समाचार

    Showing १३१-१४० of ६,००६ items.
  • बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    काठमाडौंः सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिको दिन राष्ट्रिय शोकको घोषणा गरिएको हो । सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ ।निर्णयमा भनिएको छ–रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथिको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।आ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १२६ पटक पढिएको
  • श्रीलङ्का टापुमा बाढी र नदी कटानको स्थलगत निरीक्षण

    इनरुवाः हरेक वर्ष बाढी, डुबान र नदी कटानका कारण जनजीवन प्रभावित हुँदै आएको सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुको स्थलगत निरीक्षण गरिएको छ ।सुनसरी क्षेत्र नं. ४ का सांसद डा. दीपककुमार साह, सांसद सृष्टि भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनसरी जिल्ला सभापति सागर दाहाल, तथा सम्बन्धित क्षेत्रका संगठनका प्रतिनिधि र स्थानीय कार्यकर्तासहितको टोलीले बाढी तथा नदी कटानबाट प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।निरीक्षणका क्रममा टोलीले बाढीका कारण स्थानीय बस्तीमा परेको प्रभाव, नदी कटानले जोखिममा परेका क्षेत्र, क्षतिग्रस्त संरचना तथा स्थानीयवासीले भोग्दै आएका समस्याबारे

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ९९ पटक पढिएको
  • लाङटाङको सुरूङबाट निकालियो २ वटा शव

    काठमाडौंः रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ ।सुरूङमा खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको हो । बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो । सोही बाटोबाट आज सेनाले शव निकालेको हो ।यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेको थियो । तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन ।२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन् ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ९९ पटक पढिएको
  • नवनियुक्त राज्यमन्त्री सपना परियारलाई सङ्गीत साधना प्रतिष्ठानद्वारा स्वागत

    इटहरीः कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नवनियुक्त इटहरी निवासी सपना परियारलाई सङ्गीत साधना प्रतिष्ठान इटहरीले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।मङ्गलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार तथा सङ्गीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नवनियुक्त राज्यमन्त्री परियारलाई सफल कार्यकालको शुभकामना दिँदै बधाई तथा सम्मान गरिएको थियो । प्रतिष्ठानले राज्यमन्त्री परियारको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासले थप गति लिने विश्वास व्यक्त गरेको छ ।कार्यक्रममा राज्यमन्त्री परियारले आफूलाई गरिएको स्वागत तथा सम्मानप्रति आभ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १०१ पटक पढिएको
  • लघुउद्यम टोल विकास सहकारीको अध्यक्षमा पुनः राजेन्द्रकेशरी घिमिरे, बाढीपीडितलाई ५१ हजार सहयोग गरिने

    इटहरीः लघुउद्यम टोल विकास सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभाबाट राजेन्द्रकेशरी घिमिरे पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।नयाँ कार्यसमितिले सहकारीको वित्तीय तथा संस्थागत सुदृढीकरणसँगै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर अघि बढ्ने जनाएको छ ।संस्थाले आगामी दिनमा सहकारीका सदस्यलाई केन्द्रमा राख्दै सेवा विस्तार, संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकता दिने जनाएको छ ।सहकारीले बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ७८ पटक पढिएको
  • विद्युत् जडानका लागि ५१ हजार रुपैयाँ घुस लिने विद्युत प्राधिकरण इटहरीका अधिकृत पक्राउ

    इटहरीः सेवाग्राहीसँग ५१ हजार रुपैयाँ घुस रकम लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई बुधबार इटहरीस्थित फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट घुस रकमसहित पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २३६ पटक पढिएको
  • रसुवा बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने प्रहरीको निर्णय

    काठमाडौं - रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समिति बैठकले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारलाई प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।बैठकपछि प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरी एक्लो नछोड्ने बताउँदै आवश्यक सहयोग र

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ५१४ पटक पढिएको
  • केराबारीमा हर्डनको आयोजनामा भएको अन्तरसंवादका सहभागीले उठाए कृषि क्षेत्रका बढी समस्या

    केराबारी: पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा मोरङको केराबारी गाउँपालिकामा ‘समृद्ध केराबारी निर्माणमा युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।युवा सशक्तिकरण तथा वातावरणमैत्री उद्यम परियोजनाअन्तर्गत आयोजित कार्यक्रमका सहभागीले केराबारीमा बढ्दो लागुऔषध प्रयोग, चोरीका घटनामा युवाको संलग्नताका साथै कृषि क्षेत्रमा देखिएका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।सहभागीहरूले गाईवस्तुमा लाग्ने विभिन्न रोग तथा तरकारीमा देखिने रोग नियन्त्रणका लागि गाउँपालिकाबाटै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।युवालाई उद्यमी बनाउन तथा उद्योग स्थापना गर्न गाउँपालिकाल

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७९ पटक पढिएको
  • लेटाङमा ‘लागूऔषध विरुद्धको महाअभियान’ सञ्चालनमा

    लेटाङः लागूऔषधको दुर्व्यसन र अवैध ओसारपसार नियन्त्रण गरी लागूऔषधमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ मोरङ प्रहरीले जिल्लाव्यापी रूपमा ‘लागूऔषध विरुद्धको महाअभियान–२०८३’ सञ्चालन गरेको छ ।सो महाअभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय लेटाङको संयुक्त आयोजना तथा लेटाङ नगरपालिकाको विशेष सहयोगमा मंगलबार लेटाङमा पनिे कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाका सबै पालिकाहरूमा लागूऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।जिल्लालाई नै लागूऔषधमुक्त बनाउने लक्ष्यका साथ शुरु गरिएको महाअभियान हालसम्म लेटाङसहित मोरङका १३ वटा स्थानीय तहमा सफलताका साथ

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १३७ पटक पढिएको
  • प्रतिनिधिसभाले पारित गर्याे रसुवा बाढीबारे विशेष प्रस्ताव

    काठमाडौंः एक सातापछि आज बसेको प्रतिनिधिसभाको बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ । सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्दा सभाले सर्वसम्मतिले पारित गरेको थियो ।भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाट तथा धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका थिए ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखाम

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल