शिक्षा

    Showing ९१-१०० of २९४ items.
  • लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना, श्रुतिलेखन प्रतियोगिता र शैक्षिक सामग्री वितरण

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाल सञ्जालको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसनी सचेतना कार्यक्रम, श्रुतिलेखन प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरीले लागूऔषध दुव्र्यसनसम्बन्धी सचेतनामूलक प्रशिक

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २०८ पटक पढिएको
  • अन्य पालिकाका विद्यालय बसलाई केराबारीमा प्रवेश गर्न नदिन पालिका अध्यक्षलाई बुझाइयो ज्ञापनपत्र

    केराबारीः केराबारी गाउँपालिकामा अन्य पालिकाबाट विद्यालय बस आएर विद्यार्थी लाने गरेकाले त्यस्ता विद्यालय बसलाई केराबारी प्रवेशमा रोक लगाउन स्थानीयले माग गरेका छन् ।केराबारी गाउँपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरू एकजुट भएर गाउँपालिकामा ज्ञापनपत्र बुझाएर बाहिरी पालिकाका विद्यालय बस केराबारी प्रवेशमा रोक लगाउन माग गरेका हुन् ।केराबारीबाट छिमेकीहरु सुनसरीको धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित विद्यालयले विद्यार्थी ओसार्ने गरेका छन् ।केराबारीको शैक्षिक स्तर सुधार गर्न यस्तो पहल आवश्यक भएको हुनाले ज्ञापनपत्र बुझाइएको बताइएको

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २२३ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ शुरु

    विराटचोकः सुकुना बहुमुखी क्याम्पसमा आइतबारदेखि ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ कार्यक्रम शुरु भएको छ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।सो कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा उच्च शिक्षालय र उद्योग क्षेत्रबीच

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • १८९ पटक पढिएको
  • प्याब्सन लेटाङको आयोजनामा भएको हस्तलेखन प्रतियोगिता सम्पन्न

    लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लेटाङको आयोजनामा लेटाङ–३ स्थित युनाइटेड मिनर्वा एण्ड ग्यालेक्सी एकेडेमीमा भएको हस्तलेखन प्रतियोगितामा प्याब्सन लेटाङमा आबद्ध १४ वटा विद्यालयका ५६ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।नेपाली र अंग्रेजी भाषामा भएको हस्तलेखन प्रयितोगितामा सिनियर र जुनियरतर्फ प्रतिष्पर्धा गरी हस्तलेखन सीपको परीक्षण गरिएको थियो ।सो प्रतियोगितामा नेपाली भाषाको हस्तलेखनमा सिनियरतर्फ युनाइडेट मिनरुवा एण्ड ग्यालेक्सी एकेडेमीकी कृषा राई पहिलो, नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनकी कञ्चन तामाङ दोस्रो र लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी प्रकृति खड्का तेस्रो हु

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २०१ पटक पढिएको
  • आजदेखि सुकुना बहुमुखी क्याम्पसमा दुई विधामा कार्यक्रम हुँदै

    विराटचोकः देशकै अब्बल शैक्षिक सस्थाको रुपमा रहेको मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ ।क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार आज र भोलि “एकेडेमिया–इन्डस्ट्री डाइलग Developing a Resilient WorkforceÆ कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।सो कार्यक्रममार्फत् उच्च शिक्षालय र उद्योग क्षेत्रबीच सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमश

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३१६ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसद्वारा २३० खेलाडी विद्यार्थीलाई १ लाख रुपैयाँभन्दा बढी रकम पुरस्कार वितरण

    विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद प्रतियोगितामा विजयी हुने २३० जना विद्यार्थीलाई हिजो एक कार्यक्रमका बीच पुरस्कार वितरण गरेको छ ।अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसको आयोजनामा भएको कार्यक्रममा दिइएको पुरस्कारका खेल प्रतियोगिता भने गत माघमा भएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, सटपुट तथा छात्र–छात्रा भलिबल, दौड लगायतका खेलमा विजयी हुने टिम तथा खेलाडीलाई नगद, प्रमाणपत्र र पदक प्रदान गरिएको हो ।पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २२९ पटक पढिएको
  • गछिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा होमबहादुर प्रधान

    गछियाः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री गछिया आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।हालै भएको अभिभावक भेलाले होमबहादुर प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित समितिको सदस्यहरूमा दिपेशजङ्ग डाँगी, अन्जु भुजेल र दिलमाया तामाङ चयन हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिलाई विद्यालयका शिक्षक, कर्मचारी तथा उपस्थित अभिभावकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २१२ पटक पढिएको
  • कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरु हुने

    इटहरी । कक्षा ११ को पठन पाठन असार १ गतेबाट शुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन असार १ गतेदेखि शुरु गर्न निर्देशन दिएको हो ।केन्द्रले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठन निर्धारित समयमै सञ्चालन गर्न आग्रह गरेको हो ।सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विद्यालयहरूलाई असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको उल्लेख छ ।स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा व

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २१९ पटक पढिएको
  • धरान १४ विजयपुरमा जन्मिएका १७ जना विद्यावारिधी गर्नेहरू सम्मानित

    धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरमा जन्मिएर विद्यावारिधी गर्ने १७ जनालाई सम्मान गरिएको छ ।साहित्यकार एवं धरानका पुराना अभियन्ता स्वर्गीय जगदीश नेपालीको स्मृति दिवसको अवसरमा विजयपुरमा जन्मेर हुर्किएका १७ जना विद्यावारिधी व्यक्तिहरूलाई ‘विद्वत सम्मानपत्र’द्वारा सम्मानित गरिएको हो ।यसरी सम्मानित हुनेहरूमा प्रा.डा. माधवप्रसाद पोख्रेल, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा.चन्द्रमणि नेपाल, डा. राजेन्द्र शर्मा पोख्रेल, डा.चन्द्र न्यौपाने, डा.भूषण काफ्ले, प्रा.डा. वसुधा खनाल, डा. शैलजा पोख्रेल, डा.अपर्णा पोख्रेल, प्रा.डा. ईश्वर पोख्रेल, प्रा.डा. सागरमण

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १५४ पटक पढिएको
  • एसईईमा ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित भव्य सम्मान, पञ्चायत माविको घोषणा– अब उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइ !

    पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालय ले एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गर्ने छात्रा स्वीकृति निरौला लाई नगद ५० हजार रुपैयाँसहित भव्य सम्मान गरेको छ।विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा स्वीकृतिलाई फूलमाला, अविर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउन सफल भएपछि स्वीकृति अहिले नगरकै चर्चित छात्राका रूपमा परिचित बनेकी छन्।कार्यक्रमकै अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी ले अर्को ठूलो घोषणा गर्दै ३.६ जीपीएभन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ४६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल