहिरिने दुवै खेलाडीका हकमा लागू हुने भएको छ । फिफाले आवश्यक ठानेमा गल्तीको गम्भीरता हेरेर एक खेलभन्दा बढीको प्रतिबन्ध वा अन्य थप कारबाही पनि गर्न सक्ने अधिकार दिइएको छ ।जारी विश्वकपको उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ । जसका कारण तीन जना खेलाडीहरूले आफ्नो टोलीको आगामी खेल खेल्न पाउने छैनन् । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थाम्बा ज्वानेले

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २३४ पटक पढिएको
  • विश्वकपको चौथो खेलमा १ का विरुद्ध ४ गोल गर्दै पाराग्वेलाई पराजित गरी अमेरिकाले जोड्यो ३ अंक

    इटहरी । फिफा विश्वकप–२०२६ को चौथो खेलमा पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिकाले शानदार विजयी शुरुवात गरेको छ ।अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरे भने पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । पाराग्वेका एक खेलाडीले आत्मघाती गोल गरेका थिए ।जीतसँगै समूह ‘डी’ मा तीन अङ्क जोड्दै घरेलु टोली अमेरिका समूहको शीर्ष स्थानमा पुगेको छ ।खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लिएको थि

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २५९ पटक पढिएको
  • आत्मघाती गोलसँगै शुरुवाती अग्रता लिएको अमेरिकाले मध्यान्तरअघि गर्याे ३ गोल

    इटहरी ।  फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पाराग्वेविरुद्ध खेलको ७ औं मिनेटमै अग्रता लिएको छ । घरेलु मैदानमा खेल खेलिरहेको अमेरिकाले मध्यान्तरअघि ३ गोल गरेको छ ।अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध ७ मिनेटमै आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो ।अमेरिकी खेलाडी स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नै गोलपोष्टमा छिरेको हो ।त्यसपछि अमेरिकाका खेलाडीले मध्यान्तरअघि थप २ गोल गरेका थिए । मध्यान्तरपछिको खेल शुरु भएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • १९४ पटक पढिएको
  • विश्वकप २०२६ को तेस्रो खेलमा क्यानडा र बोस्नियाले पाए समान १ अङ्क

    इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गतको आज बिहान भएको तेस्रो खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ । योसँगै दुवै टिमले १–१ अंक पाएका छन् ।क्यानडाले घरेलु टोरन्टो रङ्गशालामा ४३ हजारभन्दा बढी दर्शकमाझ खेलेको खेलमा विश्वकप इतिहासमै आफ्नो पहिलो अङ्क जोड्न सफल भएको हो ।खेलको २१ औँ मिनेटमा बोस्निया–हर्जगोभिनाका जे. लुकिचले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।मध्यान्तरअघि १–० ले पछि परेको क्यानडाका लागि मध्यान्तरपछि मैदान प्रवेश गरेका खेलाडी काइल लारिनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २५० पटक पढिएको
  • विश्वकपको दोस्रो खेलमा दक्षिण कोरिया विजयी

    इटहरी । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले दक्षिण कोरियाले पराजित गरेको छ ।आज बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा मध्यान्तरपछिको १४ मिनेटभित्र दुई गोल फर्काउँदै कोरियाले जीत हासिल गरेको हो ।मध्यान्तरपछि ५९ औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाका ह्वाङ इनबियोमले ६७ औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । खेलको ८० औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । खेलको ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका ओएच ह्योङयुले ११ मिनेटपछि गोल गर्दै दक्षिण कोरियालाई २–१ को स्थितिमा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २९३ पटक पढिएको
  • विश्वकप फुटबलको उद्घाटन खेलमा ३ रातो कार्ड, दक्षिण अफ्रिकालाई हराउँदै मेक्सिको २–० ले विजयी

    विराटचोकः फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको ९ औँ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो सन् २००६ यताकै विश्वकपकै सबैभन्दा चाँडो भएको पहिलो गोल हो । खेलको ६७ औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेका थिए । चौथो पटक विश्वकप खेलिरहेका जिमेनेजको यो विश्वकप इतिहासमै पहिलो व्यक्तिगत गोल थियो ।उद्घाटन खेलमा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा रातो कार्ड देखाइएको कीर्तिमान कायम भएको छ । दक्षिण अफ्रिकाका याया सिथोले खेलको ४९ औँ मिनेटमा र थेम्बा ज्वानेले ८४ औँ मिनेटमा रातो कार्ड प

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २९६ पटक पढिएको
  • इटहरीले जित्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि सुनसरीको इटहरी उपमहानगरपालिकाले जितेको छ ।हिजो साँझ भएको फाइनल प्रतिष्पर्धामा केराबारी गाउँपालिकालाई २–१ गोलले हराउँदै इटहरी उपमहानगरपालिका च्याम्पियन बनेको हो ।खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले गोल गरेका थिए । केराबारीका नगेन राईले सान्त्वना गोल फर्काएका थिए ।इटहरीको तर्फबाट गोल गर्नेमध्येका निश्चलकुमार श्रेष्ठ फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै नगद ४ लाख रुपैयाँ हात पारे ।खेलमा सर्वाधिक गोल गर्ने बेलका नगरपालिकाका खेलाडी हिमाल मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।उपाधिसँगै इट

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल