झापा । हात्तीको आक्रमण बाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

आज बिहान भद्रपुर नगरपालिका –७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जङ्गलमा च्याउ टिप्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको  घटनास्थलमै ज्यान गएको हो ।