समाचार

    Showing ५९१-६०० of ६,००६ items.
  • आज पनि देशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    इटहरी । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना आज पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छमहाशाखाका अनुसार देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरप

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १७५ पटक पढिएको
  • बुद्ध जयन्तीकै दिन डोजर लगाएर ढालियो बल्खुका गुम्बा र मन्दिर

    काठमाडौंः सरकारले आज बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा रहेको साङ्गे छोइलिङ्ग गुम्बा र पाथीभरा देवीको मन्दिर डोजर लगाएर ढालेको छ ।सरकारले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने क्रममा बल्खु क्षेत्रमा आज बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिर भत्काएको हो । बुद्ध जयन्तीका दिन ती संरचना नभत्काइयोस् भनेर स्थानीयले भने पनि सरकारले नसुनेको स्थानीय बताउँछन् ।काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री बाहिर निकालेर सुरक्षित राखिएको बताइएको छ ।उता, बालाजु क्षेत्रमा रहेको अढाइ तले ओग्यन जम्लिङ टेरमा गुम्बा पनि सरकारले आजै भत्काउ

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २५५ पटक पढिएको
  • विदेश पठाइदिने नाममा ३ करोड ठगी गर्ने सात जना पक्राउ

    काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट ३ करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।उनीहरुमध्ये लिम्बू र मगरले जापान पठाउने प्रलोभनमा पारेर ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए ।थापाले कोरिया पठाउने भनी २६ जनाबाट १ करोड

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १९१ पटक पढिएको
  • आज पनि देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    इटहरी ।  आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भाग

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २२९ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय मजदुर दिवस

    इटहरी ।  आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्छन् ।सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।नेपालमा विराटनगरमा २००७ स

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १३४ पटक पढिएको
  • विराटनगरमा ‘महिला नेतृत्व सम्मेलन २०२६’ हुँदै, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

    विराटनगर — नेपाल उद्योग परिसंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा राष्ट्रियस्तरको “महिला नेतृत्व सम्मेलन २०२६ (CNI Women Leadership Summit 2026)” आयोजना हुने भएको छ।कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिका सँगको सहकार्यमा वैशाख २१ गते हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।“दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, स्थानीय सीप तथा नवप्रवर्तनका विषयमा गहन छलफल हुने बताइएको छ।सम्मेलनमा आ

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २४५ पटक पढिएको
  • आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

    इटहरी । शान्तिका दूत गौतम बुद्धको २५७० औँ जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी आज मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिनको सम्झनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा नेपालको लुम्बिनीमा भएको थियो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेपछि सारनाथमा पहिलो पटक ५ जना शिष्यलाई प्रवचन दिनुभए

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १८८ पटक पढिएको
  • सुन्दरहरैँचामा पहिलो चरणमा पैनी र खोला, खोल्सी अतिक्रमण गरेर बनाइएको संरचना हटाइने

    विराटचोकः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउन पत्राचार गरेको छ । सोही पत्रका आधारमा सुन्दरहरैँचा नगरपालिकाले बुधबार सर्वपक्षीय छलफल गरी अतिक्रमित संरचना हटाइने निर्णय गरेको छ ।नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले सुकुम्बासी बस्तीको वैकल्पिक व्यवस्था नभएसम्म हटाउन नहुने धारणा राखेका थिए । नगरप्रमुख गुरागाईंले पनि मानवीय संवेदनालाई ध्यानमा राख्दै तत्काल सुकुम्बासी बस्ती हटाउने भन्दा पनि पहिलो चरणमा खोला, पैनी तथा सरकारी बाटो मिचेर बनाइएका घरटहरा र संरचना हटाइने बताउनुभयो ।सरकारी कुलो, पैनी

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १३३ पटक पढिएको
  • लेटाङमा चरनमा छोडिएका ३० मध्ये १० वटा मृत भेटिए, २० वटा बिरामी अवस्थामा

    लेटाङः मोरङको लेटाङमा बैशाख १४ गते चरनका लागि छोडिएका ३० वटा बाख्रा बेलुका खोरमा नफर्किएपछि खोजी गर्ने क्रममा १० वटा मृत अवस्थामा र २० वटा बिरामी अवस्थामा फेला परेका छन् ।लेटाङ नगरपालिका–५ खेरुवास्थित आर्मी क्याम्पनजिकैबाट मोरङे खोला डिल क्षेत्रमा चरनमा पठाइएका बाख्रा आज बिहान फेला परेका हुुन् ।स्थानीयवासी, प्रहरी तथा बाख्राधनीले विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा बाख्रा फेला परेका थिए । बिरामी अवस्थामा भेटिएका बाख्राहरूको उपचारको तयारी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २०९ पटक पढिएको
  • पाँचथरमा हावाहुरी र वर्षाले दर्जन बढी घरमा क्षति

    फिदिमः हिजो साँझ ५ बजे आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–१ शनिबारेस्थित टीकाराम भट्टराईको दुई तले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको छ । जसका कारण १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सात सदस्यीय परिवार हाल सोही स्थानमा पाल टाँगेर बसिरहेको बताइएको छ ।फिदिम नगरपालिका–१ किराँत चोकका मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलाको टिनको छाना र काठ उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उनको १२

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल