काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ ।

प्रहरीका अनुसार  सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा पँहेलो धातु बरामद गरेको हो । 

चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको सुन भेटिएको प्रहरीले जनाएको छ । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।