इटहरी । इटहरी क्षेत्रका  निजी विद्यालयलाई अनिवार्य छात्रवृत्तिको विवरण पठाउन इटहरी उपमहानगरले परिपत्र जारी  गरेको छ । विपन्न विद्यार्थीका लागि इटहरी उप–महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्तिका लागि आज (शुक्रबार) विद्यालयलाई विवरण उपलब्ध गराउन परिपत्र जारी  गरेको हो । 

इटहरी उप–महानगरको शिक्षा विभागले संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा  विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति प्रदान गरी विवरण बुझाउन  सकुर्लर गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका, दलित, गरिब, सीमान्तकृत परिवारलाई समेटेर कुल विद्यार्थीको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरेर विवरण पठाउन इटहरी उपमहानगरले १५  दिने सूचना प्रकाशन गरेको छ  ।