खेलकुद

    Showing ७१-८० of ८१ items.
  • नेपालले ४ विकेटले जित्यो केन्याविरुद्धको खेल

    काठमाडौँ । केन्या विरुद्धको तेस्रो टि-२० खेल नेपालले ४ विकेटले जितेको छ । नैरोबीमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको केन्याले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै पूरा गरेको थियो । जीतसँगै ५ वटा टि-२० श्रृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।  प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाएका थिए । मल्लले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाएका थिए । ३१ बल खेलका ओपनिङ ब्याट्सम्यान साउदले ३१ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।  रोहित पौडेलले २९, मोहम्मद

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • २३ पटक पढिएको
  • नेपाल र केन्याबीच आज तेस्रो खेल हुँदै

    काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १४ पटक पढिएको
  • एसिया कप क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात

    काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजय सुरुवात गरेको छ।दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो।श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।अफगानिस्तानका रहमान उल्लाह गुर्बाजले ४० रन बनाए। यस्तै हजरात उल्लाह जाजईले अविजित रहँदै ३७ रन जोड्दा इब्राहिम जार्डनले १५ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो।जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै दु

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • २० पटक पढिएको
  • नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता खुला

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू गरेको हो। क्यानका अनुसार खेलाडी दर्ता अगस्टको ३१ तारिखसम्म मात्र रहनेछ।खेलाडी दर्ताका लागि क्यानले विभिन्‍न चारवटा मापदण्ड तोकेको छ। खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप (पीएम कप) तथा मेयर कप खेलेको हुनुपर्ने छ। यस्तै, २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने छ। २०१८ देखि सिनियर टोलीका लागि अन्त

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १४ पटक पढिएको
  • किक बक्सिङमा सहभागी सबै नेपाली खेलाडीले पाए स्वर्ण

    काठमाडौं । भूटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपमा सबै नेपाली खेलाडीले स्वर्ण जितेका छन्। टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेका हुन्। सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेको श्रेष्ठले बताए । यस्तै, उनी सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छन्।भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। यसैगरी ६० केजी तौलमा स्वर्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • २१ पटक पढिएको
  • एमबापेको ह्याट्रिकमा पीएसजीको शानदार जित

    काठमाडौं । केलियन एमबापेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार फ्रान्सेली लिग वानमा लिललाई ७-१ को फराकिलो गोलअन्तरले हराएको छ ।पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीका लागि नेयमारले दुई गोल गरे भने लियोनल मेसी र अचरफ हाकिमीले एक एक गोल गरे । लिलमाथि पीएसजीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोलअन्तरको जित हो । तीन खेलबाट नौ अंकसहित पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • १७ पटक पढिएको
  • फिफाद्वारा भारतीय फुटबलमा प्रतिबन्ध

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । हालै, भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेको छ । तर, फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको ।पछिल्लो केही महिनादेखि एआईएफएफमा ठीकठाकसँग चलिरहेको छैन । यसै वर्ष भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो । साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरियो । त्यही, २८ अगस्तसम्म चुनाव गर्न आदेश दिएको थियो । फिफाले एआईएफएफलाई प

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १६ पटक पढिएको
  • साफ यू १७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने

    काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । च्याम्पियनसिप श्रीलंकाको रेस कोर्स इन्टरनेसनल स्टेडियममा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुँदैछ ।नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ मा खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने साफले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । यस समूहमा नेपाल, भारत र भुटान रहेका छन् । समूह ‘ए’ मा भने श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् ।च्याम्पियनसिपको उद्घाटन खेल सेप्टेम्बर ५ मा भुटान र भारतबीच हुनेछ । समूह चरणको खेलपछि दुबै समूहबाट विजेता र

    • प्रकाशित मितिः श्रावण २९, २०७९
    • १६ पटक पढिएको
  • नेइमारको दुई गोलमा पिएसजीको शानदार जित

    काठमाडौं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु मैदानमा पिएसजीले मोन्टपिलरलाई ५–२ ले पराजित गरेको हो । पिएसजीका लागि नेइमारले ४३ र ५१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गर्दा मोन्टपिलरका साक्कोले आत्मघाती गोल गरेका हुन् । मोन्टपिलरका लागि खज्री र चातो एमबियीले एक–एक गोल गरे ।लगातार दुई जितबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीका लागि नेइमारले यो सिजन तीन गोल र तीन गोलका लागि सहयोग गरिसकेका छन् ।

    • प्रकाशित मितिः श्रावण २९, २०७९
    • १६ पटक पढिएको
  • पहिलो पटक रसुवामा डार्स खेल हुँदै

    रसुवा । रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।भोली (मंगलबार) सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने खनालले बताए ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।

    • प्रकाशित मितिः फाल्गुन २३, २०७८
    • ३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.