समाचार

    Showing ६१-७० of ४७८ items.
  • दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

    काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले  बताए ।खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ५३ पटक पढिएको
  • घरको छतबाट खसेर सात वर्षीय बालकको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।सोमबार साँझ साथीहरुसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए । बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए पनि केही समयमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।प्रहरीका अनुसार मृतक बालक मिक्वाखोला गाउँपालिका–४ साँबाका अजय लिम्बूका छोरा भएको र उनी आफ्नै फूपु नाता पर्ने आफन्तको घरमा बसेर सदरमु

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ७६ पटक पढिएको
  • दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ । रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी रहेका छन् । ३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका थिए । दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ । 

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ५६ पटक पढिएको
  • कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

    काठमाडौं । वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयक तर्जुमा, प्रकाशन र प्रत्यायोजित व्यवस्थापनमा समेत एकरूपता कायम गर्ने उद्देश्यले सरकारले नयाँ विधेयक प्रस्ताव गरेको हो। विधायनसम्बन्धी विधेयक कानुन तर्जुमाको निर्देशक कानुनका रूपमा प्रस्तावित छ। कानुन निर्माणमा एकरूपता कायम गर्न, जारी ऐनको अभिलेख राख्न, प्रत्यायोजित विधायनको सीमा तोक्न, प्रत्यायोजित विधायनको जाँच गर्न र अभिलेख राख्न निर्देशक कानुनका रूपमा विधेयक प्

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ३२ पटक पढिएको
  • दाङको शिवखोलामा यात्रुवाहक बस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

    तुलसीपुर । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।कर्णाली  प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ७ पटक पढिएको
  • चीनमा पदकविहीन प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ।प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।प्रधानमन्त्री दाहालको उपस्थितिमा चीनसँग भएका १३ सम्झौता खुद्रे योजनामा सीमित भएको भन्दै टिप्पणी भएको छ । यद्यपि सम्झौता कार्यान्वयन भए केही फाइदा भने हुने विश्वास लिइएको छ ।भ्रमणमा जानुअघि स्वयम्

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ३७ पटक पढिएको
  • संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

    काठमाडौँ । स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्। नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले केही स्थानीय तहमा अपवा

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ३५ पटक पढिएको
  • तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

    दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखा अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी  नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ७६ पटक पढिएको
  • चीनलाई नेपालको उपहारः एक जोडी गैंडा

    काठमाडौ ।  नेपालले चीनलाई उपहारका रूपमा एक जोडी गैंडा उपहार दिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा बेइजिङबाट मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा नेपालले चीनलाई उपहारका रूपमा गैंडा दिने उल्लेख गरिएका हो । नेपालले अमेरिका, जर्मनी, सिंगापुर बंगालदेश, जापान र अस्ट्रियालगायतका मुलुकलाई गैंडा उपहार दिँदै आएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिन लागेको पनि वक्तव्यमा उल्लेख छ । यसअघि पनि नेपालले चीनलाई ४ वटा गैंडा उपहारका रूपमा दिएको थियो । २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई गैंडा उपहार दिए

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ३८ पटक पढिएको
  • पाथीभरामा दर्शनार्थीको गणना ‘सिसी क्यामेरा’बाट हुने

    ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणनाको लागि ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान गरिएको हो । मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा चारवटा सिसी क्यामेरा जडान गरिएको हो । मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • १०० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.