इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी चोकमा दुई वटा आकाशे पुल निर्माण गर्ने भएको छ ।
लामो समयदेखि चर्चामा रहेपनि बन्न नसकेको आकाशेपुल आगामी आर्थिक वर्षमा बनाउने भएको हो ।
उपमेयर संगीता कुमारी चौधरीले१३ औं नगर सभामा प्रस्तुत गरेको बजेट भाषणमा आकाशेपुलको योजना समेटिएको हो ।


















