मनोरञ्जन

    Showing १२१-१३० of १४२ items.
  • बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक (भिडियोसहित)

    विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।भिडियो:

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १५८ पटक पढिएको
  • अभिनेता पल शाह जेलबाट रिहा हुँदा समर्थकको नाराबाजी

    काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै कारागार परिसरमा भेला भएका उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको थियो । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।तनहुँ र नवल

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • १७९ पटक पढिएको
  • ‘छड्के २’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । १९ फागुनबाट प्रदर्शन हुने फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा अभिनेता अनमोल केसी ग्याङस्टारको लुक्समा देखिएका छन् । उनको शरीरभरि ट्याटु छ । फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा उठाएको छ । पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु ग्याङको उद्देश्य फिल्ममा देखाइएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • १७० पटक पढिएको
  • ‘छक्का पञ्जा ४’ फागुन १९ गतेबाट रिलिज हुने

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेदेखि हलमा रिलिज हुने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् । आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् ।  चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय देख्न सकिन्छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २७९ पटक पढिएको
  • समिक्षा अधिकारीले १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने

    काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मंगलबार एक स्टाटस लेख्दै अधिकारीले आफूले त्यो रकम नलिने मनसाय रहेको जानकारी दिएकी हुन् । नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्धा दर्ता गरेकी उनलाई अदालतले क्षतिपुर्ति स्वरुप १० लाख रुपैयाँ दिन फैसला गरेको थियो । तर समिक्षाले आफुले त्यस्तो क्षतिपुर्ति पाउँ भनेर कतै माग नगरेको र उक्त रकम लिने मनसाय समेत नभएको स्पष्ट पारेकी छिन् । 

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २०० पटक पढिएको
  • सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

    काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा सहमति भएको हो ।चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १४३ पटक पढिएको
  • चलचित्र संघले सोमबार देशभरका हल बन्द गर्ने

    काठमाडौं । चलचित्र संघले सोमबार हल बन्द गर्ने भएको छ। आज बसेको कार्यसमितिको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए। उनले भने ‘चलचित्र प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएका हौं, प्रदर्शकहरुलाई हिन्दी चलचित्रको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं ।’  उनले आफुहरुको माग सुनुवाइ नभए अनिश्चितकालीन हड्ताल गर्ने बताए।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • १३३ पटक पढिएको
  • पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने

    दमौली । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिवाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ११० पटक पढिएको
  • काठमाडौं क्षेत्र नम्बर ५ बाट ‘सक्किगोनि’का ‘सिते बा’ले चुनाव लड्ने

    काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठक (सिते बा)ले काठमाडौंबाट चुनाव लड्ने भएका छन्।आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्। ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि हुन्।स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १२३ पटक पढिएको
  • ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ । यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो । चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङलाई मुख्य पात्रका रूपमा देख्न सकिन्छ ।सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ । छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ ।राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थाप

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल