सूचना प्रविधी

    Showing २१-३० of १२४ items.
  • आज विश्व दूर सञ्चार दिवस मनाइँदै

    काठमाडौंः आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । सोही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइन्छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।सन् २००० अघिसम्म

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १५९ पटक पढिएको
  • काँडे भ्याकुर: नेपालमै मात्र पाइने अद्वितीय चरा, संरक्षणको खाँचो बढ्दै

    पूर्वी नेपालका चुरे क्षेत्रदेखि मध्य पहाडी भूभागसम्म पाइने काँडे भ्याकुर (Spiny Babbler) नेपालकै पहिचान बोकेको दुर्लभ चरा हो। वैज्ञानिक नाम Turdoides nipalensis भएको यो चरा संसारमै नेपालमा मात्र पाइने एकमात्र स्थानीय (endemic) प्रजाति हो।काँडे भ्याकुर मध्यम आकारको चरा हो जसको शरीर खैरो रंगको हुन्छ। यसको अनुहारमा सेतो आभा देखिन्छ भने शरीरको माथिल्लो भागमा गाढा खैरो रंगका अस्पष्ट धर्काहरू हुन्छन्। कण्ठ र छातीमा मसिना काला धर्काहरूले यसलाई अझ छुट्टै चिनारी दिन्छन्।यो चरा मुख्यतः ६०० देखि २१०० मिटर उचाइसम्मका सुक्खा झाडी, काँडेदार बोटबिरुवा र खुला क्षेत्रमा बस्न रुचाउँछ। यद्यपि धेरैजसो मध्य नेपालम

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ९५५ पटक पढिएको
  • विद्यार्थी संगठन : शैक्षिक आवाजको संवाहक कि राजनीतिक हस्तक्षेपको विवाद?

    - अर्जुन अधिकारी विद्यार्थी संगठन भन्नाले विद्यार्थीहरूको हक–हितको प्रतिनिधित्व गर्दै शैक्षिक तथा सामाजिक सरोकारका विषयमा आवाज उठाउने संगठित समूहलाई बुझिन्छ। यस्ता संगठनहरू नेपाल मात्र नभई विश्वका एक सयभन्दा बढी राष्ट्रहरूमा विद्यमान रहेका छन्। विशेषतः नेपाल, भारत र बङ्गलादेशजस्ता देशहरूमा विद्यार्थी संगठनहरूको सक्रिय उपस्थिति देखिन्छ।नेपालमा विद्यार्थी संगठनको ऐतिहासिक पृष्ठभूमि हेर्दा, औपचारिक संगठनको स्थापना हुनुभन्दा अघि नै राणा शासनकालमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले वि.सं. १९९१ सालमा ‘नेपाली छात्र संघ’ स्थापना गरी राणा शासनविरुद्ध संगठित रूपमा आवाज उठाएका थिए। त्यसै क्रममा वि.सं

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ४३० पटक पढिएको
  • दशनामी समाज सुनसरीको सातौं जिल्ला अधिवेशन सम्पन्न

    इटहरी - नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन इटहरी–५ स्थित कल्याणकारी भवनमा सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा विभिन्न तहका पदाधिकारी, पत्रकार तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।अधिवेशनबाट डिल्लिराम गिरी अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी लक्ष्मी भारती र धनकुमारी गिरी उपाध्यक्ष, भूपराज गिरी सचिव, माधव गिरी कोषाध्यक्ष तथा ठाकुर पुरी सहसचिवमा निर्वाचित भएका छन्। अन्य सदस्यहरू समेत चयन भएका छन्।नवगठित कार्यसमितिले दशनामी संस्कृतिको संरक्षण, सामाजिक एकता सुदृढीकरण तथा समुदायको समग्र विकासका लागि सक्रिय रू

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २३६ पटक पढिएको
  • पाथीभरा दर्शनसँगै निमनगढीमा नयाँ वर्षको भव्य सांस्कृतिक कार्यक्रम हुने

    चैनपुर - संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–स्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण पाथीभरा मन्दिर क्षेत्र र निमनगढीमा वैशाख १ गते पर्ने नेपाली नयाँ वर्षको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।निमनगढी संरक्षण समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ। तयारीमा पाँचखपन नगरपालिका–७ का वडा अध्यक्ष सन्तोष बस्नेतसहित स्थानीय युवा, समाजसेवी तथा समुदायका अगुवाहरू सक्रिय रूपमा जुटिरहेका छन्।नयाँ वर्षको अवसरमा पाथीभरा मन्दिरमा दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठान सम्पन्न भएपछि निमनगढी परिसरमा विविध सांस्कृतिक प्रस्तुति, स्थानीय लोकसंस्कृ

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४८१ पटक पढिएको
  • इटहरी बसपार्कमा अमेरिकन प्रविधियुक्त हेयर–स्किन अस्पताल सञ्चालन, विश्वस्तरीय उपचार सेवा दाबी

    इटहरी– इटहरी बसपार्कमा उच्च प्रविधियुक्त हेयर तथा स्किन अस्पताल सञ्चालनमा आएको छ। कोशी प्रदेशमै पहिलो पटक अमेरिकन प्रविधिमा आधारित सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।अस्पतालले छाला, कपाल तथा यौन रोगसम्बन्धी समस्याको विशेषज्ञ चिकित्सक र अत्याधुनिक प्रविधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ। डुअल लेजर, हाइफु तथा डिजिटल स्किन परीक्षणजस्ता प्रविधिबाट रोग पहिचान र उपचार गरिने बताइएको छ।स्थायी कपाल हटाउने, कपाल प्रत्यारोपण, डन्डीफोर, दाग, चाया, पोतो, तिल, मुसा, ट्याटु तथा शल्यक्रियापछि बनेका दागको उपचार सेवा उपलब्ध हुने जनाइएको छ।अस्पतालले सौन्दर्य तथा छाला स्वास्थ्यसम्बन्धी समस्याको विश्वस्त

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ७०६ पटक पढिएको
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ

    इटहरी - भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरेको छ। कन्सल्टेन्सीमार्फत जापानका लागि आवेदन दिएका सबै विद्यार्थीहरूको १०० प्रतिशत भिसा स्वीकृत भएपछि उनीहरूको सफलताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र कन्सल्टेन्सीको प्रभावकारी मार्गदर्शनको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो।कन्सल्टेन्सीका डाइरेक्टर धनबहादुर पुरीले सबै विद्यार्थीको १०० प्रतिशत भिसा सफलता हासिल हुनु कन्सल्टेन्सीको प्रतिबद्धता र गुणस्तरीय सेवाको परिणाम भएको बताए। उनले भने,“हामी विद्यार्थीको भविष्यप्रति ज

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २४१ पटक पढिएको
  • कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु ‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’

    विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ भव्य रूपमा सुरु भएको छ। चैत १२ गतेदेखि जैन भवनमा सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।घर निर्माणसँग सम्बन्धित सम्पूर्ण सेवा र सामग्रीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणदेखि प्राविधिक क्षेत्रका व्यक्तिसम्मलाई लक्षित गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले घर निर्माण, मर्मत, डिजाइन तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको उल्लेख गर्दै उद्योगी र उप

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २३० पटक पढिएको
  • भोलि अन्तिम दिन : इटहरीको टिभिएस एक्सचेञ्ज मेलामा ग्राहकको उत्साह उच्च

    इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित “टिभिएस एक्सचेञ्ज म्यानिया” मेला भोलि (शुक्रबार) सम्पन्न हुने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको उक्त मेलामा पाँचौँ दिनसम्म ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। पुराना सवारीसाधन साटेर नयाँ खरिद गर्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउने ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा तथा इन्जिनमा आजीवन वारेन्टी पाउने व्यवस्था गरिएको छ। पुराना सवारीको मूल्याङ्कनका लागि अनुभवी भ्याल

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ३९९ पटक पढिएको
  • लाइफटाइम वारेन्टीको आकर्षण: इटहरीको टिभिएस मेलामा तेस्रो दिनमै ४५ बढी सवारी बिक्री

    सुनसरी - इटहरीमा जारी टिभिएस मोटरसाइकल तथा स्कुटरको एक्सचेञ्ज मेला उत्साहजनक बनेको छ। मेलाको तेस्रो दिनसम्म ४५ भन्दा बढी मोटरसाइकल र स्कुटर बिक्री भएका छन्।जगदम्बा मोटर्सको आयोजनामा इटहरी राजस्वढाट स्थित पारस अटोमोवाइल्समा सञ्चालन भइरहेको मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटको व्यवस्था गरिएको छ।साथै, जुनसुकै ब्रान्डका पुराना सवारी साटफेर गरी नयाँ टिभिएस खरिद गर्ने सुविधा समेत रहेकाले ग्राहकको आकर्षण बढेको आयोजकले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ४६५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल