इटहरी – नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा इटहरीमा सञ्चालन गरिएको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानप्रति ग्राहकहरूको चासो र सहभागिता उल्लेखनीय देखिएको छ।श्रावण ४ गतेदेखि सुरु गरिएको अभियानलाई माग अनुसार श्रावण १४ गतेसम्म थप गरिएको आयोजकले जानकारी दिएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी कार्यक्रमले बाइक खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरूको उल्लेख्य भीड आकर्षित गरिरहेको छ।अभियानमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, आकर्षक छुट र उपहार प्याकेज जस्ता विशेष सुविधा उपलब्ध छन्। पुराना बाइकको मूल्याङ्कनका लागि १० जना
इटहरी–जगदम्बा मोटर्सद्वारा इटहरीमा सञ्चालन भइरहेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान चौथो दिनमा प्रवेश गर्दा पनि ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी उक्त कार्यक्रममा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भिड दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ। ब्याजरहित किस्ता, लाइफटाइम वारेन्टी, निःशुल्क हेल्मेटलगायतका विशेष अफर तथा सहज प्रक्रिया अभियानको प्रमुख आकर्षण बनेका छन्।श्रावण ९ गतेसम्म सञ्चालन हुने यस अभियानमा बाँकी दिनहरूमा अझ बढ्दो उत्साहसाथ सहभागिता हुने अपेक्षा गरिएको छ।
इटहरी – टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले इटहरीमा सुरु गरेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियानले दुई दिनमै ४६ बाइक बिक्री गरेको छ, जसमा ३७ भन्दा बढी बाइक पुराना साटासाट (एक्सचेञ्ज) मा बिक्री भएका छन्।श्रावण ४ देखि ९ गतेसम्म राजस्व ढाटमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत जुनसुकै कम्पनीको पुरानो बाइकमा रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजमा किस्ताबन्दी, इन्जिनमा लाइफटाइम वारेन्टी र गिफ्ट प्याकेज प्रदान गरिँदैछ।पुराना बाइक मूल्याङ्कन गर्न १० भ्यालुएटर खटाइएको छ। आयोजकले मूल्य पारदर्शी र पूर्वमै उच्चतम हुने दाबी गरेको छ।टिभिएसका २३ मोडेल बजारमा उपलब्ध छन्। पूर्वी नेपालका ग्राह
इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भयो।सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, मानव अधिकारकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै हाल भइरहेका हस्तक्षेपप्रति आपत्ति जनाइएको थियो।कार्यक्रममा पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध गर्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिताको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको भनिएको थियो। संविधानले प
संविधान र कानुनअनुसार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले निर्वाह गर्ने जिम्मेवारी स्पष्ट बनाउने उद्देश्यले पहिलोपटक स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ।विराटनगर महानगरपालिकाको आयोजनामा हुने उक्त सम्मेलनमा देशभरका २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुनेछन्। पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिँदै महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिबाट हुने विवाद निरुपण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन प्रक्रियामा उपप्रमुखहरूको भूमिका स्पष्ट पार्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यल
मोरङ -सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र सेवाका लागि बिहान ७ बजेदेखि नै सेवा प्रदान गर्न सुरु गरेको छ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको भीड बढेपछि सेवा समय अगाडि सारिएको हो। "बिहानै सेवाग्राही आउने तर कार्यालय १० बजे मात्रै खुल्ने अवस्था थियो, जसले उनीहरूलाई असहज हुने गरेको थियो," उनले बताए, "त्यही कारण बिहानैदेखि सेवा दिन थालिएको हो।"अब अर्को सूचना नभएसम्म कार्यालयले बिहान ७ बजेदेखि सेवा दिनेछ। हाल बिहानको समयमा दैनिक ३० जना भन्दा बढी सेवाग्राहीले परिचयपत्र बनाउन प्रक
विराटनगर, वैशाख १८ – सूचना प्रविधिको विकास र रोजगारीको नयाँ सम्भावनालाई मूर्त रुप दिन नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति अन्तर्गतको युवा उद्यमी मञ्च विराटनगरले “Vianet 1st Koshi IT Summit 2025 – Powered by BYD” को आयोजना गर्ने भएको छ। एक दिने सम्मेलन यही वैशाख २० गते शनिवार, मोरङको बुढिगंगा गाउँपालिका–टंकीस्थित विराट मेडिकल कलेज परिसरमा हुने भएको हो।बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले कोशी प्रदेशमा सूचना प्रविधिको सम्भावना, अवसर र चुनौतीबारे गहन छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आइटी वि
विराटनगर । सडकमा फैलिएको ध्वनि प्रदूषणको समस्या समाधान गर्न मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सुरु गरेको छ। यस अभियानको प्रमुख उद्देश्य हो, ती मोटरसाइकलहरूलाई नियन्त्रणमा ल्याउनु जो आफ्नो साइलेन्सर परिमार्जन गरेर अत्यधिक आवाज निकाल्छन्। यसले सवारी चालकलाई मात्रै होइन, आसपासका नागरिकलाई समेत भारी समस्या पुर्याइरहेको छ।सार्वजनिक सेवा केन्द्रको रूपमा काम गर्दै आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, धेरै सेवाग्राहीले परिवर्तित साइलेन्सरबाट निस्कने अत्यधिक आवाजको कारण ध्वनि प्रदूषणको गुनासो गरेका थिए। यी गुनासोहरूलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीलाई निर्देशन दिइएको थि
मोरङ, चैत्र २० – ट्राफिक सुरक्षा र सवारी सञ्चालनलाई सुरक्षित बनाउन मोरङ जिल्लाको बेलबारीमा विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट आँखा अस्पताल विराटनगरको सहकार्यमा बेलबारी नगरपालिका-१, ट्राफिक प्रहरी पोष्ट अगाडि यो कार्यक्रम सञ्चालन गरिएको हो।स्वास्थ्य परीक्षण कार्यक्रममा ११५ जना चालक, सह-चालक तथा स्थानीय नागरिकहरूको रक्तचाप जाँच, आँखा परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै, ट्रक, टिपर, बस, स्कुल बस, ट्याक्टर, पिकअप, म्याजिक, कार, मोटरसाइकललगायतका ५५ जना चालकहरूको लागू पदा
नेपाल पत्रकार महासंघद्वारा देशव्यापी विरोध, दोषीउपर कारबाहीको मागविराटनगर, (मिति) – राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको सुनियोजित आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी विरोध कार्यक्रमको आयोजना गरेको छ। महासंघका शाखाहरूले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनअनुसार मंगलबार देशभरका शाखाहरूले जिल्ला प्रशासन कार्यालयमा विरोध स्वरूप ज्ञापनपत्र बुझाएका हुन्। महासंघले दोषीउपर कारबाही हुनुपर्ने, पीडित परिवारलाई राहत प्रदान गर्नुपर्ने, घाइते पत्रकारहरूको उ