राजनीति

    Showing ३१-४० of ८३५ items.
  • भोटेकोशी बाढीका कारण स्थगित प्रतिनिधि सभा बैठक आज बस्ने

    काठमाडौंः अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ ।रसुवामा बाढी आएको दिन भदौ १० गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक एक सातापछि आज बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।बैठकमा सभामुखले रसुवा बाढीको विपत्तिबारे विशेष प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।यसअघि प्रतिनिधि सभा बैठक भदौ ११ मा बस्ने तय भएकोमा सभामुखले सूचना टाँसेर स्थगित गर्नुभएको थियो ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७६ पटक पढिएको
  • रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गर्याे राष्ट्रिय सभाले

    काठमाडौंः आज बसेको राष्ट्रिय सभा बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ ।राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्दा सभाले सर्वसम्मत पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । घाइतेहरूको निशुःल्क उपचार गराउन आग्रह गरिएको छ । वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न भनिएको छ ।भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गरिएको छ । स्थानीय समुदाय, ना

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७० पटक पढिएको
  • जय नेपाल पार्टीले बनायो १३० सदस्यीय केन्द्रीय समिति

    काठमाडौंः डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।पार्टीको सचिवालय प्रमुख सगुनसुन्दर लावतीले विज्ञप्ति जारी गर्दै १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको जानकारी दिनुभएको हो ।पार्टीले दिलविकास राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय  सल्लाहकार समिति पनि गठन गरेको छ ।केन्द्रीय समितिको सूची:१. डा. धवलशम्सेर राणा, सभापति (बाँके)२. मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य (सुर्खेत)३. दिल विकाश राजभण्डारी, केन्द्रीय सदस्य (काठमाडौं)४. नारायण प्रसाद कोइराला, केन्द्रीय सदस्य (पाल्पा)५. कर्ण बहादुर शाही, केन्द्रीय सदस्य (काठमाडौंं)६. केशव राज श्रेष्ठ,

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १०७ पटक पढिएको
  • समाजमा देखिएको विभेद चिर्न विद्रोही भएकी सामाजिक विकास मन्त्री गीता तिम्सिना

    विराटनगरः बाल्यकालमै गाउँघरमा देखेको छोरा र छोरीबीचको विभेदले मन दुखाएपछि माओवादी आन्दोलनमा होमिनुभएकी गीता तिम्सिना ‘अनु’को जीवनी सङ्घर्ष, उतारचढाव र निरन्तरको परिश्रमले अघि बढाइरहेको छ ।वि. सं. २०५६ सालमा माओवादी आन्दोलनको भातृ संगठनबाट राजनीतिक जीवन शुरु गरेकी तिम्सिना अहिले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भएर त्यसपछि अनेम संघ क्रान्तिकारी हुँदै राजनीतिक आन्दोलनतर्फ तानिनुको मुख्य कारण छोरालाई निजी स्कुलमा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने परिपाटीको विरुद्धमा रहेको उहाँ बताउनुहुन्छ ।२०५८ सालदेख

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १५५ पटक पढिएको
  • लेटाङ नगरपालिकाद्वारा सांसद न्यौपानेको अभिव्यक्तिको खण्डन

    लेटाङः मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभामा लेटाङ– ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ ।नगर प्रमुख भुपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै पूर्ण रूपमा खण्डन गरिएको छ ।नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा पछिल्लो समय ल्याब सेवा लिने सेवाग्राहीको सङ्ख्यामा कमी आएकाले ल्याब सेवा प्रवाहको विषयमा कार्यपालिका बैठकबाट एक अध्ययन समिति गठन गरेको विषयलाई सेवा नै बन्द गर

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १६० पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०३ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीले तेस्रो पटक पाए विश्वासको मत

    विराटनगरः हिजो बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । कार्कीको पक्षमा ५७ मत परेको छ । नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले कार्कीको पक्षमा मतदान गरेका हुन् ।विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २२ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ सदस्य रहे पनि सबै सदस्य मतदानमा सहभागी भएनन् ।राप्रपाका सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदान गरेनन् । जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीना

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ११८ पटक पढिएको
  • अनेम संघ लेटाङको अध्यक्षमा पुनम मास्की मगर

    लेटाङः अखिल नेपाल महिला संघ (अनेम संघ) लेटाङ नगर कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।शनिबार सम्पन्न नगर सम्मेलनले पुनम मास्कीमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा केसीमाया राई, सचिवमा रत्न पौडेल, उपसचिवमा शान्ता बिक र कोषाध्यक्षमा थिरकुमारी पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।वडागत प्रतिनिधित्व हुने गरी निम्न बमोजिम नगर कमिटी सदस्य चयन गरिएको छ ।वडा नं. १ः सुकमाया लिम्बू, बिबिता राईवडा नं. २ः राधा भण्डारी, अनु निरौलावडा नं. ३ः मनमाया गौतम, तीर्थवती राईवडा नं. ४ः सुनिता परियार, सरिता लिम्बूवडा नं. ५ः राधिका पौडेल, प्रमिला श्र

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ११९ पटक पढिएको
  • अनेम संघ लेटाङको चौथो सम्मेलन सम्पन्न

    लेटाङः अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगरको चौथो सम्मेलन लेटाङ–५ स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।सो सम्मेलनमा एमाले नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात नयाँ सरकार बनेपछि लेटाङमा एमालेले पहिलो पटक नगरस्तरीय ठूलो कार्यक्रम गरेको हो ।सम्मेलनमा बोल्दै प्रमुख अतिथि अनेम संघ कोशी अध्यक्ष, एमाले नेतृ तथा पूर्वमन्त्री सिर्जना राईले अप्ठ्यारो परिस्थितिमा पनि महिलाहरू अग्रपंक्तिमा उभिएर पार्टीको रक्षा र सङ्गठन मजबुत बनाउन लागिपरेको स्मरण गर्नुभयो । उहाँले महिलाको सहभागिता केवल सङ्ख्यात्मक मात्र नभई न

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ११९ पटक पढिएको
  • मन्त्री श्रेष्ठको आग्रहः सरकारका कामको निगरानीसँगै आवश्यक ठाउँमा खबरदारी गर्नुस्

    विराटनगरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य विराजभक्त श्रेष्ठले महाधिवेशनसँगै रास्वपाले आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताउनुभएको छ । आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल