समाचार

    Showing १५१-१६० of ६,००१ items.
  • बढीको कहरः न मलामी छन् न दागबत्ती दिने आफन्त

    काठमाडौंः भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदीको तटीय क्षेत्रका बस्ती बगाउँदा रसुवा र नुवाकोटका विभिन्न बस्तीमा आफन्तलाई दागबत्ती दिने व्यक्ति र छिमेकीको मलामी जाने व्यक्तिसमेत अभाव छ । बेत्रावतीमा बाढीले बगाएर भेटिएका शवको दाहसंस्कार गर्ने र मालामी जाने मान्छेसमेत छैनन् ।बाढीले बस्ती नै बगाएपछि दाहसंस्कार गर्ने ठाउँसमेत  छैन ।  शव उठाउने मानिससमेत भेट्न मुस्किल छ । खोलामा यत्रतत्र रहेका शवबाट दुर्गन्ध आउन थालेको छ । कतिपयको बाढीबाट सबै परिवार बितेकाले दाहसंस्कार गर्नेसमेत कोही छैनन् ।भागेर बाँचेकाहरू पनि तितरबितर भएका छन् । बस्ने बास र खाने गाँस नभएपछि विभिन्न ठाउँमा आश्र

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १३० पटक पढिएको
  • आज पुस्तकालय दिवस मनाइँदै

    इटहरी ।  प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइन्छ । वि.सं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि‍.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।यस वर्षको पुस्तकालय दिवसको नारा ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ रहेको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १८८ पटक पढिएको
  • घुम्न गएका शिक्षकको कुटपिटबाट मृत्यु, ११ जना पक्राउ

    भोजपुर : मेला घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो।प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण राईमाथि कुटपिट भएको थियो। कुटपिटका क्रममा ढुंगासमेत प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।भदौ ११ गते भएको सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केपिलासगढी–७ सुँदेलका २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मौली भनिने प्रतिक राई, २५ वर्षीय माइकल भनिने निशान राई, २३ वर्ष

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४३ पटक पढिएको
  • लागूऔषधविरुद्ध लेटाङमा जनचेतनामूलक पुस्तिका वितरण

    लेटाङः “जानौँ ! बुझौँ ! बचौँ !” भन्ने मुख्य नाराका साथ लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा जनचेतनामूलक पुस्तिका वितरण अभियान शुरु गरिएको छ ।लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय लेटाङ र लेटाङ उद्योग वाणिज्य संघको सहकार्यमा तयार पारिएको १२ पृष्ठको सन्देशमूलक पुस्तिका नगरका विभिन्न स्थानमा वितरण गरिएको हो ।सो पुस्तिका लेटाङ, वारङ्गी, जाँते तथा बुधबारे बजार क्षेत्रका व्यवसायी, युवा तथा अन्य नागरिकहरूलाई हस्तान्तरण गरिएको छ । आकर्षक र उपयोगी जानकारी समेटिएको सो पुस्तिकामा लागूऔषधका नकारात्मक असर, यसले निम्त्याउने जोखिम, रोकथामका उपाय, नेपालको कानुनी

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १२५ पटक पढिएको
  • त्रिशूलीमा आएको बाढीले बगायो चरौँदीको झोलुङ्गे पुल

    भरतपुरः आज त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बाढीले बगाएको हो ।बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २५० पटक पढिएको
  • धादिङको चिरौदीमा बाढीले पुर्यायो ४ घरमा क्षति

    गजुरीः धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा बाढीले चार ओटा घरमा क्षति पुगेको छ ।घटनास्थलमा प्रहरीको टोली गइसकेको छ ।त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १७७ पटक पढिएको
  • कृष्णभीरमा सडक कटानपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

    भरतपुरः बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढेर बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्ण रूपमा बन्द भएको हो ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १२२ पटक पढिएको
  • जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्र जोखिममा

    काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १३३ पटक पढिएको
  • इटहरीमा अहले सुन्नत वेलफेयर सोसाइटीद्वारा रक्तदान

    इटहरीः अहले सुन्नत वेलफेयर सोसाइटीको मुख्य पहल तथा नेपाल मुस्लिम समुदाय, इटहरीको आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै अहले सुन्नत वेलफेयर सोसाइटीका सचिव शोएब अहमदले देशका विभिन्न स्थानमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले विशेषगरी मुस्लिम समुदायसहित सम्पूर्ण देशवासीलाई विपद्को समयमा एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन आग्रह गर्नुभयो ।कार्यक्रममा सोसाइटीका अध्यक्ष हजरत मियाँ, सचिव शोएब अहमद, सहसचिव मेहताब अन्सारी तथ

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १५५ पटक पढिएको
  • बाढीले बगाएर लगेका र पहिचान हुन नसकेका शवको व्यवस्थापन देवघाटको जङ्गलमा

    भरतपुरः सरकारले भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका शवहरूको देवघाटस्थित जङ््गलमा व्यवस्थापन शुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो ।सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो ।चितवनमा २३३ वटा शव सङ्कलन भएका छन् । तीमध्ये ६ वटा शव पहिचान भई आफन्तलाई बुझाइएको छ

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १९४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल