इटहरी । तीन दिनअघि रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्त, स्थानीय प्रशासन र अरनिको यातायात व्यवसायीबीच गएराति सहमति भएको छ। स्थानीय प्रशासनको पहलमा भएको सहमतिपछि पीडित परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। गएको मंगलबार काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी खस्दा १२ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा परेर घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सहमतिअनुसार अरनिको यातायातले मृतकका परिवारलाई
इटहरी । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल—रमण जेभीबाट तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुने भएको छ । सर्वोच्च अदालले निर्माण कम्पनीलाई यसअघि नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै सिँचाइ विभागलाई निर्माण कम्पनीबाट तीन अर्ब ६० करोड जफत हुने पक्का भएको हो ।मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै कम्पनीको जमानत जफत हुने पक्का भएको सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए ।ठेक्का सम्झौता गर्दा पट
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पुर्वसंसद ज्ञानबहादुर शाहीले पनि मनोनयन दर्ता गराएका छन् । राजसंस्थाको बारेमा वकालत गर्दै आएका शाही यस पटक भने दोहोरिने सम्भावना न्यून रहेको पाइएको छ । चुनावी मैदानको अवस्थालाई हेर्दा यस पटक शाहीले भने अनुसार मत नपाउने बुझिएको हो ।जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित राजनीतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् । नयाँदलको सम
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको जग्गामा अवैध उत्खनन गरी ५८ करोड ६२ लाख रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा माछा पोखरी निर्माण गर्ने बहानामा ४७,००,२८५.१७ घनमिटर वन पैदावार (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गर्दा प्रचलित वन नियमावली बमोजिमको रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।तत्कालीन श्री ५ को सरकारद्वारा जारी गठन आदेश र राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त वन क्षेत्र संघीय सरकारको क्षेत्राध
इटहरी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुनाले आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्याह्न्न सम्म हुस्सु तथा कुहिरो रहने पूर्वानुमान छ ।कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्ने र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा
विराटनगर।एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवनले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) माघ २६ देखि २८ गतेसम्म विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ।रजत जयन्ती समारोहको मुख्य आकर्षणका रूपमा अमेरिकाको अन्तरिक्ष संस्था (NASA) का वरिष्ठ वैज्ञानिकहरूको विशेष प्रस्तुति रहेको थियो। विज्ञान तथा अन्तरिक्षसम्बन्धी समसामयिक विषयमा केन्द्रित प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रले विद्यार्थी, शिक्षक तथा विज्ञानप्रेमीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्
काठमाडौंः अस्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ ।अस्ट्रेलियाको पर्थमा गत शुक्रबार मध्यराति गाडी अनियन्त्रित भएर घरभित्रै पस्दा एक नेपालीको मृत्यु भएको हो ।अस्ट्रेलियाबाट प्रकाशन हुने अनलाइन एबिसी न्युजका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली विष्णुकुमारी गुरूङको मृत्यु भएको हो ।शुक्रबार राति करिब पौने १२ बजे अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार घरभित्र छिर्दा सो घरको अघिल्लो कोठामा सुतिरहेकी गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।गुरुङ सुत्केरी छोरीको रेखदेख गर्न तीन दिनअघि मात्रै छोरी ज्वाइँको घरमा पुगेकी थिइन् ।शनिबार कार चालक ३६ व
इटहरी । बीमा सेवामा हुलाक टिकट टाँस्ने नियम हटाइएको छ । नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाएको हो ।प्राधिकरणले सबै प्रकारणका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो । मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राध
इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत संलग्नता खुलेको छ।माघ १४ गते लाम्गादेलाई बिलसहितको सुन सस्तोमा बेच्ने भन्दै एउटा समूहले कीर्तिपुरमा बोलाएको थियो। तर पैसा लिएर सुन किन्न गएका उनलाई त्यो समूहले लुटपाट गरेर फरार भएको थियो। लुटपाटमा संलग्न व्यक्तिले आफू सीआईबीको प्रहरी रहेको बताएका थिए। तर उनी सीआईबीमा नभए पनि प्रहरी भने रहेको खुलेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार ३८ वर्षका कर्णबहादुर सुनार पनि प
इटहरी । दार्चुलामा मृत भेटिएका प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्तीको हत्या भएको खुलेको छ। महाकाली नगरपालिका–४ बांगाबगरमा घर्तीको धारिलो हतियार प्रहार गरेर सोमबार राति हत्या भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हत्या आरोपमा दुई महिलासहित तीन जना पक्राउ परेका छन्। महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र एक नाबालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टले बताए।उनका अनुसार घटनामा संलग्न आशिक पालसहित ३/४ जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको छ।हवल्दार घर्ती बांगाबगरको एक होटलमा गए