झापा । झापाको शिवसताक्षी नगरपालिकामा  ट्रक र कार  एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेहरूको उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।