समाचार

    Showing २२१-२३० of ६,००१ items.
  • मोरङ कारागारका कैदीबन्दी आन्दोलित

    विराटनगरः आज बिहानैदेखि जिल्ला कारागार मोरङ तनावग्रस्त बन्यो । जिल्ला सुरक्षा समितिका अधिकारीहरू निरीक्षण तथा अनुगमनका लागि कारागार पुगेका बेला ‘बी ब्लक’का कैदीबन्दीले भित्रबाटै ताला लगाएपछि सुरक्षा अधिकारीहरू कारागारभित्र प्रवेश गर्न पाएनन् ।कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु रहेको विशेष सूचना पाएपछि अनुगमनका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका अधिकारीहरू बिहान साढे ४ बजे नै कारागार पुगेका थिए ।ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी तथा कारागारको अवस्थाबारे निरीक्षण गर्ने तयारी गरिएको थियो ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४३ पटक पढिएको
  • जेफाले सिर्जना डबलीको २४६ औँ र हिँडौँ केराबारीको १९ औँ शृङ्खला एकसाथ सम्पन्न

    केराबारीः मोरङको केराबारीमा साहित्यिक कार्यक्रमका साथ पदयात्रा र जङ्गल अवलोकनसँगै पर्या पर्यटनको सम्भावनाको खोजी गरिएको छ ।शनिबार बिहान केराबारीको मुख्य चोक मच्छिन्द्र चोकबाट शुरु भएको ‘हिँडौँ केराबारी’ अभियानको १९ औँ पदयात्रा कुवापानी, हचुवा पुल हुँदै एकता सामुदायिक वनमा पुगेर टुङ्गिएको थियो । सो वनले तयार गर्दै गरेको वनभोज स्थल र वन क्षेत्रको भ्रमण पनि पदयात्रीले गरेका थिए । सो पदयात्रा तथा जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खला संयुक्त रूपमा सम्पन्न भएको हो ।जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खलामा बालकुमार राई, रामशरण गैरे, सूर्य थापा, एसएन सुवेदी, खेमराज आचार्य, नवीन थापा क्षेत्री र गोकुल थाप

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४० पटक पढिएको
  • आज नागपञ्चमी

    इटहरी ।  आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन हो । आज नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको तस्विर अंकित फोटो टाँसेर नागपञ्चमी मनाइन्छ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै रहेको छ ।वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १७० पटक पढिएको
  • ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्कालाई

    काठमाडौंः टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्काले जितेकी छिन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले अन्तिम चरणमा प्रस्तुति दिएका थिए ।प्रतियोगिताको उपाधि जितेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८६ पटक पढिएको
  • १५ दिनभित्र माग पूरा गर्न डाँडागाउँ टोलवासीको टुन्डी कन्स्ट्रक्सनलाई चेतावनी

    ठडियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा मापदण्डविपरीत सञ्चालित अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्न स्थानीय बासिन्दाले टुन्डी कम्पनीलाई चेतावनी दिएका छन् । १५ दिनभित्र माग सम्बोधन नभए कम्पनी बन्द गर्ने समेतका कार्यक्रम अघि बढाउने स्थानीयले चेतावनी दिएका हुन् ।डाँडागाउँ टोल विकास समितिको बैठकले बस्तीको बीचमा रहेको अलकत्रा प्लान्टले स्थानीय टोलवासीको जनस्वास्थ्य र वातावरणमा असर परेको जनाउँदै सो कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयलाई ध्यानाकर्षण गराएको थियो ।परिवर्तन टोल विकास संस्थाले पनि २०८२ साल पुस १४ गते वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हालसम्म ज्ञापनपत

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६३ पटक पढिएको
  • झरी र इन्द्रेणी’को अन्तिम शृङ्खलामा साहित्यकार जेबी थुलुङको एकल गायन र वाचन

    खोर्सानेः मोरङको सुन्दरहरैंचामा साहित्यिक र साङ्गीतिक कार्यक्रम गरिरहेको नझरेका फूलहरू नामक संस्थाले ‘झरी र इन्द्रेणी’ शीर्षकको अन्तिम कार्यक्रम शनिबार सुन्दरहरैंचा–१० खोर्सानेस्थित सृजना क्याफेमा सम्पन्न भएको छ ।साहित्यकार जेबी थुलुङले शनिबार बिहान आयोजित कार्यक्रममा उपस्थित साहित्यानुरागीलाई एक घण्टाभन्दा बढी आफ्ना सिर्जना सुनाउनुभएको थियो । भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खाको अध्यक्षतामा भएको कार्यक्रममा थुलुङले आफ्ना कविता, गीत र गजल वाचन गर्नुभएको थियो ।कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टले नझरेका फूलहरूले गृहिणीदेखि सशक्त प्रतिभासम्मलाई स

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १४८ पटक पढिएको
  • धनकुटा नगरपालिकाले गर्याे वार्षिक प्रगति समीक्षा

    धनकुटाः धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ ।समीक्षामा नगरपालिकाअन्तर्गतका वडा, विषयगत शाखा तथा विभिन्न सामाजिक संघसंस्थाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, हासिल गरेको प्रगति र भएको खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वीकृत योजना तथा कार्यक्रममध्ये कति कार्यान्वयन भए, कति बजेट खर्च भयो र खर्चअनुसार अपेक्षित उपलब्धि हासिल भए–नभएको विषयमा छलफल गरिएको थियो ।राजस्व सङ्कलनको अवस्था, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या, जिम्मेवारी तथा जवाफदेहिता र कानुनी प्रक्रिया पालना भए–नभएको विषयमा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८२ पटक पढिएको
  • गत २४ घण्टामा स्याङ्जामा १४० मिलिमिटर वर्षा, यी ५ प्रदेशमा वर्षाको सम्भावना

    इटहरी । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जामा सबैभन्दा धेरै १४० मिलिमिटर वर्षा भएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भनिन्छ । ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा भनिन्छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशभर मनसुनी वायुको प्रभावका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सु

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १५९ पटक पढिएको
  • माघ १ अघि इँटा उत्पादन नगर्न दिइएको निर्देशन खारेज गर्न माग

    विराटनगरः माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न दिइएको निर्देशन खारेज गर्न माग इँटा उद्योगीले माग गरेका छन् ।सुनसरीको दुहबीस्थित एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक भीम घिमिरेले निर्देशन खारेजीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएको जानकारी दिएका छन् ।घिमिरेले मन्त्रालयका सचिवसमक्ष निवेदन दिँदै माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न रोक लगाउने निर्णय तथा विभिन्न निकायबाट जारी निर्देशनले इँटा उद्योगको उत्पादन प्रणाली, लगानी, श्रमिकको रोजगारी, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन् । उनले उद्योग, वा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६५ पटक पढिएको
  • इटहरीमा जथाभावी पार्किङ गरे ह्वील लक गरिने

    इटहरीः इटहरी बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।मुख्य बजार तथा नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक गर्न शुरु गरेको हो ।शुक्रबार इटहरीको व्यस्त मानिने स्काई प्लाजा अगाडि ‘नो पार्किङ’ लेखिएको स्थानमा राखिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।सवारी आवागमनलाई व्यवस्थित बनाउन र फुटपाथ तथा सडक ओगटेर गरिने अस्तव्यस्त पार्किङलाई नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल