समाचार

    Showing ७३१-७४० of ६,००६ items.
  • गायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितको छतबाट खसेर निधन

    दाङः चर्चित गायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितबहादुर वलीको हिजो निधन भएको छ । ८५ वर्षीय ललितको दाङस्थित घरको छतबाट खसेर निधन भएको हो ।शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ललितको निधन भएको हो ।स्वर्गीय ललितबहादुर वली दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् । उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन् ।उनका देउसी भैलो, तीजगीत र भजनहरू रेकर्ड भएका हुन् । गायिका कोमल वलीका धेरै

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १८३ पटक पढिएको
  • कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु ‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’

    विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ भव्य रूपमा सुरु भएको छ। चैत १२ गतेदेखि जैन भवनमा सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।घर निर्माणसँग सम्बन्धित सम्पूर्ण सेवा र सामग्रीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणदेखि प्राविधिक क्षेत्रका व्यक्तिसम्मलाई लक्षित गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले घर निर्माण, मर्मत, डिजाइन तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको उल्लेख गर्दै उद्योगी र उप

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २६४ पटक पढिएको
  • आज र भोलि देशभर पानी पर्ने, पूर्वी क्षेत्र बढी प्रभावित हुने

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा हुनुका साथै हावाहुरी चल्ने अनुमान गरेको छ ।पश्चिमी वायुको प्रभावका कारण भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिएको र त्यसले नेपालमा पनि असर गर्ने विभागले जनाएको हो । भारतका विभिन्न क्षेत्रमा सावधानीका लागि भारत सरकारले अनुरोध गरेको छ ।विभागका अनुसार अहिलेको प्रणालीले पश्चिम तराईमा वर्षाको सम्भावना थोरै भए पनि अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना रहेको बताइएको छ ।यसअघि चैत ६ र ७ गते पनि देशभर वर्ष

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २४० पटक पढिएको
  • आज रामनवमी पर्व मनाइँदै

    इटहरी ।  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीका दिनमा भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५७ पटक पढिएको
  • आज विश्व रङ्गमञ्च दिवस मनाइँदै

    इटहरी । आज विभिन्न कार्यक्रमका साथ विश्व रङ्गमञ्च दिवस मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।पछिल्लो समय नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् ।रङ्गमञ्चमार्फत् चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा,

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २४७ पटक पढिएको
  • नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौंः २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराएका हुन् ।बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।तीमध्ये ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २६४ पटक पढिएको
  • ब्रेकिङ: आइजीपी हटाउने चलखेल कि ‘आयुक्त सुरक्षित’ गर्ने खेल ? एआइजी मनोज केसीमाथि गम्भीर आरोप

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसी यतिबेला दुईवटा स्पष्ट लक्ष्यसहित सक्रिय देखिएका छन्—वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की लाई हटाएर आफैं आइजीपी बन्ने, नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग को आयुक्त पद सुरक्षित गर्ने।विश्वसनीय स्रोतका अनुसार, केसीले यी दुवै विकल्पलाई सँगसँगै अघि बढाउँदै राजनीतिक तथा प्रशासनिक तहमा तीव्र चलखेल सुरु गरेका छन्। आइजीपी बन्ने लक्ष्यसहित उनले विभिन्न शक्ति केन्द्रसँग सम्पर्क विस्तार गरिरहेको बताइएको छ। रवि लामिछाने सँग सहमति जुटाउने प्रयासदेखि बालेन्द्र शाह सम्म पहुँच बनाउन व्यापारीमार्फत गोप्य भेटघाट गरिएको स्रोतको दाबी छ।यो स

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २७४ पटक पढिएको
  • हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    इटहरी । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिम

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १५९ पटक पढिएको
  • आज चैते दशैं

    इटहरी ।  प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ३४१ पटक पढिएको
  • भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

    काठमाडौंः चैत लागेसँगै पेट्रोल र डिजेलको मूल्यवृद्धि भएपछि पनि सरकारले बैज्ञानिक भाडादर समायोजन नगरेको भन्दै यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसमक्ष ज्ञापनपत्र बुझाउँदै भाडादर समायोजन गर्न माग गरेका छन् ।नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले वैज्ञानिक भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागसमक्ष आग्रह गरेका थिए । विभागले पनि भाडा समायोजन गर्न मन्त्रालयमा सिफारिश गरेको थियो ।चैत ५ गते विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार मन्त्रालयमा सिफारिस पठाएको थियो । जसमा १३ वटा सूचकको विग

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल