समाचार

    Showing ५२१-५३० of ६,००६ items.
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु, आकर्षक छुट र सुविधाले ग्राहक आकर्षित

    इटहरी– इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ।जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ९३५ पटक पढिएको
  • मकालुमा पहिरोले गोठ बगाउँदा २१८ भेडा बेपत्ता

    खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा गएको पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका छन् ।प्रहरीका अनुसार दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा पुरिएका २५० भेडामध्ये ३२ वटा जीवितै फेला परेका छन् । बाँकी २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् ।सो घटनामा भेडा गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । अर्का गोठाला कमल गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १४७ पटक पढिएको
  • बाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित

    फिदिमः पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको बताइएको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।उता, कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १५१ पटक पढिएको
  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिमी तराईमा तातो हावा चल्न सक्ने

    इटहरी ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २१६ पटक पढिएको
  • के हो अधिकमास

    इटहरी ।  यस पटक जेठ महिनामा अधिकमास परेको छ । बोलीचालीको भाषामा मलमास भनिने यस महिनलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।पञ्चाङ्ग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष चन्द्रमासअनुसार १२ महिनाको सट्टा १३ महिनाको १ वर्ष हुन्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १८१ पटक पढिएको
  • सोमबारसम्म उच्च गर्मी हुने, लुम्बिनी र सुदूरपश्चिममा तापक्रम ४० डिग्री नाघ्ने अनुमान

    इटहरी ।  सोमबारसम्म देशको तराई क्षेत्रमा अधिक तातो हुने मौसम विज्ञान विभागले जनाएको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागको तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने र तातो हावा चल्न सक्ने जोखिम रहेको जनाएको छ ।अधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २५२ पटक पढिएको
  • पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्‌ आयोजनामा क्षति

    फिदिमः लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा घर, गोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको छ ।पालिकाको वडा नं १ मा दुईवटा घर तथा वडा नं १ र २ मा गरी तीनवटा झोलुङ्गे पुल बगाएको छ । याङवरक– १ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ ।निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक– ३ स्थित रिजाल भीरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्ल

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २८४ पटक पढिएको
  • देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशको हिमाली र पहा

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १४५ पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने तालिम शुरु

    कानेपोखरीः  मोरङको कानेपोखरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने सीपमूलक तालिम शुरु गरेको छ ।कानेपोखरी गाउँपालिका वडा नं. २ को आदिवासी जनजाति भवनमा साबुन बनाउने सीपमूलक तालिम शुरु भएको हो । कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।सो तालिममा कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्ति सहभागी रहेका छन् । कानेपोखरी गाउँपालिकाको आर्थिक सहयोग र नवप्रगति संस्था(ओपिडी) कानेपोखरी गाउँपालिकाको आयोजनामा तालिम शुरु भएको हो ।

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १२४ पटक पढिएको
  • देशका केही स्थानमा आज वर्षा हुने

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायतका प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भा

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल