इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिलेसम्म चार प्रदेशमा अधिवेशन सकेको छ । अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ ।


राप्रपाको कोशी प्रदेश अध्यक्षमा रामकुमार थापा, गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल, लुम्बिनी प्रदेश अध्यक्षमा मेनुका खाँड केसी र सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्करदत्त भट्ट निर्वाचित हुनुभएको छ । 


राप्रपाले यसअघि ७४ जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । 


आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका राप्रपाले सार्वजनिक गरेको छ ।