चैनपुर - संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–स्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण पाथीभरा मन्दिर क्षेत्र र निमनगढीमा वैशाख १ गते पर्ने नेपाली नयाँ वर्षको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।IMG-20260412-WA0002

निमनगढी संरक्षण समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ। तयारीमा पाँचखपन नगरपालिका–७ का वडा अध्यक्ष सन्तोष बस्नेतसहित स्थानीय युवा, समाजसेवी तथा समुदायका अगुवाहरू सक्रिय रूपमा जुटिरहेका छन्।

IMG-20260412-WA0000

नयाँ वर्षको अवसरमा पाथीभरा मन्दिरमा दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठान सम्पन्न भएपछि निमनगढी परिसरमा विविध सांस्कृतिक प्रस्तुति, स्थानीय लोकसंस्कृतिको प्रदर्शन तथा आपसी एकता, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

IMG-20260412-WA0001

हरियाली डाँडाकाँडा, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको पाथीभरा–निमनगढी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम भव्य रूपमा मनाउने तयारी गरिएको आयोजकले जनाएको