समाचार

    Showing ४४१-४५० of ६,००६ items.
  • नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

    ‎इटहरी -‎विश्वप्रसिद्ध घरेलु तथा उपभोक्ता विद्युतीय उपकरण निर्माता एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ।‎एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर प्रालिले नेपालका आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इटहरीस्थित रमदा होटलमा आयोजित  कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक सार्वजनिक गरेको हो।कम्पनीले सञ्चालन गरिरहेको ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको ‘एसेन्सियल सिरिज’ नेपाली घरपरिवारको दैनिक आवश्यकता, स्थानीय जीवनशैली, ऊर्जा–दक्षता, टिकाउपन तथा किफायती

    • प्रकाशित मितिः असार १५, २०८३
    • ३७२ पटक पढिएको
  • आज ‘रन सुन्दरहरैंचा’ आयोजना हुँदै, १० हजार मानिस सहभागी हुने अपेक्षा

    विराटचोकः आज बिहान साढे ६ बजे विराटचोक दक्षिणलाइनस्थित लायन्स स्तम्भ अगाडिबाट ‘रन सुन्दरहरैंचा–२०८३’ हुने भएको छ ।नगरमा स्वास्थ्य, एकता, पर्यटन प्रवद्र्धन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार नगरवासी, उद्योगी, व्यवसायी, बुद्धिजीवी, युवालगायतको कार्यक्रममा उपस्थिति रहनेछ ।रन सुन्दरहरैंचाअन्तर्गतको दौड हरैंचा बजारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । करीब १० हजार मानिस दौडमा सहभागी हुने आयोजकको अनुमान छ ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • १९१ पटक पढिएको
  • आज असार १५, दहीचिउरा खाने दिन

    इटहरी ।  आज असार १५ गते । कृषिप्रधान देश नेपालमा आजको दिन रोपाइँ गर्ने र दहीचिउरा खाने दिनका रुपमा प्रख्यात छ ।कृषिसँग सम्बन्धित विभिन्न सहकारी तथा संघसंस्थाका साथै पछिल्लो समय विद्यालयहरुले पनि विद्यार्थीलाई धान रोप्न सिकाउने अभ्यास गराउने गरेका छन् । स्थानीय तहका कृषि शाखाले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउने गर्छन् ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • १५५ पटक पढिएको
  • कोशी प्रदेशका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना

    इटहरी ।  मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ ।आज राति कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै केही स्थानमा ‘धेरै भारी’ वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ । वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको जनाइएको छ ।आज राति देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्

    • प्रकाशित मितिः असार १४, २०८३
    • २११ पटक पढिएको
  • सुन्दरहरैंचाको आर्थिक समृद्धि तथा अबको योजना विषयमा आज बहस गरिने

    विराटचोकः उदीयमान शहरको रुपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे आज विराटचोकमा बहस हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गर्न लागेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिने भएको हो ।आज दिउँसो ४ बजे मंगलस्मृति प्रतिष्ठानको सामुदायिक भवनको सभाहलमा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल, युवा उद्योगी सुयस प्याकुरेल, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, जलविद्युत क्षेत

    • प्रकाशित मितिः असार १४, २०८३
    • १७२ पटक पढिएको
  • जनचेतना सामुदायिक वनमा रोपियो ८ हजार बिरुवा

    विराटचोकः जनचेतना सामुदायिक वन उपभोक्ता समूह सुन्दरहरैंचाले शनिबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ८ हजार बिरुवा रोप्ने काम शुरु गरेको छ ।वन उपभोक्ता समूहका अध्यक्ष सीताराम पाण्डेका अनुसार करिब ५ दशमलव १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिने भएको हो । सो क्षेत्रमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने जानकारी दिनुभयो ।वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा वन संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वडा नं. ९ का वडाअध्यक्ष प्रकाश श्र

    • प्रकाशित मितिः असार १४, २०८३
    • १४३ पटक पढिएको
  • सुन्दरहरैँचामा “मातृत्व जोगाउने अभियान” सम्पन्न, ४६९ महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

    विराटचोक - महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , संकल्प  ‘मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। कल्प इम्पावर वेमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित अभियानमा तीन दिनमा ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको अभियानमा पाठेघरको मुखको क्यान्सरको VIA स्क्रिनिङ

    • प्रकाशित मितिः असार १४, २०८३
    • २५८ पटक पढिएको
  • धान दिवसको दिन सुन्दरहरैंचामा ‘रन सुन्दरहरैंचा’ आयोजना हुने, अघिल्लो दिन समृद्धिसम्बन्धी बहस हुने

    विराटचोकः असार १५ गते धान दिवसको दिन मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको हो ।कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार असार १५ गते बिहान साढे ६ बजे विराटचोकदेखि हरैंचासम्म ‘रन सुन्दरहरैंचा’ सञ्चालन हुने भएको हो । करीब १० हजार मानिसको सहभागितामा हुने दौड सुन्दरहरैंचाको दक्षिणी बजार हरैंचासम्म सञ्चालन हुने भएको हो ।सहभागीको स्वास्थ्

    • प्रकाशित मितिः असार १३, २०८३
    • १६८ पटक पढिएको
  • आज सुन्दरहरैंचामा इस्कोनको आयोजनामा ‘जगन्नाथ रथयात्रा महोत्सव’ हुने

    विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आज ‘श्री जगन्नाथ रथयात्रा महोत्सव’ आयोजना हुने भएको छ ।नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन इटहरी र विराटचोकका भक्तजनको संयुक्त आयोजनामा रथयात्रा हुने भएको हो । आयोजकका अनुसार रथयात्रा आज दिउँसो २ बजे विराटचोकस्थित पीएलओ गेटबाट शुरु भई खोर्साने, सुकुना क्याम्पस, भागवत मार्ग हुँदै काली मन्दिरमा पुगेर समापन हुनेछ ।सुरक्षा निकायले रथलाई सुरक्षा दिने भएको छ । काली मन्दिरमा भण्डारासहित महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । रथयात्रा अवधिभर महा–संकीर्तन, भजन–कीर्तन तथा महाप्रसाद वितरण निरन्तर सञ्चालन हुने जनाइएको छ ।आयोजकले भक्तजनलाई धार्मिक

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५९ पटक पढिएको
  • भोजपुरको लुकेको स्वर्ग: १३९ मिटर अग्लो चिर्खुवा छाँगे झरना, जहाँ प्रकृति र आस्था एकैसाथ भेटिन्छन्

    भोजपुर। पूर्वी पहाडको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भोजपुर जिल्लामा रहेका लुकेका पर्यटकीय गन्तव्यमध्ये चिर्खुवा छाँगे झरना पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ। षडानन्द नगरपालिका–३ मा अवस्थित करिब १३९ मिटर उचाइबाट झर्ने यो झरना जिल्लाकै अग्लो झरनाका रूपमा परिचित छ।झरनासम्म पुग्न भोजपुर सदरमुकाम वा दिङ्लाबाट यात्रा सुरु गर्न सकिन्छ। एकुमा, सानो दिङ्ला र कुनालुङ हुँदै अन्तिम बस्ती साइमा गाउँसम्म कच्ची सडक पुगेको छ। त्यहाँबाट करिब २०–३० मिनेट जंगलको उकालो पैदल यात्रा गरेपछि झरनाको फेदीमा पुग्न सकिन्छ। वर्षायाममा सडक अत्यन्तै जोखिमपूर्ण हुने भएकाले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न

    • प्रकाशित मितिः असार १२, २०८३
    • १७५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल