शिक्षा

    Showing ४१-५० of ३१५ items.
  • स्काउटको तीन दिने ‘दलनायक प्रशिक्षक तालिम’ ब्राइट फ्युचरमा शुरु, ७१ जना विद्यार्थी सहभागी

    सलकपुरः मोरङको सुन्दरहरैंचा–६ सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा सुन्दरहरैंचा स्थानीय स्काउटको आयोजनामा तीन दिने ‘दल नायक तालिम’ सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न हुनेछ ।स्काउटमा आबद्व विद्यार्थी तथा युवाहरूलाई अनुशासित, दक्ष र नेतृत्वदायी भूमिकामा स्थापित गराउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्काउट सुन्दरहरैंचाका प्रमुख आयुक्त मनोज कार्कीले बताउनुभयो ।प्रशिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै उहाँले स्काउटिङ अभियानले बालबालिकाको चौतर्फी विकासमा पुर्याउने योगदानबारे चर्चा गर्नुभयो । स्थानीय स्काउटलाई सक्रिय बनाउँदै भोलिका दिनमा समाज परिव

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १३१ पटक पढिएको
  • त्रिविका उपकुलपति, परीक्षा नियन्त्रकलगायतसँग सुकुना बहुमुखी क्याम्पसमा अन्तरक्रिया

    विराटचोकः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापा, परीक्षा नियन्त्रण कार्यालय बल्खुका नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल तथा त्रिवि, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक प्रा. डा. गोविन्द गुरागाईँले पब्लिक तथा आङ्गिक क्याम्पसका सञ्चालक समिति, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूसँग सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा शुक्रबार छलफल तथा अन्तक्र्रिया गर्नुभएको छ ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्प

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २०७ पटक पढिएको
  • भोलि पञ्चायत मावि गोठगाउँमा पूर्व विद्यार्थीको भेला हुँदै, विद्यालयको गरिमा बढाउन संस्थागत रूपमा पहल गर्ने योजना

    गोठगाउँः भोलि भदौ २० गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको पञ्चायत माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीको भेला हुने भएको छ ।सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकजुट बनाई विद्यालयको विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले बृहत् पूर्व विद्यार्थी भेला आयोजना हुने लागेको भेला आयोजक समितिका संयोजक बलभद्र बिष्टले जानकारी दिनुभयो ।आयोजक समितिले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार भोलि बिहान ११ बजे पूर्व विद्यार्थीहरूको भेला आयोजना गरी विद्यालयको विकासमा सामूहिक योगदान पुर्याउन छलफल गरिनेछ । विद्यालयले आफूलाई ज्ञान, शिक्षा र संस्कार दिएको हुनाले पूर्

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १८८ पटक पढिएको
  • फुजिसान सगरमाथामा ‘संघीय नमूना संसद’ अभ्यास

    इटहरीः इटहरीस्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलले ‘संघीय नमूना संसद’ अभ्यास गराएको छ । सो अभ्यासमार्फत् विद्यार्थीलाई संघीय संसदको कार्यप्रणाली, संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास, बहस तथा निर्णय प्रक्रियाबारे प्रत्यक्ष अनुभव गराइएको थियो ।विद्यालयले बदलिँदो समय र प्रविधिको विकाससँगै शिक्षण सिकाइको पद्धतिलाई पनि आधुनिक बनाउँदै लगेको जनाएको छ । विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल माध्यमबाट शिक्षण, व्यवहारिक अभ्यास र विद्यार्थीको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै विद्यालयले अध्ययनलाई कक्षाकोठाभित्रको किताबी ज्ञानमा मात्र सीमित नगर्ने प्रयास गरिरहेको छ ।नमूना संसद अभ्यासमा विद्यार्थीहरूले

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १२० पटक पढिएको
  • ‘जुनियर फेस अफ सुनसरी’को उपाधि जिते सान्वी र नुबाहाङले

    इटहरीः बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘जुनियर फेस अफ सुनसरी’ दोस्रो संस्करणको ग्रान्ड फिनाले इटहरीमा सम्पन्न भएको छ ।दुर्गा पार्टी प्यालेसमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गल्र्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बू विजेता घोषित भएका छन् । विजेताले २५, २५ हजार नगद पुरस्कार, अवार्ड र क्राउन सहित अन्य पुरस्कारहरू हात पारेका छन् । प्रतियोगितामा इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रका ४२ जना बालबालिकाहरूले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।गल्र्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप र झुम्काकी सुप्रिया बस्नेत स

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२४ पटक पढिएको
  • ६ विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त

    विराटचोकः सरकारले ६ विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिशमा शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त गर्नुभएको हो ।त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिष्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका र सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुनुहुन्छ ।पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १८१ पटक पढिएको
  • विराटचोकमा ‘एडुस्टाफ सोलुसन’ सञ्चालनमा

    विराटचोकः सुन्दरहरैंचा–९ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कार्यालयसँगै ‘एडुस्टाफ सोलुसन’ सञ्चालनमा आएको छ ।शिक्षण क्षेत्रमा दक्ष जनशक्ति र विद्यालयबीच समन्वय गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको सो संस्थाले योग्य तथा अनुभवी शिक्षक, प्रशासनिक कर्मचारी र सहयोगी जनशक्तिलाई विभिन्न विद्यालय तथा शैक्षिक संस्थासँग जोड्ने जनाएको छ ।पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षक तथा कर्मचारी पदमा रोजगारीका अवसर उपलब्ध गराइने संस्थाका सञ्चालक सूर्य दंगालले बताउनुभयो ।संस्थाले योग्य, अनुभवी तथा तालिमप्राप्त व्यक्तिलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरे

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १३४ पटक पढिएको
  • इन्द्रपुर नमूनामा मनाइयो १९ औँ पुस्तकालय दिवस

    विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ स्थित इन्द्रपुर नमूना माध्यमिक विद्यालयमा १९ औँ पुस्तकालय दिवस मनाइएको छ ।दिवसका अवसरमा विद्यार्थीहरूले विद्यालयको पुस्तकालयमा विभिन्न पुस्तक अध्ययन गर्दै पुस्तक पढ्ने संस्कृतिको विकास र ज्ञानको महत्त्वबारे जानकारी लिएका थिए ।विद्यालयका प्रधानाध्यापक उत्सव थापाले पुस्तकालय विद्यार्थीको ज्ञान, सिर्जनशीलता र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानीलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १५९ पटक पढिएको
  • त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । उपकुलपतिले गरेको सिफारिशका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक र सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २०५ पटक पढिएको
  • रोजितसँग मनका भाव’ मा यसरी बन्यो काव्यिक साँझ

    खोर्सानेः साहित्य, सिर्जनशीलता र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर बाल सञ्जालको आयोजना तथा सिद्धार्थ सेकेन्डरी स्कुल, सुन्दरवाटिका एकेडेमी, क्वेस्ट इङ्ग्लिस स्कुल र हिमालयन इङ्ग्लिस स्कुलको प्रायोजनमा ‘रोजितसँग मनका भावः कविता साँझ’ सम्पन्न भएको छ ।सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कवि रोजित बस्नेतले आफ्ना विभिन्न कविता तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विद्यार्थी तथा अन्य सहभागीहरूले समेत आफ्ना कविता, भावना, विचार र साहित्यिक सिर्जन

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल