इटहरी– इटहरी बसपार्कमा उच्च प्रविधियुक्त हेयर तथा स्किन अस्पताल सञ्चालनमा आएको छ। कोशी प्रदेशमै पहिलो पटक अमेरिकन प्रविधिमा आधारित सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले छाला, कपाल तथा यौन रोगसम्बन्धी समस्याको विशेषज्ञ चिकित्सक र अत्याधुनिक प्रविधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ। डुअल लेजर, हाइफु तथा डिजिटल स्किन परीक्षणजस्ता प्रविधिबाट रोग पहिचान र उपचार गरिने बताइएको छ।
स्थायी कपाल हटाउने, कपाल प्रत्यारोपण, डन्डीफोर, दाग, चाया, पोतो, तिल, मुसा, ट्याटु तथा शल्यक्रियापछि बनेका दागको उपचार सेवा उपलब्ध हुने जनाइएको छ।
अस्पतालले सौन्दर्य तथा छाला स्वास्थ्यसम्बन्धी समस्याको विश्वस्तरीय उपचार सेवा दिने लक्ष्य लिएको जनाएको छ।

















