समाचार

    Showing ६१-७० of ५,५५६ items.
  • लेटाङमा स्काउटको आयोजनामा लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी अन्तरक्रिया

    लेटाङः स्थानीय स्काउट कार्यालय लेटाङ मोरङको आयोजनामा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले लेटाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले लागूपदार्थ दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई सही मार्गमा अघि बढाउनु अभिभावक, विद्यालय र समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।अन

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ८९ पटक पढिएको
  • ओखलढुङ्गामा भएको खुला कविता प्रतियोगितामा दमकका विवेक दुलाल क्षेत्री पहिलो

    ओखलढुङ्गाः युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा भएको कविता प्रतियोगितामा झापाको दमकका कवि विवेक दुलाल क्षेत्री पहिलो हुनुभएको छ । प्रतियोगिताका लागि देशभरबाट प्राप्त २०० भन्दा बढी कवितालाई पछि पार्दै क्षेत्रीको ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता पहिलो भएको हो । क्षेत्रीले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए ।सो प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १०९ पटक पढिएको
  • गंगा दशहराको पौराणिक कथा

    इटहरी । आज गंगा दशहरा पर्व मनाइँदैछ । ज्येष्ठ शुक्ल दशमीको दिन मनाइने यो पर्वको ठूलो धार्मिक महत्व छ । पवित्र नदी गंगाको उत्पत्तिसँग जोडिएको गंगा दशहराको पौराणिक कथा यस्तो रहेको छ ।एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडालाई यज्ञको लागि छाडे । सयौं अश्वमेध यज्ञ पूरा भएमा सगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १०१ पटक पढिएको
  • मिक्लाजुङले ४० लाख खर्चिएर किसानलाई दियो ३४३ थान कृषि सामग्री

    मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । परम्परागत खेती प्रणालीलाई क्रमशः यान्त्रिकीकरण गर्दै खेतीपातीको लागत घटाउने, उत्पादन वृद्धि गर्ने तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले वार्षिक रूपमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले जानकारी दिनुभएको छ ।गाउँपालिकाले यस आर्थिक वर्षमा मात्रै २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो गरी कुल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ८७ पटक पढिएको
  • आज गंगा दशहरा पर्व मनाइँदै

    इटहरी ।  आज गंगा दशहरा पर्वको दिन हो । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ ।यस वर्ष जेठ महिनामा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ९७ पटक पढिएको
  • तराईमा तातो हावा चल्ने, हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात

    इटहरी ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।सो प्रभावका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशा

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ९९ पटक पढिएको
  • प्रीति अग्रवाल बनिन् सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला

    इटहरी ।  मारवाडी समुदायबाट नेपालकी प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्दै नयाँ इतिहास बनाउनुभएको छ ।सन् २०२६ मे २१ को बिहान प्रीतिले अनुभवी आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।सन् २०२४ मा लोबुचे हिमालबाट आरोहण यात्रा शुरु गर्नुभएकी उहाँले त्यसपछि अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, नेपालको मेरा पिक र विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १३१ पटक पढिएको
  • आजदेखि मोरङमा लागूऔषधविरुद्ध महाअभियान

    विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा आजदेखि जिल्लाभर लागूऔषधविरुद्धको ‘महाअभियान’ शुरु भएको छ । विराटनगरको महेन्द्र चोकबाट जनचेतनामूलक प्रभातफेरी निकालेर महाअभियान शुरु गरिएको हो ।सो प्रभातफेरी बजार क्षेत्रको परिक्रमा गरी शहीद रंगशाला पुगेर सभामा परिणत भएको थियो । लागुऔषध नियन्त्रणलाई प्रहरीको कारबाहीमा मात्र सीमित नराखी व्यापक सामाजिक आन्दोलन बनाउने उद्देश्यले मोरङमा पहिलोपटक यस्तो बृहत् अभियान थालिएको बताइएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गर्नुभएको थियो । महाअभियानअन्तर्गत सरोकारवाला निकायहरूले नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १०७ पटक पढिएको
  • जेठ १४ गते बकर इदको बिदा, लगातार चार दिन हुने भो सार्वजनिक बिदा

    इटहरी ।  सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सो बिदासँगै जेठ १४ गतेदेखि १७ गतेसम्म ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको छ । जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार परेको हुनाले ती दिन पनि सार्वजनिक बिदा  छ । यसरी लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल