राजनीति

    Showing ३१-४० of ४२ items.
  • एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधबार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् ।  अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले गठबन्धनलाई दुष्टको संज्ञा दिँदै पराजित गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई चित्त नदुखाई अनुशासित भएर अघि बढ्न निर्देशन दिए ।  

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • २६ पटक पढिएको
  • मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा सिफारिस

    मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।अघिल्लो निर्वाचनमा पराजित डा. शर्मालाई मंगलबार बसेको मोरङको क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेको हो।बैठकमा ६ जना व्यक्तिको नाममा छलफल हुँदा कांग्रेसको संस्थापन पक्षधरले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो।काठमाडौँ शिक्षण अस्पतालका सञ्चालक रहेका डा. शर्मा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग १ हजार ९ सय ७ मत अन्तरले पराजित भएका थिए।ढकालले ४२ हजार ४ सय १३ मत हासिल गर्दा डा. शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १० पटक पढिएको
  • प्रचण्डको चुनावी कमाण्डर बनिन् रेनु दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकेको छ । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाललाई कमाण्डर तोकेको हो । बैठकले सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । 

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १२ पटक पढिएको
  • उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ। राउत यादवकै दल जसपाका नेता हुन्।मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो। जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको हो। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन्। तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ११ पटक पढिएको
  • रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ। पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन्। नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए। खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बत

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १४ पटक पढिएको
  • तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

    काठमाडौँ । नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको भन्दै तरूण दलले राजीनामा मागेको हो । तरुण दलका अध्यक्ष विद्वान गुरूङले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने भन्दै राजीनामा नदिएमा महाअभियोगबाट पदच्यूत गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • १४ पटक पढिएको
  • मंसिर ४ गते हुने चुनावमा १५ दिन मात्र प्रचारप्रसार गर्न दिने आयोगको तयारी

    काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने निर्वाचन आयोगले तयारी गरेको छ।यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए। आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक

    • प्रकाशित मितिः श्रावण २९, २०७९
    • १२ पटक पढिएको
  • एमाले बन्यो प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने १०औं दल

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमाले नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।  दल दर्ताका लागि पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो।  प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराउने नेकपा

    • प्रकाशित मितिः श्रावण २४, २०७९
    • १४ पटक पढिएको
  • अध्यक्ष ओलीसँग बसेर चुनावी रणनीति बनाउँदै इनरुवाका मेहता

    सुनसरी । आसन्न स्थानीय निर्वाचनमा इनरुवा नगरपालिकाकाको उम्मेदवारमा सशक्त दाबेदारका रूपमा हेरिएका एमालेका नेता मनोज मेहता यति बेला चुनावी मैदानमा छाएका छन् ।एमालेका तर्फबाट करिब आधा दर्जन नेताहरू मेयर पदको आकांक्षी देखिए पनि मनोजको सशक्त दावे दारी रहेको स्रोतको दाबी छ।काङ्ग्रेसबाट उम्मेदवार हालका मेयर राजन मेहता नै  बन्ने सम्भावना रहेकोले मनोजलाइ एमालेमा  बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।हाल सामाजिक कार्यमा अग्रसर मेहता व्यक्तिगत रूपमा पार्टीका स्थानीय नेतृत्व, समाजका अगुवा, सामाजिक अभियन्ताहरूलाई भेटेर चुनावको विषयमा चर्चा गरिरहेका छन् ।

    • प्रकाशित मितिः चैत्र २१, २०७८
    • २९६ पटक पढिएको
  • "गठबन्धन जोगाउन MCC अनुमोदन गर्यौं " - प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख पद जोगाउन आफूले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्यख्यात्मक टिप्पणीसहित स्वीकृत गर्ने निर्णय गरेको संकेत गरेका छन् ।उनले सबैभन्दा ठूलो प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन तोड्ने प्रयास गरिरहेको र सभामुख अग्निप्रसाद सापकोटाको सिट पनि संकटमा परेको बताए ।‘एमसीसीका कारण गठबन्धन टुट्ने बिन्दुमा पुग्यो । एमालेले पनि गठबन्धन र संसद विघटन गर्ने प्रयास गरेको थियो । एमालेको दांवलाई हराउन स्पष्टीकरणसहित एमसीसी अनुमोदन गर्‍यौँ,’ राष्ट्रियसभा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले भने ।उनले गठबन्धन बचाएर एमालेलाई ‘कुनामा’ ल

    • प्रकाशित मितिः फाल्गुन २०, २०७८
    • ७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.