काठमाडौंः नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन्।
वराहक्षेत्रः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रसँग एकीकृत गर्दै जनसङ्ख्या पलायन न्यूनीकरणको माध्यम बनाउनुपर्ने बताएका छन् ।सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो ।सिँचाइमा गरिएको लगानीको वास्तविक प्रतिफल कृषि उत्पादन र उत्पादकत्व वृद्धिमार्फत् प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन, किसानका कार्यक्रम र बजार व्यवस्थापनलाई समेत एकीक
मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित ग्याङ्री खोलामा पुल निर्माण कार्य शुरु भएको छ । पुल नबन्दा मिक्लाजुङ–माल्वारी– तोरीबारी जोड्ने मार्गमा रहेको कजवे बर्खायाममा जोखिमपूर्ण हुने गरेको थियो ।वर्षौंदेखि स्थानीयले भोग्दै आएको आवतजावतको समस्याका कारण स्थानीयवासीमात्रै होइन खुडी (कुईनेटार) र चुलीपोखरी हाइकिङ जाने पदयात्री र पर्यटक पनि समस्यामा पर्ने गरेका थिए । प्रमुख मार्गमा पुल निर्माण भएपछि पर्यटकको आवागमन समेत सहज हुने भएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनुभयो ।गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्थानीयको दीर्घकालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै पुल निर्माण शुरु गरिएको गाउँपाल
कुबेतः प्रवासी नेपाली मञ्च, कुबेतको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट चुडाराज भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।२१ अगस्ट २०२६ मा सम्पन्न महाधिवेशनले सुनबहादुर तामाङ, नवराज आचार्य र शान्ता भण्डारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । युवराज ढकाल सचिव, टीकाराम उप्रेती (अर्जुन) र अशोक ओस्ती सह–सचिव तथा दुर्गा ढकाल आर्थिक संयोजकमा निर्वाचित हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मीना पौडेल चम्लागाई, देवी परियार, भोजराज घिमिरे, हेमन्त नगरकोटी, युवराज अधिकारी, सुमान्त खनाल, सूर्य ओस्ती, प्रकाश बिक, सीताराम भट्टराई, सरोज सापकोटा, रोशन आचार्य, मानबहादुर मानन्धर, गुलाम नबी मनसुर, अनि
इटहरीः सुनसरीको इटहरीमा रहेको उत्सव होटलमा हिजो साँझ अलि फरक माहोल थियो । ८ दिन अघि दिवङ्गत हुनुभएका नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा श्रेष्ठले नै रचना गरेका कविता वाचन तथा गीत गायनको कार्यक्रम राखिएको थियो ।‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा ४ जना गायकले श्रेष्ठद्वारा रचित नेपाली तथा नेपाल भाषाका गीत गाउनुभएको थियो । १४ जना सर्जकले कवि श्रेष्ठका कविता वाचन गर्नुभएको थियो ।कार्यक्रममा गायक कृष्णाराजा श्रेष्ठले ‘नजिक आउनुमा…..’, बोलको गीत, गायक दुर्गा पराजुलीले ‘सयथरी बाजा एउटै ताल….’, बालगायक योग्यता घिमिरेले ‘फूलको आँखामा फूलै संसार…..’, र गीताप्रसाद श्रेष्ठले नेपाल भा
इनरुवाः सुनसरीको दक्षिण पश्चिम पालिकाका किसान जुट खेतीतर्फ आकर्षित हुन थालेका छन् ।भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उहाँलाई जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।जुट खेती गर्दा चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भए
इटहरीः ‘नझरेका फूलहरू’ को आयोजनामा शनिबार सुप्रसिद्ध कवि एवम् गीतकार दीपा राई पुनसँग ‘जम्काभेट’ नाम दिएर साहित्यिक तथा साङ्गीतिक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।इटहरीको होटल मादेन इनमा ‘कफी सृजना र साक्षात्कार’ अन्तर्गत स्रष्टाहरू मनु मञ्जिल, हेमन यात्री, किरण टी.लिम्बू, मिश्रा गुरुङ, करुणा राई, सुविद गुरागाईँ, गायत्री लम्साल, विनोद विवश र टीका आत्रेयले आफ्ना भनाइ तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।नझरेका फूलहरूका सञ्चालक केपी घिमिरेका अनुसार कार्यक्रममा मोरङ र सुनसरीका स्रष्टालाई आमन्त्रण गरिएको थियो ।
इटहरी - टीभीएसले इटहरीमा ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिनेछ।जगदम्बा मोटर्सअन्तर्गत इटहरीस्थित पारस अटोमोबाइल्सले सञ्चालन गरेको योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने जनाइएको छ।योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ।भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश गरिएको छ। योजनाले
इटहरी । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको हुनाले अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तर
गछियाः मोरङको सुन्दरहरैंचास्थित गछियामा सुरक्षित चालक ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको छ ।गछिया ट्राफिक प्रहरी पोष्टको आयोजना तथा युवा स्वरोजगार सिटी चालक समूह गछियाको सहकार्यमा आयोजित कार्यक्रममा सिटी चालकहरूलाई सुरक्षित चालक ज्याकेट वितरण गरिएको हो ।कार्यक्रममा गछिया ट्राफिक प्रहरी पोष्टका प्रमुख सहायक निरीक्षक रामबिलास चौधरीले चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले सफारी चालकहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार