समाचार

    Showing १६१-१७० of ६,००१ items.
  • यस्ता छन् मन्त्रिपरिषद बैठकका ३ निर्णय

    काठमाडौंः हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गरिनुका साथै बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनस्र्थापना प्याकोज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।बैठकले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू ः१. २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १८९ पटक पढिएको
  • आज गाईजात्रा अर्थात् सापारु पर्व देशभर मनाइँदै

    काठमाडौंः आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट शुरु भएको जात्रा हो । व्यङ्ग्य गर्ने दिनको रूपमा पनि गाईजात्रालाई लिइन्छ ।गाईजात्रामा विगत एक वर्षभित्र मृत्यु भएका स्वजनको सम्झनामा गाईको रुप धारण गरी टोलटोल घुम्नुका साथै भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।साँच्चैको गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई धेरैले यस

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ११३ पटक पढिएको
  • प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधनको माग गर्दै स्रष्टाद्वारा सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र

    इटहरी ।  कोशी प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनका लागि २०७९ सालमा जारी भएर कार्यान्वयनमा आउन नसकेको प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधबार कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन् ।‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा तथा संस्थाहरूको सहयोग, सहकार्यमा ऐन संशोधनका लागि लामो समयदेखि बहस सञ्

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १२७ पटक पढिएको
  • प्रधानमन्त्री राहत कोषमा सबैभन्दा धेरै रकम १ करोड ९ लाख रुपैयाँ दिने ८७ वर्षीया राजी राणा

    काठमाडौंः बाढीपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा व्यक्तिगततर्फ हालसम्मकै सबैभन्दा धेरै १ करोड ९ लाख रुपैयाँ ८७ वर्षीया राजी राणाले दिनुभएको छ ।उमेर र स्वास्थ्यका कारण आफैं जान नसकेपछि राजीले आफ्ना सहयोगी कृष्ण बस्नेतलाई सो रकमको चेक दिनुभएको थियो । बस्नेतले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको हो ।थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेका बाढी प्रभावित स्थानमा पठाउने प्रतिबद्धता राणाले गर्नुभएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १८२ पटक पढिएको
  • ‘अचम्मैको डिल’को अवधि भदौ १५ सम्म थपियो, पारस अटोमोबाइल्समा ५५ बाइक तथा स्कुटी बिक्री

    इटहरी - टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजनाको अवधि भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै जाँदा इटहरीस्थित पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा बाइक तथा स्कुटी बिक्री भएका छन्।जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ। पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधाका कारण ग्राहकको आकर्षण बढेको पारस अटोमोबाइल्स इटहरीका सञ्चालक लीलानाथ लुइँटेलले बताए।लुइँटेलका अनुसार हालसम्म बिक्री भएका ५५ वटा बाइक तथा स्कुट

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ४२८ पटक पढिएको
  • तत्काल ४२ वटा बेलिब्रिज बनाउनका भारत र चीनलाई अनुरोध गर्‍यो सरकारले

    काठमाडौंः  सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४८ पटक पढिएको
  • बाढीपछि हालसम्म ३८९ शव फेला, ४६६ को उद्दार

    काठमाडौंः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा नेपाल प्रहरीले राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म ३८९ वटा शव फेला परेको जनाएको छ ।फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा रहेका छन् ।सो विपद्मा परेका र उद्धारको पर्खाइमा रहेका ४६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जनालाई राखिएको छ ।बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६२ पटक पढिएको
  • आज विश्व संस्कृत दिवस मनाइँदै

    इटहरी । विभिन्न कार्यक्रमका साथ आज विश्व संस्कृत दिवस मनाइँदैछ ।वि.सं. २०७५ सालमा जरोकिलो प्रतिष्ठान नेपालको पहलमा यो दिवस मनाउन थालिएको हो । संस्कृत भाषाको विकास र यसको महत्वबारे विश्व समुदायलाई जानकारी गराउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिन्छ । संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो ।प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि शुरु हुने भएकाले त्यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन था

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६५ पटक पढिएको
  • आज ऋषितर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन

    इटहरी । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आज बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ ।हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदी किनार, पोखरी, तालमा गई तर्पण गर

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४६ पटक पढिएको
  • भोटेकोशीको बाढीमा फसेका १०४ जनाको उद्धार

    काठमाडौंः भोटेकोशीको बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्ममा १०४ जनाको उद्धार गरिएको हो ।रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।खोजी र उद्धारको काम आज बिहानैदेखि शुरु भएको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २४५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल