बागलुङ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको  छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।