समाचार

    Showing ९११-९२० of ६,००६ items.
  • किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा हर्कराज राई

    विराटचोकः मोरङको सुन्दरहरैंचामा किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत वर्ष २०२५–२६ का लागि हर्कराज राईको नेतृत्वको नयाँ कार्यसमितिलाई पदस्थापन गरिएको हो ।पदस्थापन कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • २५७ पटक पढिएको
  • आज निर्वाचन दिवस मनाइँदै

    इटहरी ।  नेपालमा निर्वाचन शुरु भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ ।नेपालमा निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिको निर्वाचनसम्म गराउँदै आएको छ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा यो दिवस मनाइन्छ ।राणाशासन फालेर प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि वि.सं. २०१५ फागुन ७ गते नेपालमा पहिलो आमनिर्वाचन भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २४२ पटक पढिएको
  • लेटाङ, बेलबारी र उर्लाबारीमा भूसेवा केन्द्र सञ्चालन हुँदै

     बेलबारीः मालपोत कार्यालयको सेवा पालिकाबाटै प्रदान गर्ने उद्देश्यका साथ लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गरिने भएको छ ।लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गर्ने विषयमा सोमबार बेलबारी नगरपालिकामा विशेष कार्यक्रम गरी तीन वटै पालिका र मालपोत कार्यालय बेलबारीबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।लेटाङ नगरपालिकाका नगर प्रमखु भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राई र उपप्रमुख नितु थापाको उपस्थितिमा मालपोत कार्यालय बेलबारीका निमित्

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २६८ पटक पढिएको
  • आज देशभर प्रजातन्त्र दिवस मनाइँदै

    इटहरी ।  आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशभर विभिन्न कार्यक्रम तय भएका छन् ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १९८ पटक पढिएको
  • नेपालको स्कुटर बजारमा एनटर्कको ऐतिहासिक उपलब्धि, ग्राहक संख्या डेढ लाख नाघ्यो

    सुनसरी -नेपालको दुईपांग्रे सवारीसाधन बजारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै टिभिएसको लोकप्रिय स्कुटर एनटर्कले डेढ लाख ग्राहक पुर्‍याउन सफल भएको छ। यो उपलब्धिसँगै कम्पनीले देशभरका आधिकारिक सोरुमहरूमा “डेढ लाख उत्सव” आयोजना गर्ने घोषणा गरेको छ।नेपालका लागि टिभिएसको आधिकारिक वितरक तथा शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले राइडर, ग्राहक, डिलर तथा मोटरस्पोर्ट समुदायको सहभागितामा एनटर्क प्रयोगकर्ताको सामूहिक उत्सव मनाउने तयारी गरेको जनाएको छ। बिर्तामोडस्थित टिभिएस बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक विपिनकुमार बस्नेतका अनुसार ग्राहकहरूको बलियो विश्वास, डिलरहरूको प्रतिबद्धता तथा लजिस्टिक्स, बिक्री, सेवा

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ५३६ पटक पढिएको
  • आज ग्याल्पो ल्होसार

    इटहरी । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइन्छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले यो पर्व मनाउन शुरु गरिएको बताइन्छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २११ पटक पढिएको
  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरीः हिजो साँझ इटहरीको मुख्य चोकमा भएको दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोरङको सुन्दरहरैंचाका ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।हिजो साँझ इटहरीको मुख्य चोकबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २११ पटक पढिएको
  • विष्णु वियोगीको ‘किरिच’ माथि विमर्श

    धरानः कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ माथिको धरानमा विमर्श भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, धरान नेपाली विभागको आयोजनामा उक्त विमर्श सम्पन्न भएको हो ।सो कृतिमाथि प्रा.डा. भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले विमर्श गर्नुभएको थियो । प्रा.डा. खतिवडाले पुस्तकको रचनागर्भका बारेका कुरा गर्दै निकै मिहिनेतका साथ यो कृति बाहिर आएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिभित्रका रचनाहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताउनुभयो ।विमर्शक न्यौपानेले ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा चर्चा गर्नुभयो ।कार्यक्रममा निरोज आचार्य, प्रेसिका

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २५३ पटक पढिएको
  • इटहरीमा म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा सम्पन्न

    इटहरी - सुनसरीको इटहरीमा तमु (गुरुङ) समुदायको महान पर्व म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा मनाइएको छ। तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगिता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ तथा केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ र बलिमान गुरुङको सहभागिता रहेको थियो। साथै कोशी प्रदेश अध्यक्ष होम घले, आदिवासी जनजाति महिला महासंघ कोशी प्रदे

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ७६२ पटक पढिएको
  • प्लास्टिक भेटियो हेटौँडाको चिसापानीमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्दा

    हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दा प्लास्टिक फेला परेको छ ।आज बिहान सवा ५ बजे अस्थायी प्रहरी पोस्ट हटिया मकवानपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चिसापानीस्थित हेटौंडा–धरान खण्डको बीच सडकमा सेतो कपडाले बेरिएको र बाहिर खतरा लेखिएको शंकास्पद वस्तु फेला पारेको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि डिस्पोजका लागि सेनाको टोली बोलाइएको थियो ।बिहान सवा ८ बजे उक्त वस्तु डिस्पोज गर्दा कार्टुनमा प्लास्टिक मात्रै भेटिएको र सो वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २२९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल