खेलकुद

    Showing २१-३० of ८१ items.
  • नेपाल आज हङकङसँग खेल्दै।

    इटहरी  : एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङ भने साउदी अरबसँग पराजित भएको छ। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ। ​हङकङविरुद्धको टी–२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेले हङकङले जितेको छ। एक खेलमा नतिजाविही

    • प्रकाशित मितिः बैशाख ३, २०८१
    • १७६ पटक पढिएको
  • ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले हरायो ।

    इटहरी  । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो ।नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए ।बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँ

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १८३ पटक पढिएको
  • नेपालले कतारलाई दियो दुई सय ११ रनको लक्ष्य, एकै ओभरमा दिपेन्द्रले हाने ६ वटा छक्का

    इटहरी  – दिपेन्द्र सिंह ऐरीको छ छक्काको मदतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई सय १० रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।नेपालले हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो  । अहिले साउदी अरेबिया र मलेसियाले पनि खेलिरहेका छन् । आजै भएका खेलमा यूएई र कुवेत विजयी भए

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १४० पटक पढिएको
  • एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दै।

    इटहरी  । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दैछ ।उक्त खेल ओमनस्थित अल अमरेत क्रिकेट मैदानमा  दिउँसो सवा ४ मा सुरु हुनेछ ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १९४ पटक पढिएको
  • बार्सिलोना र पिएसजीको महाभिडन्त आज

    बार्सिलोना र पिएसजीको महा भिडन्त आजइटहरी  – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो । पिएसजीले पहिलो लेग २-० ले जितेको थियो भने दोस्रो लेगमा २-१ ले विजयी भएको थियो ।उता बार्सिलोनाले भने इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ ले पाखा लगाएको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा बार्सिलोना ३-१ ल

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • १२८ पटक पढिएको
  • नेपालले विश्वकपमा लगाउने जर्सी सार्वजनिक

    इटहरी / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि २० विश्वकपमा प्रयोग गर्ने जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजधानीमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जर्सी सार्वजनिक गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेको पनि उपस्थिति थियो ।केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र न

    • प्रकाशित मितिः चैत्र २७, २०८०
    • ३० पटक पढिएको
  • ९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा भारतसँग नेपाल पराजित

    काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टफाइनलबाटै नेपाल बाहिरिएको छ ।मंगलबार भएको अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले १७९ रनमात्र १ सय बनाउन सक्यो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४ छक्काको मदतमा ३२ रन बनाउँदा सन्दीप जोरा र कुशल मल्लले समान २९२९ रन बनाए । कुशल भुर्तेल २८ रन तथा आशिफ शेख १० रनमा आउट भए । करण केसीले १८ रन बनाए ।भारतका लागि रवि विश्नोइ र आभेश खानले समान ३–३, अर्शदिप सिंहले २ र साइ किशोरले १ विकेट

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ११२ पटक पढिएको
  • विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । केही राष्ट्रले घाइते खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । केही राष्ट्रले भने वैकल्पिक खेलाडीको सूचि पनि सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति बिहीबार साँझसम्मलाई तोकेको छ । त्यसैले सहभागी राष्ट्रहरुले बिहीबार साँझसम्म आफ्नो टोलीको अन्तिम नामावाली आईसीसी समक्ष बुझाउनु पर

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ९३ पटक पढिएको
  • एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

    काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७।५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८।२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् । त्यसअघि पहिले ब्याटिङ गर

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ६८ पटक पढिएको
  • यू–१९ साफ च्याम्पियनः नेपाल–पाकिस्तान भिड्दै

     काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।  दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो।६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन्।  समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.