राजनीति

    Showing १३१-१४० of ९२७ items.
  • अनेम संघ लेटाङको चौथो सम्मेलन सम्पन्न

    लेटाङः अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगरको चौथो सम्मेलन लेटाङ–५ स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।सो सम्मेलनमा एमाले नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात नयाँ सरकार बनेपछि लेटाङमा एमालेले पहिलो पटक नगरस्तरीय ठूलो कार्यक्रम गरेको हो ।सम्मेलनमा बोल्दै प्रमुख अतिथि अनेम संघ कोशी अध्यक्ष, एमाले नेतृ तथा पूर्वमन्त्री सिर्जना राईले अप्ठ्यारो परिस्थितिमा पनि महिलाहरू अग्रपंक्तिमा उभिएर पार्टीको रक्षा र सङ्गठन मजबुत बनाउन लागिपरेको स्मरण गर्नुभयो । उहाँले महिलाको सहभागिता केवल सङ्ख्यात्मक मात्र नभई न

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १५७ पटक पढिएको
  • मन्त्री श्रेष्ठको आग्रहः सरकारका कामको निगरानीसँगै आवश्यक ठाउँमा खबरदारी गर्नुस्

    विराटनगरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य विराजभक्त श्रेष्ठले महाधिवेशनसँगै रास्वपाले आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताउनुभएको छ । आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १६४ पटक पढिएको
  • इटहरी–३ मा श्रम संस्कृति पार्टीको नमुना टोल कमिटी गठन

    इटहरी -  श्रम संस्कृति पार्टीले ‘नमुना विकास, नमुना टोल विकास’ अभियानअन्तर्गत आज इटहरी उपमहानगरपालिका–३ मा नमुना टोल विकास कमिटी गठन गरेको छ।आजको कमिटी गठनसँगै इटहरी–३ मा मात्रै श्रम संस्कृति पार्टीका नौ वटा टोल विकास कमिटी गठन भएका छन्। आज गठन गरिएको नमुना टोल कमिटी अर्जुन विश्वकर्माको संयोजकत्वमा पन्ध्र सदस्यीय रहेको छ।पार्टीले टोलस्तरबाटै विकास, श्रम र सामाजिक अभियानलाई अघि बढाउने उद्देश्यले ‘नमुना विकास, नमुना टोल विकास’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। कमिटी गठनसँगै इटहरी–३ मा पार्टीको स्थानीय संगठन विस्तार थप मजबुत बनेको बताइएको छ।कार्यक्रममा श्रम संस्कृतिलाई प्राथमिकता दिँदै सहभ

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २२० पटक पढिएको
  • महिला मन्त्रीलक्षित पूर्वमन्त्री रामबहादुर मगरको बोली, ‘पोथीले फूल पार्ने र बच्चा जन्माउने दिन आए’

    विराटनगरः नेपाली कम्युनिष्ट पार्टीले तीन जना महिलालाई मन्त्री बनाएको विषयलाई सांसदहरुले सकारात्मक रुपमा लिएका छन् ।नयाँ मन्त्रीमण्डलमा दुई जना महिला गीता तिम्सिना सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री हुनुभएको छ । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ । यो विषयलाई अधिकांश सांसदले ऐतिहासिक र गर्वको विषय बताएका छन् ।एमालेका सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले भने व्यङ्ग्य गर्दै ‘अब पोथीले फूल पार्ने र बच्चा जन्माउने’ बताएका छन् । हिजो प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले मन्त्रीमण्डलमा महिला सहभागिताको चर्चा गरे ।‘यो चोटीको अर्क

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १७४ पटक पढिएको
  • तेस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की

    विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते सोमबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र पठाएको प्रेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने तयारी गरे पनि एमाले अध्यक्षसँग संवाद गरेर मात्रै विश्वासको मत लिने भन्दै सोमबारका लागि सारिएको बताइएको छ ।मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि संसद सचिवालय र सभामुखले सांसदहरुलाई पनि जानकारी गराएका छन् । मुख्यमन्त्री कार्की शनिबार अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौं जाने कार्यक्रम रहेको बताइएको छ ।संविधानक

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १४८ पटक पढिएको
  • रास्वपाले मनोनित गर्याे पार्टीको प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सह कोषाध्यक्ष र केन्द्रीय सदस्य

    काठमाडौंः आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केन्द्रीय सदस्य पदमा केही नेतालाई मनोनित गरेको छ ।पार्टीको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित हुनुभएको छ ।बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ ।शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादव सचिवालय सदस्यमा मनोनित हुनुभएको छ ।भूपदेप शाह, सुन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८० पटक पढिएको
  • यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

    इटहरी ।  आज बसेको मन्त्रिपरिषद् बैठकले ११ निर्णय गरेको छ । प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने लगायतका यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय– सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपैयाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने ।– २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको १४ औँ बैठकमा सहभागी हुन गृह मन्त

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २१५ पटक पढिएको
  • ‘चिठ्ठामा रमाउने सरकार आँखा खोल’ भन्ने साजिदा खातुनको अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति

    इटहरी । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन् ।प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् ।‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जीतहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ?’, सिद्धिकीले भनिन्, ‘नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो । सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पन

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १९३ पटक पढिएको
  • प्रतिनिधिसभाको आजको बैठकमा ४ मन्त्रीले जवाफ दिने

    इटहरीः प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा ४ जना मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेश गर्ने कार्यतालिका पनि  रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गर

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १५१ पटक पढिएको
  • भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

    इटहरी । प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा उपस्थित भएर सांसदले सोधेका जिज्ञासाको जवाफ दिनुहुने भएको छ । त्यसका लागि सांसदहरूलाई भदौ ५ गतेसम्ममा लिखित रूपमा आफ्ना प्रश्न संसद सचिवालयमा दर्ता गराउन अनुरोध गरिएको छ ।संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएपछि सांसदहरूले बारम्बार प्रधानमन्त्रीको अनुपस्थितिको विषयलाई लिएर चासो राखेका थिए । हिजोको बैठक प्रारम्भ भएको सभामुखले जानकारी दिनासाथ सम्पूर्ण प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।त्यसपछि सभामुख डोलेन्द्रप्रसाद अर्यालले सभामुखको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद बैठकमा उपस्थित हुन रुल

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ३४९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल