समाचार

    Showing १३१-१४० of ४९० items.
  • आज कोशी प्रदेशसभाको बैठक बस्दै

    विराटनगर । कोशी प्रदेशसभाको बैठक  आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाटले दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची छ । यस्तै प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट क

    • प्रकाशित मितिः भदौ १, २०८०
    • ८२ पटक पढिएको
  • बझाङको खिराताडीमा भूकम्पको धक्का महसूस

    काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बेलुका ९ः१३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • ३३ पटक पढिएको
  • श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी घाँस काट्दै गरेकी श्रीमतीको हत्या

    बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको  छ ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १५३ पटक पढिएको
  • इटहरीको टेङ्ग्रा खोला नजिक सङ्खुवासभा मादीकी सिता लिम्बुको शव फेला

    इटहरी ।  इटहरी उपमहानगरपालिका ४ मा सीता लिम्बुको शव बेवारिसे अवस्थामा भेटिएको छ । सङ्खुवासभा जिल्ला मादी नगरपालिकाकी लिम्बुको शव बुधवार राती टेङ्ग्रा खोला नजिक फेला परेको हो ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार स्थायी घर सङ्खुवासभा रहेकी लिम्बू इटहरी ४ मा बसोबास गर्दै आएकी थिइन ।परिवार सहित इटहरी बसेकी उनको शवको पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ५० पटक पढिएको
  • धनुषामा साथीमार्फत घुस लिने इन्जिनियर चौधरी नगद र चेकसहित पक्राउ

    जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनी दुवै जनालाई घुस लिंदैगर्दा पक्राउ गरेको हो ।घुस बापत लिएको एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेक बरामद भएको अख्तियार स्रोतले जनाएको छ । वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ७० पटक पढिएको
  • टीकापुर घटना रेशम चौधरीको नेतृत्वमै भएको सर्वोच्चको ठहर

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले  गम्भीर प्रश्न उठाएको छ ।सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो ।सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य स

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ४५ पटक पढिएको
  • कोशी, मधेस र गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावलेहाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र बागमती  प्रदेशका एक-द

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ४९ पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म दर्तामा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ४० पटक पढिएको
  • सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

    काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ ।अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ ।गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लाग

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ३० पटक पढिएको
  • झापामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    झापा । झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका–४ का ६७ वर्षीय डोरप्रसाद खनाल रहेका छन् । मंगलबार साँझ  पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल–५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकस्थित पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय दमकले कार तथा कार चालकलाई नियन्त्रणम

    • प्रकाशित मितिः श्रावण ३१, २०८०
    • ४१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.