राजनीति

    Showing १११-१२० of ८३५ items.
  • नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म हुने

    इटहरी । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन ११ देखि १५ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनहरूको समायोजन गर्ने निर्णय पनि सो बैठकले गरेको जनाइएको छ ।असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ११९ पटक पढिएको
  • कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित

    काठमाडौंः नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभएको छ । रसाइली संसदीय दल निर्वाचन समितिको संयोजक हुनुहुन्छ ।यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आउनुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १९९ पटक पढिएको
  • कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

    काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।अब बस्ने संसदीय दलको बैठकबाट उनको नाम अनुमोदन गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १७१ पटक पढिएको
  • देशभरका सुकुम्बासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने

    इटहरी ।  देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने भएको छ ।हालै सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएपछि आक्रोशित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई सङ्गठित गर्ने घोषणा गरेका हुन् ।आज दिउँसो सवा १२ बजे सामाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै उनले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध गरेका छन् ।दुई दिने बिदाप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘शुक्र

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १८९ पटक पढिएको
  • रास्वपाबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीः रवि ३२ दिनमा बिदा हुँदा सुधनले मन्त्रालय सम्हाले २७ दिन

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गृहमन्त्री सुधन गुरुङले कार्यकालको एक महिना पनि पूरा नगरी गत बुधबार राजीनामा दिएका छन् । शंकास्पद व्यापारीसँगको रहस्यमय आम्दानीबाट शेयर लगानी गरेकोमा प्रश्न आएसँगै गुरुङ राजीनामा दिन बाध्य भएका हुन् ।योसँगै रास्वपाबाट शुरुमा गृहमन्त्री हुनेले धेरै समय काम गर्न नपाएको भनी टिप्पणी हुन थालेको छ ।गृह मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार १३ माघ २०७९ मा तत्कालीन रास्वपाका सभापति तथा प्रचण्ड सरकारका गृहमन्त्री रवि लामिछानेले पनि ३२ दिनमा नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।२०७९ सालको ११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका रविले ३२ दि

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २१८ पटक पढिएको
  • रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

    इटहरी ।  ओखलढुङ्गाबाट रास्वपाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका विशवराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।आज उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै यथार्थ भिडियो सार्वजनिक नभई सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै राखिँदा त्यस्तो देखिएको बताएका छन् ।‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्र

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २२० पटक पढिएको
  • प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि रास्वपा सांसद विश्वराज पोखरेललाई पार्टीकै सांसदले गरे आलोचना

    इटहरी । मात्रै ५ मतान्तरले ओखलढुङ्गाबाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागत गर्न नआएको भनी दिएको धम्कीपूर्ण अभिव्यक्तिको सर्वत्र विरोध र आलोचना भएको छ ।ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’पूर्वशिक्षामन्त्री मह

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १९६ पटक पढिएको
  • विवादमा परे ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेल

    काठमाडौंः ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । सर्वत्र आलोचना र विरोध भएपछि सांसद पोखरेल विवादित बनेका छन् ।पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २२५ पटक पढिएको
  • आज लोकतन्त्र दिवस

    इटहरी ।  आज लोकतन्त्र दिवस हो । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन आजको दिनको महत्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।२०६२ चैत २४ गतेदेखि शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो । जुन विश्वास जनविद्रोहमा परिणत

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १४४ पटक पढिएको
  • यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

    काठमाडौंः आज बसेको मन्त्रिपरिषदको बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ ।प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।यसअघि २०७५ भदौ १ गते तत्कालीन मन्त्रिपरिषदले प्रहरी प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवरेज म्यानेजमेन्ट प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेज

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल