इटहरी । गत २४ घण्टामा झापाको अर्जुनधाराको सिस्नेमा सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ २४ घण्टामा १८४. ८ मिलिमिटर वर्षा भएको छ । सोही अवधिमा कास्कीको पोखरा र पञ्चमूलमा पनि १०० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि साधारण
इटहरी । संस्कृत भाषाका आदिकवि वाल्मीकिको पुनर्जन्मका रूपमा समेत लिइने कवि तुलसीदासको जन्मजयन्ती आज मनाइँदैछ ।उहाँले लेख्नुभएको हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गर्ने, गाउने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताउनुभएको थियो ।बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।तुलसीदास १२ महिना आमाको गर्भमा रहेका थिए र जन्मिँद १२ वटा दाँत सहित जन्मिएका थिए भनिन्छ । जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई ‘राम’ नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम रम्बोला दास रहन गएको थियो
इटहरी । आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।नेपालमा सन् २०१० बाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।संसारको सबैभन्दा पहिलो तस्बिरसंसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिय
काठमाडौंः साउन महिनामा सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको ज्यान गएको निष्कर्ष प्रतिवेदनको छ ।१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट शुरु भएको विवाद अन्य जिल्लरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने किसिमका भ्रमहरू फैलिएका थिए । तर, दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम
बेलबारीः मेची सहकारी संस्था बेलबारी सेवा कार्यालयका सदस्यहरूले सीपमूलक तालिमपछि विभिन्न हस्तकलाका सामग्री तयार गरेका छन् ।सहकारीले शेयर सदस्यलाई सीप सिकाएर उत्पादन तथा आयआर्जनसँग जोड्दै व्यावसायिकता वृद्धि गर्ने उद्देश्यले१० दिने सीपमूलक तालिम सञ्चालन गरेको थियो । सो तालिमपछि सदस्यहरूले धागोबाट फूल, लालीगुराँस, चिम्टी, रबर ब्याग, स्वीटर तथा गमलालगायतका सामग्री बनाएका थिए ।सहकारीका अनुसार आगामी साधारणसभामा सदस्यहरूले तयार गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखिनेछ । साधारणसभामा सहभागी सदस्य तथा सर्वसाधारणले ती सामग्रीको अवलोकन तथा खरिद गर्न सक्ने सहकारीले जनाएको छ ।
बेलबारीः कोसी साहित्य–कला परिषद्ले संस्थाको प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडालाई चयन गरेको छ । साउन ३१ गते बसेको संस्थाको कार्यसमितिको बैठकले खतिवडालाई प्रमुख सल्लाहकारका रूपमा चयन गरेको हो ।नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति खतिवडा प्राज्ञिक, साहित्यिक तथा नवपुस्ताका लागि प्रेरक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ यसअघि पनि संस्थाको सल्लाहकार सदस्य रहनुभएको थियो ।संस्थाका अन्य सल्लाहकारहरूमा हर्कमान तामाङ (मोरङ), विवश पोखरेल (मोरङ), केशव आचार्य (झापा), विक्रमश्रि (सुनसरी), मिश्र वैजयन्ती (मोरङ) र छवि वैरागी घिमिरे (मोरङ) हुनुहुन्छ । तामाङ, आचार्य, वैजयन्ती र घिमिरे संस्थाको स्थापना
विराटनगरः मोरङको कटहरी गाउँपालिका–१ स्थित श्याम सिमरन मेटल इन्डस्ट्रिजमा तेलको टिन बनाउने प्रयोजनका लागि राखिएको कच्चा क्वायल तामाको तार प्रहरीले पोखरीमा फेला पारेको छ ।करिब आठ लाख रुपैयाँ मूल्य बराबरको ३११ केजी तामाको तार सो उद्योगको मेन सेटरको ताला फुटाएर चोरी भएको भन्दै उद्योगले प्रहरीमा जानकारी गराएको थियो । त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा कटहरी–२ स्थित दिलीप श्रेष्ठको पोखरीभित्र सो तामाको तार फेला परेको थियो ।प्रहरीले तार बरामद गरी प्रहरी चौकी कटहरीमा ल्याएको जनाएको छ । प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी उद्योगको जिम्मा लगाउने तयारी गरेको छ ।प्रहरी चौकी कटहरीका अनुसार चोरीम
सलकपुरः मोरङको सुन्दरहरैंचा–८, चन्द्रनगरमा रहेको पाथीभरा भजन समूहको १५ औँ साधारणसभा सम्पन्न भएको छ ।साधारणसभामा समूहको वार्षिक गतिविधि, आय–व्यय तथा आगामी योजनाबारे छलफल गरिएको थियो । समूहकी अध्यक्ष सावित्रा संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।विशिष्ट अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा, मोरङका अध्यक्ष नेत्रप्रसाद चौलागाईं उपस्थित हुुनुहुन्थ्यो ।समूहकी सचिव उमा फुयालले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहको वार्षिक आय–व्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिए
सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा रहेको नागदेवी मन्दिरमा हिजो नागपञ्चमीका अवसरमा विशेष पूजाआराधनाका साथै धार्मिक कार्यक्रम गरिएको छ ।हरेक वर्ष नागपञ्चमीका दिन मन्दिरमा विशेष मेला लाग्ने र जीवित नाग (सर्प) को प्रत्यक्ष दर्शन गराएर पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार हिजो बिहानैदेखि नागदेवी मन्दिर प्राङ्गणमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।नागदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण खड्काका अनुसार नागपञ्चमीको अवसरमा मन्दिरमा आउने दर्शनार्थीहरूले सहज रूपमा जीवित नागको दर्शन तथा पूजा–आराधना गरेका थिए ।नागपञ्चमीका दिन नागको पूजा गर्नाले
इटहरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो ।निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने तथा त्यसका लागि वडास्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।आयोगले वडास्तरमै मतदा