समाचार

    Showing ९०१-९१० of ६,००६ items.
  • धार्मिक दंगा गराउने मुख्य योजनाकारसहित केही व्यक्ति पक्राउ

    गौरः रौतहटको गौरमा दुई समुदायबीच साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा वडाध्यक्षसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक दंगा गराउने मुख्य योजनाकार गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।सबगढा क्षेत्रमा सुरु भएको साम्प्रदायिक तनावलाई मत्थर पार्नुको सट्टा भड्काएको आरोप लागेपछि वडाध्यक्ष साहलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष साहलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गरेका छन् ।यसअघि जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदलाई पनि प्रहरीले नियन्त्रणमा लिए

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २७४ पटक पढिएको
  • हराए बाघ गन्न राखिएका ६० क्यामेरा

    भरतपुरः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका बताउनुभयो । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो ।गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो ।यस कम्प्लेक्सलाई ९५८ वटा ग्रीड बनाएर बाघ गणना गरिएको थियो । ती ग्रीडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ३०३ पटक पढिएको
  • धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृह मन्त्रालयले गर्याे आग्रह

    काठमाडौंः धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृह मन्त्रालयले अपिल गरेको छ । तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृहले यस्तो अपिल गरेको हो ।मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न–नगराउन तथा सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिएको छ ।शनिबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै देशको विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो । मन्त्रालयका अनुसार रौतहट, दाङ लगायतका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १९४ पटक पढिएको
  • तराईको अवस्था बुझ्न खटाइयो एआईजी चतुर्वेदीलाई

    काठमाडौंः निर्वाचनका बेलामा तराई क्षेत्रमा हुन सक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीलाई खटाएको छ ।आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार एआईजी चतुर्वेदी कार्यक्षेत्रमा गइसक्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २६३ पटक पढिएको
  • रौतहट घटनामा उच्च संयमता अपनाउन केन्द्रीय सुरक्षा समितिको आग्रह

    इटहरी ।  सरकारले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ ।रौतहटमा दुई समुदायबीच भएको विवादले उत्पन्न अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।रौतहटमा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यू लगाएको छ । दुई समूहबीचको लफडाका कारण बिहीबार रातिदेखि नै रौतहट तनावग्रस्त बनेको थियो । घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइए

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २७२ पटक पढिएको
  • बैंक खाता खोल्ने काममा ढिलो नगर्न उम्मेद्वारहरुलाई निर्वाचन आयोगले गर्याे अनुरोध

    इटहरी ।  निर्वाचन आयोगले बैंक खाता खोल्ने काम ढिलो नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई अनुरोध गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले खाता खोल्न बाँकी उम्मेद्वारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुन सक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको र उम्मेद्वारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।सोमबारसम्ममा धेरैजसो उम्मेद्वारहरुले खाता खोलिसक्ने अपेक्षा गरिएको आयोगले ज

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १९३ पटक पढिएको
  • आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

    इटहरी ।  आज विश्वभर अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ । बङ्गलादेशमा सन् १९५२ को फेब्रुअरी २१ मा मातृभाषा अर्थात् बङ्गाली भाषा बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरू मारिएका थिए । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले विशेष दिनका रूपमा स्वीकार गरेको थियो भने सन् २००० मा संयुक्त राष्ट्र सङ्घले पनि यो दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरे पश्चात् विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेश जसलाई पहिले पूर्वी पाकिस्तानको नामले चिनिने गथ्र्यो त्यहाँ आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । भारत टुक्रिएर पाकिस्तान बनेको बेला नै पूर्वी पाकिस

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १५५ पटक पढिएको
  • नझरेका फूलहरूको आयोजनामा गायक गणेश पराजुली र यशोदा पराजुलीको साथमा साङ्गीतिक कार्यक्रम

    विराटचोकः नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ । कार्यक्रममा पराजुली दम्पत्तिले आधा दर्जन कालजयी गीतहरू सुनाउनुभएको थियो ।कार्यक्रममा गायिका मनु तामाङले गीत, गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक, प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ,

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १७७ पटक पढिएको
  • लालीगुराँस नगरपालिकामा यस्तो छ उर्वराशक्ति बढाउन अर्गानिक अभियान

    वसन्तपुरः माटोको उर्वराशक्ति घट्दै गएको थाहा पाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ ।पालिकाले सबै वडामा स्थानीय कृषकको सहभागितामा अर्गानिक खेती विस्तारलाई जोड दिएको छ । त्यसका लागि अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजना बनाएर अघि बढेको नगरप्रमुख अर्जनु माबोहाङ बताउनुहुन्छ ।उपप्रमुख जमुना कार्की मगरका अनुसार नगरपालिकाले अर्गानिक उत्पादनको ढुवानी सहज बनाउन दुईवटा कृषि एम्बुलेन्स परिचालन गर्ने योजना बनाएको छ । नगरपालिकाले किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न निःशुल्क बिउविजन, टनेल, पाइप, हेलटेक, अन्य सामग्री, तालिम, प्राविधिक

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • ३२६ पटक पढिएको
  • आज सामाजिक न्याय दिवस

    इटहरी ।  हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ ।सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका छन् । यो मानवजातिसँग अभिन्न रूपमा गासिएको दिवस हो । समाजका सबै सदस्य समान वा बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो ।धनीले गरिबलाई शोषण नगर्ने, शिक्षितले अशिक्षितलाई नठग्ने, माथिल्लो जात भनिनेले तल्लो जात मानिनेलाई बराबर मान्ने, गोराले कालालाई समान ठान्ने, अन्तर्राष्ट्रिय वा राष्ट्र भ

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • २९९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल