काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम लगातार दोस्रो पटक प्रवेश गरेको छ । आज भएको क्वालिफायरमा विराटनगर किंग्सलाई ७८ रनले हराएको हो ।सुदूर पश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बाहेक अन्यले सम्झनलायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।सुदूर पश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएक
काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले १५६ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूर पश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो । सुदूर पश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो ।शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे । मुख्तर अहमदले १० रन बनाए । इशान पाण्डे १३ रनमा आउट भएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरी दुई व्यक्तिगत ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा
काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा अहिले विराटनगर किंग्सले सुदूर पश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ ।टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको विराटनगर किंग्सले सुदूर पश्चिमलाई ब्याटिङको निम्तो दिएको हो ।यी दुई टोली शनिबार मात्र लिग चरणको आ–आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूर पश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिडेका हुन् । आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ ।
गछियाः राष्ट्रिय जागृति क्लब इटहरीले एनी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ को उपाधि चुमेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गछिया मैदानमा सोमबार सम्पन्न फाइनलमा राष्ट्रिय जागृतिले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गरेको हो ।गाईघाटले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन ।उपाधिसँगै राष्ट्रिय जागृतिले ट्रफीका साथमा नगद २ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता गाईघाटले नगद १ लाख १ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।फाइनल खेलको म्यान अफ द म्याच खेलको एक मात्र गोलकर्ता जागृतिको जर्सी नम्बर १२ का खेलाडी प्रवेश बस्नेत घोषित हुँदै नगद ५ हजार १०० रुपैया
काठमाडौंः कीर्तिपुरमा भइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुनेछ । आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूर पश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा हुँदैछ । सुदूर पश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो ।सुदूर पश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूर पश्चिमले लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो । सुदूर पश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजित भएको थियो । विराटनगरले चितवन र लुम्बिनीसँग हार बेहोरेको थियो ।आज जित्ने टोली सिधैं फाइनल पुग्नेछ । पराजि
इटहरी । आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वासिङटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।खेल अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुँदैछ । प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।यस्तो छ समूह चरणको खेलतालिकासमूह एः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र प्लेअफ ‘डी’ को विजेतासमूह बीः क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार र स्वीट्जरल्यान्डसमूह सीः ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्डसमूह डीः अमेरिका, पाराग्वे, अस्ट्रेलिया
काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ वैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार प्लेअफ दौडबाट बाहिरिइसकेका जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्स विजयी भएको छ । विजयी र पराजित दुवै टिम लिग चरणबाटै यसअघि नै बाहिरिइसकेका थिए ।कर्णालीसँगको पराजयसँगै गत वर्षको उपाधी विजेता जनकपुर यस वर्ष सबैभन्दा पुछारमा रहन बाध्य भयो । जनकपुरले यो वर्ष लिग चरणका ७ मध्ये एउटा खेलमात्रै जित्यो । कर्णालीले २ खेल जितेर छैटौँ स्थानमा रह्यो ।आइतबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।कर्णालीले दिएको १३० रनको लक्ष्य पनि जन
गछियाः सुन्दरहरैंचा–७ गछिया खेलमैदानमा भइरहेको प्रथम आन्तराष्ट्रिय आमन्त्रण गछिया गोल्डकपमा आइतबार प्रतियोगिता अन्तर्गतका कुनै पनि खेल थिएनन् । आइतबार सुन्दर भेट्रान क्लब र मोरङ प्रहरी बीच मैत्रीपूर्ण खेल भएको थियो ।दर्शकको अनुमानविपरीत खेलमा मोरङ प्रहरीलाई शून्यका विरुद्ध २ गोल सुन्दर भेट्रानले गरेको थियो ।सुन्दर भेट्रानका तर्फबाट गछिया युवा समाजका अध्यक्ष सरोज दाहाल, खेल संयोजक प्रह्लाद थोप्रालगायतले पनि खेलेका थिए ।आज राष्ट्रिय जागृति क्लब इटहरी र गाईघाट युनाइटेड फुटबल क्लबबीच दिउँसो २ बजे फाइनल खेल हुनेछ ।
काठमाडौंः कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले १३० रनको लक्ष्य दिएको छ ।लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो । कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए ।बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।जनकपुर बोल्ट्स एनपीएलको साबिक विजेता टोली हो ।
विराटनगरः विराटनगरमा जारी १५ औँ प्याब्सन स्पोर्ट्स मिट–२०८२ अन्तर्गत हिजो दोस्रो दिनको खेल समाप्तिसम्म सिनियरतर्फ विराटनगरको एभरेष्ट स्कुल ४ स्वर्ण पदक जित्दै अग्रस्थानमा छ ।प्लस टु (सिनियर) तर्फको टेबलटेनिसमा एभरेष्ट स्कुलले चारवटै स्वर्ण पदक जितेर वर्चस्व कायम गरेको हो । यस्तै, जुनियरतर्फ (कक्षा १० सम्म) सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमीले दुईवटा स्वर्ण पदक जित्दै अग्रस्थान ओगटेको छ ।प्लस टु तर्फको टेबलटेनिस छात्रछात्रा दुवै विधामा एभरेष्ट स्कुलले बाजी मारेको छ । प्लस टु छात्र सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम र एभरेष्टकै श्रेयन काफ्ले द्वितीय भए । तृतीय स्थानमा ब्राइट फ्य